काठमाडौँ । भारतको गुजरातबाट नेपालतर्फ आउदै गरेको यात्रुबाहक बस दुर्घटना हुदा तीन नेपालीको मृत्यु भएको छ ।
दुर्घटना गएराती भारतको लखनउ नजिकै भएको बताइएको छ । बस भारतको गुजरातबाट कैलालीको टिकापुर आउँदै थियो ।
प्रहरीकाअनुसार टीकापुर नगरपालिका वडा नम्बर १ का ५५ वर्षीय चन्द्र साउद, ४५ वर्षीय ललित साउद र २० वर्षीया निर्मला बोहराको मृत्यु भएको छ ।
दुर्घटनामा ज्यान गुमाउने अर्का व्यक्ति भने भारतीय चालक रहेको बताइएको छ । घटनामा १७ जना घाइते भएका छन्।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।