काठमाडौँ – कतार विश्वकप फुटबलमा शुक्रबारबाट क्वाटरफाइनलका खेलहरु सुरु हुँदै छन्। पहिलो दिन अन्तिम चारमा पुग्ने दुई टिमको तय हुने छ।
पहिलो क्वाटरफाइनलमा साविक उपविजेता क्रोएसिया र पाँच पटकको च्याम्पियन ब्राजिलबिच प्रतिस्पर्धा हुने छ। एजुकेशन सिटी रङ्गशालामा राति ८:४५ मा खेल सुरु हुने छ।
ब्राजिल पछिल्लो पटक सन् २००२ मा च्याम्पियन भएयता उपाधिविहीन छ। ब्राजिल २०१४ मा बाहेक क्वाटरफाइनलभन्दा अघि बढ्न समेत सकेको छैन। क्वाटरफाइनल प्रवेश गर्ने क्रममा ब्राजिलले दक्षिण कोरियालाई ४-१ ले पराजित गरेको थियो।
क्रोएसिया पनि ब्राजिललाई पराजित गर्दै अन्तिम चारमा पुग्ने प्रयासमा हुने छ। लगातार दोस्रो पटक सेमिफाइनलमा पुग्नका लागि उसलाई सहज भने हुने छैन्। अन्तिम १६ मा जापानलाई पेनाल्टी सुटआउटमा पाखा लगाएको क्रोएसिया ब्राजिल विरुद्ध तुलनात्मक रुपमा रक्षात्मक हुने छ।
त्यस्तै शुक्रबारनै हुने दोस्रो सेमिफाइनलमा दुई पटकको च्याम्पियन अर्जेन्टिना र नेदरल्यान्ड्सबीच राति १२स्४५ मा प्रतिस्पर्धा हुने छ। लुसेल आइकोनिक रंगशालामा हुने खेलमा दुवै टिम एक अर्कालाई हराएर नकआउट पुग्न चाहन्छन्।
अन्तिम १६ मा नेदरल्यान्ड्सले अमेरिकालाई ३-१ ले पराजित गर्दा दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिनाले अस्ट्रेलियालाई २-१ ले हराएर नकआउटचरणमा प्रवेश गरेको थियो।
नेदरल्यान्ड्स आफ्नो पछिल्लो पाँच विश्वकपमध्ये चारपटक अन्तिम आठमा पुगेको थियो। २००६ मा अन्तिम १६ बाट बाहिरिएको नेदरल्यान्ड्स २०१० र १०१४ मा सेमिफाइनलमा पुगेको थियो। २०१० को उपविजेता नेदरल्यान्ड्स पछिल्लो १९ खेलमा अपराजित छ। त्यसैले अर्जेन्टिनालाई हराएर सेमिफाइनलमा आफ्नो दबदबा कायम राख्न चाहन्छ।
२०१४ को उपविजेता अर्जेन्टिनाले सन् १९९८, २००६ र २०१० मा क्वाटरफाइनलका खेल गुमाएको थियो। जसमा एकपटक नेदरल्यान्ड्स र दुईपटक जर्मनीसँगै हारेको थियो। त्यसैले यो पटक उपाधि जित्ने लक्ष्यमा रहेको अर्जेन्टिना क्वाटरफाइनलमा डच टिमको चुनौती अन्त गर्ने लक्ष्यम रहेको छ।