• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

देउती बज्यै मन्दिरका पुजारी राजीको निधन
देउती बज्यै मन्दिरका पुजारी राजीको निधन

आज सुनको मुल्य १४ सय रुपैयाँले घट्यो

आजदेखि चलचित्र ‘ह्यारी की प्यारी’ हलमा

सर्वोच्च अदालतमा सन्दीपविरुद्ध परेको पुनरावेदनमाथि आज सुनुवाइ

ब्रेन ट्‌युमरबाट पिडित सलमानीका परिवारद्वारा उपचारकालागि सहयोगको याचना

कवि गिरीको पश्चिमेली ठेट झ्याउरे “हौला भेट नमरी बाँचे त” सार्वजनिक (भिडियो सहित)

देशको अवस्था परिवर्तनका मुद्दामा संचार क्षेत्र अग्रसर हुनुपर्छ – मुख्यमन्त्री शर्मा

मृगौला प्रत्यारोपण गर्ने प्रदेश अस्पताल सुर्खेतकाे तयारी

नगर प्रमुख भण्डारीलाई मानव अधिकार रक्षक सञ्जालको ध्यानाकर्षण : सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर

चर्चित

  • १. ब्रेन ट्‌युमरबाट पिडित सलमानीका परिवारद्वारा उपचारकालागि सहयोगको याचना

  • २. देउती बज्यै मन्दिरका पुजारी राजीको निधन

  • ३. आज सुनको मुल्य १४ सय रुपैयाँले घट्यो

  • ४. आजदेखि चलचित्र ‘ह्यारी की प्यारी’ हलमा

  • ५. सर्वोच्च अदालतमा सन्दीपविरुद्ध परेको पुनरावेदनमाथि आज सुनुवाइ

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

आज पौष कृष्ण औंसी : तीर्थ अर्थात् गया श्राद्ध गरिँदै

  •  राष्ट्रिय संचार
  • ८ पुष २०७९, शुक्रबार ०६:५६ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    काठमाडौं –  प्रत्येक वर्ष चन्द्रमासअनुसार पौष कृष्ण औंसीका दिन गरिने दर्शन एवं तीर्थ वा गया श्राद्ध आज विधिपूर्वक गरिँदैछ ।

     

    Advertisement

    दक्षिणायनको अन्तिम औंसीमा आज पितृलाई श्रद्धापूर्वक तर्पण, सिदादान र पिण्डदान गरी श्राद्ध गरिँदैछ । पितृलाई कृष्णपक्ष प्यारो हुने भएकाले पक्षको अन्तिम दिन अर्थात् औंसीमा श्राद्ध गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका पूर्वसहप्राध्यापक श्रीराम सापकोटाले जानकारी दिए ।

     

    सौरमासअनुसार माघेसंक्रान्तिदेखि र चन्द्रमासअनुसार माघ कृष्ण प्रतिपदादेखि उत्तरायण सुरु हुन्छ । उत्तरायण सुरु हुनुअघिको औंसी अर्थात् पौष कृष्ण औंसीमा पितृलाई विधिपूर्वक आह्वान गरी श्राद्ध गर्ने परम्परा छ । वैदिक सनातन धर्मावलम्बीले सके प्रत्येक वर्षमा नसके जीवनकालमा कम्तीमा पनि एकपटक तीर्थमा गई श्राद्ध गर्नुपर्ने नियम छ ।

    यसै आधारमा आज राजधानीको गोकर्ण उत्तरगया, त्रिवेणीधाम, देवघाट, रिडी, नुवाकोट र रसुवाको संगमस्थित बेत्रावतीलगायत तीर्थस्थलमा विधिपूर्वक श्राद्ध गर्ने भक्तजनको भीड लाग्छ । गयालगायत तीर्थमा गरिने श्राद्ध भएकाले आज गरिने श्राद्धलाई ‘गया श्राद्ध’ पनि भनिन्छ ।

    Advertisement

     

    दक्षिणायनको अन्तिम बिदाइका रूपमा आजको श्राद्ध गर्ने गरिएको हो । दर्शश्राद्ध अर्थात् घरतिरका तीन पुस्ता र मामाघरतिरका तीन पुस्तालाई पिण्ड दिई गरिने श्राद्ध शास्त्रीयरूपमा गर्नुपर्ने दिन पौष कृष्ण औंसी हो । तर व्यवहारमा सोह्रश्राद्धमै यो श्राद्ध गर्न थालिएको सहप्राध्यापक सापकोटा बताउँछन् ।

    ‘महालय परपक्ष र पितृ पक्षसमेत भनिने सोह्र श्राद्धमा नै दर्शश्राद्ध गर्न थालिएको छ, महालयमा सबै पितृलाई पिण्ड दिनुपर्छ, दर्श श्राद्धमा छ जनालाई दिनुपर्छ, घर र मामाघरतिरका तीन÷तीन पुस्तालाई गरी छ वटा पिण्डदान गर्ने श्राद्ध नै दर्श श्राद्ध हो, एकोद्दिष्ट गणका सबैलाई पिण्ड दिने श्राद्ध महालय श्राद्ध हो, शब्दमा सोह्र श्राद्धलाई महालय श्राद्ध भनिए पनि व्यवहारमा लोप भएको छ’, उनले भने ।

    श्राद्ध भनेको श्रद्धा हो । शास्त्रअनुसारको व्यवहार कार्यान्वयनमा आएको छैन । महालयमा कसै कसैले सबै पितृलाई पिण्ड दिए पनि छुट्टै ब्राह्मण स्थापना गर्नुपर्ने विधि भने पूरा हुने गरेको छैन । यसरी श्राद्ध गर्दा घरमा नित्य कागलाई भात खुवाएजस्तो मात्र भई विधि नपुगेको धर्मशास्त्रविद्को तर्क छ ।

    आज औंसीमा सूर्य अस्ताउने भएकाले पितृकर्म आजै गर्नुपर्छ । उदयमा औंसी देवकर्मका लागि गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

    Advertisement
    Advertisement

    Post Views: 655
    ८ पुष २०७९, शुक्रबार ०६:५६ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    देउती बज्यै मन्दिरका पुजारी राजीको निधन
    देउती बज्यै मन्दिरका पुजारी राजीको निधन
    आज सुनको मुल्य १४ सय रुपैयाँले घट्यो
    सर्वोच्च अदालतमा सन्दीपविरुद्ध परेको पुनरावेदनमाथि आज सुनुवाइ
    यो पनि हेर्नुहोस
    ब्रेन ट्‌युमरबाट पिडित सलमानीका परिवारद्वारा उपचारकालागि सहयोगको याचना
    कवि गिरीको पश्चिमेली ठेट झ्याउरे “हौला भेट नमरी बाँचे त” सार्वजनिक (भिडियो सहित)
    देशको अवस्था परिवर्तनका मुद्दामा संचार क्षेत्र अग्रसर हुनुपर्छ – मुख्यमन्त्री शर्मा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. देउती बज्यै मन्दिरका पुजारी राजीको निधन

    • २. आज सुनको मुल्य १४ सय रुपैयाँले घट्यो

    • ३. आजदेखि चलचित्र ‘ह्यारी की प्यारी’ हलमा

    • ४. सर्वोच्च अदालतमा सन्दीपविरुद्ध परेको पुनरावेदनमाथि आज सुनुवाइ

    • ५. ब्रेन ट्‌युमरबाट पिडित सलमानीका परिवारद्वारा उपचारकालागि सहयोगको याचना

    धेरै पढिएको
    • १. गृहमन्त्री रवि लामिछानेले हटाए अगुवापछुवा गाडी

    • २. सत्ता गठबन्धनकाे बैठक बस्दै

    • ३. बुलबुले उद्यानमा वृहत् सरसफाइ

    • ४. तीन प्रदेशका मुख्यमन्त्रीको शपथग्रहण आज

    • ५. एकपटक दुधमा बेसार मिसाएर पिउनुहोस्

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology