• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

देउती बज्यै मन्दिरका पुजारी राजीको निधन
देउती बज्यै मन्दिरका पुजारी राजीको निधन

आज सुनको मुल्य १४ सय रुपैयाँले घट्यो

आजदेखि चलचित्र ‘ह्यारी की प्यारी’ हलमा

सर्वोच्च अदालतमा सन्दीपविरुद्ध परेको पुनरावेदनमाथि आज सुनुवाइ

ब्रेन ट्‌युमरबाट पिडित सलमानीका परिवारद्वारा उपचारकालागि सहयोगको याचना

कवि गिरीको पश्चिमेली ठेट झ्याउरे “हौला भेट नमरी बाँचे त” सार्वजनिक (भिडियो सहित)

देशको अवस्था परिवर्तनका मुद्दामा संचार क्षेत्र अग्रसर हुनुपर्छ – मुख्यमन्त्री शर्मा

मृगौला प्रत्यारोपण गर्ने प्रदेश अस्पताल सुर्खेतकाे तयारी

नगर प्रमुख भण्डारीलाई मानव अधिकार रक्षक सञ्जालको ध्यानाकर्षण : सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर

चर्चित

  • १. ब्रेन ट्‌युमरबाट पिडित सलमानीका परिवारद्वारा उपचारकालागि सहयोगको याचना

  • २. देउती बज्यै मन्दिरका पुजारी राजीको निधन

  • ३. आज सुनको मुल्य १४ सय रुपैयाँले घट्यो

  • ४. आजदेखि चलचित्र ‘ह्यारी की प्यारी’ हलमा

  • ५. सर्वोच्च अदालतमा सन्दीपविरुद्ध परेको पुनरावेदनमाथि आज सुनुवाइ

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

दादुराको महामारी नेपालगञ्जमा

  •  राष्ट्रिय संचार
  • २३ पुष २०७९, शनिबार ११:१५ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    बाँके-  दुई वर्षअघि पूर्णखोप जिल्ला घोषणा गरिएको बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको विभिन्न वडामा दादुराको महामारी फैलिएपछि सन् २०२३ मा उन्मुलन हुने तयारीमा रहेको दादुरा कार्यक्रम प्रभावित भएको छ ।

     

    Advertisement

    तीन दिनको अवधिमा दादुराबाट २९ जना बालबालिकामा दादुरा देखिएको छ भने एक जना बालकको मृत्यु भएको छ । केही दिनदेखिको चिसोका कारण बालबालिकामा ज्वरो र रुघाखोकी देखिएको भए पनि त्यस्ता बालबालिकाको स्वास्थ्य परीक्षण गर्दा उनीहरूमा दादुरा पुष्टि भएको नेपालगन्ज उपमहानगर स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए । उनले भने, ‘नेपालगन्जमा दादुरा महामारीको रूपमा फैलिएको छ ।

    यसको रोकथामका लागि उपमहानगर स्वास्थ्य शाखाबाट विभिन्न स्वास्थ्यकर्मीको टोलीसहित परिचालित गरिएको छ ।’ नेपालगन्जको मधेसी मुस्लिम बाहुल्यता बस्तीमा दादुरा फैलिएको र ती बस्ती तथा वडामा खोपको सम्पूर्ण मात्रा पूरा नभएको पाइएको उपमहानगरका स्वास्थ्य शाखा प्रमुख चन्दले बताए । उनले भने, ‘दादुरा भएका बालबालिका र वयस्कले पूरा खोप नलगाएको पाइएको छ । समुदायले खोपप्रति वितृष्णा गरेर पूरा खोप लगाए भन्ने तर, खोपको मात्रा पूरा नगर्ने भएकाले समस्या आएको हो ।’ नेपालगन्जमा फैलिएको दादुराको अवस्था’bout जानकारी लिन घरघर पुगेका स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकालाई समुदायले विरामी बच्चालाई कोभिडको विरामीलाई आइसोलेट गरे जस्तै गर्छन् भन्ने अफवाहका कारण सही जानकारी नदिने, विरामीलाई स्वास्थ्य संस्थामा उपचारका लागि लैजानुभन्दा स्थानीय औषधि पसलमा पुगेर औषधि खरिद गरी बस्ने गरेकाले दादुराको यकिन तथ्यांक बाहिर आउन नसकेको हो ।

    नेपालगन्जमा वडा नम्बर ७ का एकै परिवारका ४ जना बालबालिकामा दादुरा पुष्टि भएपछि समुदायस्तरमै दादुरा फैलिएको आशंकामा नेपालगन्ज उपमहानगरपालिकाले स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविकासहित घरदैलो अभियान सञ्चालन गरेको छ । उनीहरूले घरघरमा पुगेर बालबालिकाको अवस्था बुझ्ने र दादुराको चिह्न लक्षण भएको पाएमा गर्नुपर्ने उपचार र अपनाउनु पर्ने सचेतनाका कुराहरू समुदायलाई बताउने गरेको नेपालगन्ज–७ को स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी लीला शर्माले जानकारी दिइन् । स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले नेपालगन्जमा महामारीका रू पमा दादुरा फैलिएपछि प्रभावित क्षेत्रमा दादुरा रुवेलाका शंकास्पद बिरामीहरूको जाँच, परीक्षण तथा व्यवस्थापन शिविर सुरु गरिएको जानकारी दिइन् । उनले भनिन्, ‘हामीहरू समन्वयकारी भूमिकामा छांै र महामारीलाई नियन्त्रण गर्न पालिकासँग समन्वय गरिरहेका छौं ।’ उनले पालिकाले खोपको माग गरे तत्कालै उपलब्ध गराउन सक्ने अवस्थामा रहेको बताइन् । दादुरा श्वासप्रश्वासका माध्यमबाट तीव्र गतिमा सर्ने र फैलिने भएकाले नेपालगन्जका बालबालिका दादुरा महामारीको उच्च जोखिममा परेको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख पौडेलले बताइन् ।

    उनले दादुरा देखिएका वडामा १५ वर्षमुनिका बालबालिकालाई खोप लगाउने तयारी भइरहेको जानकारी पनि दिइन् । स्वास्थ्य कार्यालय बाँकेले महामारी रोक्नका लागि प्रभावित क्षेत्रमा दादुरा रुवेलाका शंकास्पद विरामीको जाँच, परीक्षण तथा व्यवस्थापन शिविर सुरु गरेको छ । शिविरमा कान्ति आरोग्य अस्पतालकी बालरोग विशेषज्ञ डा. रोमा बोरा, भेरी अस्पतालका बालरोग विशेषज्ञ डा. विष्णु थापा र नेपालगन्ज मेडिकल कलेजकी बालरोग विशेषज्ञ डा. निशा थापाले जाँच गरेको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले बताए । समुदायस्तरमा दादुरा फैलिएपछि दादुरा देखिएका बालबालिकालाई आइसोलेट गरेर उपचार गर्ने, ’roundका बालबालिकाको स्क्रिनिङ गर्ने र जनचेतना फैलाउने काम सुरु भएको छ । खोप लगाएको/नलगाएको यकिन गरेर दादुराको खोप लगाउने कार्यलाई अब अभियानकै रूपमा अघि बढाउने शाखा प्रमुख चन्दले बताए ।

    Advertisement

    दादुराको महामारी देखिएपछि स्वास्थ्य कार्यालय बाँके, नेपालगन्ज उपमहानगरपालिका, विश्व स्वास्थ्य स्वास्थ्य संगठन, युनिसेफ, वडा स्वास्थ्यकर्मीको टिम प्रभावित क्षेत्रमा परिचालन भएको छ । जनस्वास्थ्य प्रोटोकलअनुसार एउटै समुदायमा पाँच जनाभन्दा धेरै बालबालिकामा दादुरा देखिए त्यसलाई महामारी मानिन्छ । नेपालगन्ज उपमहानगरको वडा नम्बर ५, ७, ८, १०, ११, १५ र २२ मा दादुराका विरामी फेला परेको र अधिकांशले दादुराको खोप नलगाएको पाइएकाले प्रभावित वडामा दादुरा खोप अभियान सञ्चालन गर्ने तयारी गरिएको छ ।

    Advertisement
    Advertisement

    Post Views: 571
    २३ पुष २०७९, शनिबार ११:१५ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    देउती बज्यै मन्दिरका पुजारी राजीको निधन
    देउती बज्यै मन्दिरका पुजारी राजीको निधन
    आज सुनको मुल्य १४ सय रुपैयाँले घट्यो
    सर्वोच्च अदालतमा सन्दीपविरुद्ध परेको पुनरावेदनमाथि आज सुनुवाइ
    यो पनि हेर्नुहोस
    ब्रेन ट्‌युमरबाट पिडित सलमानीका परिवारद्वारा उपचारकालागि सहयोगको याचना
    कवि गिरीको पश्चिमेली ठेट झ्याउरे “हौला भेट नमरी बाँचे त” सार्वजनिक (भिडियो सहित)
    देशको अवस्था परिवर्तनका मुद्दामा संचार क्षेत्र अग्रसर हुनुपर्छ – मुख्यमन्त्री शर्मा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. देउती बज्यै मन्दिरका पुजारी राजीको निधन

    • २. आज सुनको मुल्य १४ सय रुपैयाँले घट्यो

    • ३. आजदेखि चलचित्र ‘ह्यारी की प्यारी’ हलमा

    • ४. सर्वोच्च अदालतमा सन्दीपविरुद्ध परेको पुनरावेदनमाथि आज सुनुवाइ

    • ५. ब्रेन ट्‌युमरबाट पिडित सलमानीका परिवारद्वारा उपचारकालागि सहयोगको याचना

    धेरै पढिएको
    • १. गृहमन्त्री रवि लामिछानेले हटाए अगुवापछुवा गाडी

    • २. सत्ता गठबन्धनकाे बैठक बस्दै

    • ३. बुलबुले उद्यानमा वृहत् सरसफाइ

    • ४. तीन प्रदेशका मुख्यमन्त्रीको शपथग्रहण आज

    • ५. एकपटक दुधमा बेसार मिसाएर पिउनुहोस्

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology