सुर्खेत- अनौपचारिक सेवा केन्द्र इन्सेक कर्णाली प्रदेशले प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज लैंगिक हिसां तथा जातीय बिभेद बिरुद्ध सचेतनामुलक सडक नाटक प्रर्दशन गरेको छ ।
समाजमा हुने लैंगिक हिसां र जातीय बिभेदका कारण पछाडी परेको र धेरै मानव अधिकार हनन्का घटनाहरु पनि लैंगिक हिसा र जातीय बिभेदका कारण घट्ने गरेकाले सचेतनामुलक सडक नाटक प्रर्दशन गरिएको हो ।
लैंगिक हिसां तथा जातीय बिभेद बिरुद्ध ऐनहरु हुदाँहुदै पनि यस्ता घटना समाजमा व्याप्त भएका कारण कानुनी सचेतना अभिबृद्धि गर्न कर्णाली कला प्रतिष्ठानसंग सहकार्य गरिएको कार्यक्रम संयोजक किरण पौडेलले जानकारी दिएका छन ।
लैंगिक हिसां तथा जातीय बिभेद जस्ता समाजिक अपराधहरुको कानुनी व्यवस्था थाहा नपाएका कारण कयौ मानिसहरुले यस्ता अपराधहरु गर्ने गरेको र पीडितहरु पनि न्यायका लागि उचित न्यायिक प्रकृयामा जानबाट बञ्चित भएको थुप्रै उदाहरणहरु रहेका छन् ।
जातीय बिभेद गर्नेले जातीय बिभेद तथा समाजिक छुवाछुत र बिभेद (कसुर सजाय ऐन) २०६८ अनुसार तीन महिना देखि तीन बर्ष सम्म कैद र पचार हजार देखि २ लाख सम्म जरिवाना हुन सक्छ र लैंगिक हिंसा गर्नेलाई घरेलु हिसां कसुर सजाय ऐन २०६६ अनुसार कसुर हेरी तीन हजार देखि पचास हजार वा ६ महिना सम्म कैद वा दुवै सजाय हुन सक्ने प्रवाधान रहेको छ ।
कानुनको अनबिज्ञता क्षम्य हुदैन अथवा अपराध गरेर मैले कानुन थाहा पाएको छैन भनेर उनमुक्ति पाईदैन । त्यसैले सकारात्मक परिर्वतनको लागि इन्सेकले कर्णालीको राजधानी वीरेन्द्रनगरमा लैंगिक हिसां तथा जातीय बिभेद बिरुद्ध सचेतनामुलक सडक नाटक प्रर्दशन गरिरहेको छ । वास्तवमै समाज यस्ता स–साना कुरामा अल्झेको अवस्था छ जसले प्रगति र सकारात्मकतालाई धेरै टाढा पु¥याएको अवस्था छ ।
यही यर्थाथतालाई चिर्न इन्सेकले कर्णाली कला प्रतिष्ठानसंग सहकार्य गरि वीरेन्द्रनगर–३ स्थित ऐरी चोकमा करिव २०० जनाको सहभागीता र वीरेन्द्रनगर १० पिपिरामा करिव १७५ जनाको सहभागीतामा सडक नाटक प्रदर्शन गरेको छ । सडक नाटकमा स्थानीय कलाकारहरुको प्रभावकारी प्रस्तुति रहेको थियो ।
सडक नाटकमा मुख्य छ जना पात्रले अभिनय गरि महिलाले लैंगिक हिसांका कारण पढ्न नपाउने, मानसिक तथा शाररिक हिंसाको सामना गर्नु पर्ने जस्ता बिषयबस्तुहरु चित्रण गरिएको थियो भने जातीय बिभेदका कारण समाज हिंस्रक बन्दै गएको जहाँ दलितहरुले आत्म सम्मान बिना समाजमा बाँच्नु पर्ने स्थिती रहेको दृष्यलाई पनि मार्मिक ढंगले चित्रण गरिएको थियो ।
साथै, किशोर किशोरीहरुको सचेतना अभिबृद्धि गर्न सानो उमेरमा बिवाह गर्न नहुने यदी गरियो भने आगामी जिवनमा धेरै अवसरहरुबाट बञ्चित हुन पर्ने जस्ता सकारात्मक सन्देशहरु पनि नाटकको अभिनय मार्फत प्रस्तुत गरिएको इन्सेक कार्यक्रम संयोजक किरण पौडेलले जानकारी दिए । नाटकलाई थप सचेतनामुलक बनाउनका लागी लैगिंक हिसा तथा जातीय बिभेद सम्वन्धी कानुनी सचेतना पर्चा पनि बितरण गरिएको थियो ।