• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

असिनाले बाली नष्ट : किसान चिन्तित

लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन

देशका विभिन्न स्थानमा वर्षा

नेपाली कांग्रेस अब सत्ता पक्षको बेञ्चमा

वीरेन्द्रनगर सुर्खेतमा एक नवजात शिशुको शव फेला

दैलेखमा खानेपानी ट्याङ्कीमा ‘जिपिएस’ जडित ‘अलर्ट’

नेपाल टेलिकमद्वारा सजिलो भ्वाइस र डाटाको सुविधा

आगलागीमा परेर शिशुको मृत्यु

चर्चित

  • १. असिनाले बाली नष्ट : किसान चिन्तित

  • २. लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

  • ३. नेपाली कांग्रेस अब सत्ता पक्षको बेञ्चमा

  • ४. दैलेखमा खानेपानी ट्याङ्कीमा ‘जिपिएस’ जडित ‘अलर्ट’

  • ५. नेपाल टेलिकमद्वारा सजिलो भ्वाइस र डाटाको सुविधा

  • ६. वीरेन्द्रनगर सुर्खेतमा एक नवजात शिशुको शव फेला

  • ७. देशका विभिन्न स्थानमा वर्षा

  • ८. रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

चितवन–२ को उपनिर्वाचनमा रवि उम्मेदवार हुन पाउलान् ?

  •  राष्ट्रिय संचार
  • ३ फाल्गुन २०७९, बुधबार ०६:४५ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    काठमाडौं-  चितवनको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा १० वैशाखमा उपनिर्वाचन घोषणा भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुनः उम्मेदवार बन्न पाउँछन् कि पाउँदैनन् भन्ने चासो बढेको छ ।

     

    Advertisement

    सोमबार आयोगले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा आगामी १० वैशाखमा उपनिर्वाचन गर्नेगरी मिति तय गर्दै निर्वाचन कार्यक्रम घोषणा गरेको हो ।

     

    यसअघि गत १३ माघमा नागरिकतासम्बन्धी विवादमा सो क्षेत्रबाट निर्वाचित सांसद लामिछानेको पद सर्वोच्च अदालतको संवैधानिक इजलासले खारेज गरिदिएको थियो । तर, सो क्षेत्रमा फेरि रास्वपाबाट लामिछाने नै उम्मेदवार बन्ने तयारीमा छन् ।

     

    Advertisement

    सर्वोच्च अदालतले लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा नबुझाई नागरिकता पुनः प्राप्तिको प्रक्रियामा नगएको भन्दै त्यसबखत उनको नागरिकता खारेज गर्दा सांसद पदसहित नेपाल सरकारको उपप्रधानसहित गृहमन्त्री पदसमेत गुमेको थियो । सर्वोच्चले त्यसबखत फैसलामा लामिछानेलाई उमेदवार बन्न ‘अयोग्य’ ठहर गरेको थियो ।

     

    तर, अहिले लामिछानेले अमेरिकाको नागरिकता त्याग गरेको निस्सा जिल्ला प्रसासन कार्यालय काठमाडौंमा बुझाएर नागरिकता कायम गराइसकेका छन् भने हालकै अवस्थामा उनी प्रतिनिधिसभा उपनिर्वाचनमा उम्मेदवार बन्न कानुनअनुसार योग्य देखिन्छन् ।

     

    कानुनका जानकार उनले अमेरिकी नागरिकता त्याग गरेको निस्सा पेस गरेर पुनः नेपाली नागरिकता लिइसकेका कारण आगामी उपनिर्वाचनमा उनी उम्मेदवार बन्न योग्य हुने बताउँछन् ।

    वरिष्ठ अधिवक्ता सुनिल पोखरेलले लामिछानेले उपनिर्वाचनमाउमेदवारी दिन पाउने बताए । पोखरेलले नै लामिछानेका तर्फबाट सांसद पद योग्यताको रिटमा सर्वोच्चमा बहस गरेका थिए ।

     

    सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ भने सार्वजनिक भएको छैन । लामिछानेविरुद्धको विषयमा विवाद रहेको राहदानीका विषयमा भने अदालतले केही बोलेको छैन ।

    काठमाडौं प्रहरी परिसरले लामिछानेको राहदानीका विषयमा आइतबारबाट नै अनुसन्धान थालिसकेको छ । उनीमाथि पुरानै नागरिकता कायम राखेर नेपाली राहदानी बनाएको आरोप छ ।

    निर्वाचन आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआई उपनिर्वाचनमा लामिछाने उम्मेदवार बन्न पाउने वा नपाउने विषयमा केही भन्न नसकिने बताउँछन् ।

    ‘अदालतको फैसलाको पूर्णपाठ आइसकेको छैन, त्यसकारण लामिछाने पुनः उम्मेदवार हुन पाउने कि नपाउने अहिले नै भन्न सकिँदैन,’ वाग्लेले भने ।

    लामिछानेविरुद्ध राहदानी दुरुपयोग गरेको आरोपमा युवराज पौडेलले उजुरी दिएका छन् र उनीमाथि राहदानीका विषयमा अनुसन्धान अघि बढेको छ ।

    राहदानी दुरुपयोग गरेको विषयमा दोषी ठहर भएमा भने लामिछाने उपनिर्वाचनमा उमेदवार बन्न अयोग्य हुने छन् । हालसम्म लामिछानेविरुद्ध अदालतमा राहदानीको कसुरमा मुद्दा दायर नै भएको छैन ।

    नेपालको संविधान तथा कानुनी व्यवस्थाले अभियोग लाग्दैमा कुनै व्यक्तिलाई उम्मेदवार बन्नबाट रोक्दैन । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ मा उम्मेद्वारको अयोग्यतासम्बन्धी व्यवस्था छ ।

    ‘राहदानी दुरुपयोग’को अभियोगमा अदालतबाट दोषी ठहर भएमा र त्यो फैसला अन्तिम भएको व्यक्ति मात्रै उम्मेदवार हुन नपाउने सो दफामा उल्लेख छ ।

    Advertisement
    Advertisement

    Post Views: 507
    ३ फाल्गुन २०७९, बुधबार ०६:४५ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    असिनाले बाली नष्ट : किसान चिन्तित
    लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने
    रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन
    यो पनि हेर्नुहोस
    देशका विभिन्न स्थानमा वर्षा
    नेपाली कांग्रेस अब सत्ता पक्षको बेञ्चमा
    वीरेन्द्रनगर सुर्खेतमा एक नवजात शिशुको शव फेला
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. असिनाले बाली नष्ट : किसान चिन्तित

    • २. लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

    • ३. रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन

    • ४. देशका विभिन्न स्थानमा वर्षा

    • ५. नेपाली कांग्रेस अब सत्ता पक्षको बेञ्चमा

    धेरै पढिएको
    • १. असिनाले बाली नष्ट : किसान चिन्तित

    • २. लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

    • ३. आठ दलीय गठबन्धनले सात वटै प्रदेशमा कार्यक्रम गर्दै

    • ४. आज होली खेल्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुस्

    • ५. नेपाल यूएईसँग ६८ रनले पराजित

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology