• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

असिनाले बाली नष्ट : किसान चिन्तित

लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन

देशका विभिन्न स्थानमा वर्षा

नेपाली कांग्रेस अब सत्ता पक्षको बेञ्चमा

वीरेन्द्रनगर सुर्खेतमा एक नवजात शिशुको शव फेला

दैलेखमा खानेपानी ट्याङ्कीमा ‘जिपिएस’ जडित ‘अलर्ट’

नेपाल टेलिकमद्वारा सजिलो भ्वाइस र डाटाको सुविधा

आगलागीमा परेर शिशुको मृत्यु

चर्चित

  • १. असिनाले बाली नष्ट : किसान चिन्तित

  • २. लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

  • ३. नेपाली कांग्रेस अब सत्ता पक्षको बेञ्चमा

  • ४. दैलेखमा खानेपानी ट्याङ्कीमा ‘जिपिएस’ जडित ‘अलर्ट’

  • ५. नेपाल टेलिकमद्वारा सजिलो भ्वाइस र डाटाको सुविधा

  • ६. वीरेन्द्रनगर सुर्खेतमा एक नवजात शिशुको शव फेला

  • ७. देशका विभिन्न स्थानमा वर्षा

  • ८. रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

नेकपा एसको कार्यालयमा पहिलोपटक एमाले नेता

  •  राष्ट्रिय संचार
  • १९ फाल्गुन २०७९, शुक्रबार ०५:५४ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    काठमाडौं- एमालेले यसअघि पार्टीबाट विभाजित भएर गएको एकीकृत समाजवादीसँग पार्टी एकीकरणको प्रस्ताव गरेको छ । एमाले नेताहरू राष्ट्रपतिमा सुवास नेम्वाङका लागि भोट माग्न एकीकृत समाजवादीको कार्यालय पुग्दा पार्टी एकता’bout पनि छलफल गरेका हुन् ।

    एमालेबाट राष्ट्रपतिका लागि उम्मेदवार भएका नेम्वाङका लागि मत माग्दै एमाले नेताहरू बिहीबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगर, काठमाडौं पुगेका थिए । गत साता एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई एक पत्र लेख्दै राष्ट्रपतिका उम्मेदवार नेम्वाङलाई मतदान गर्न आग्रह गरेका थिए ।

    Advertisement

    यसअघि ओलीले राष्ट्रपतिमा नेपाललाई उम्मेदवार बनाउन प्रस्ताव गरेका थिए । पछिल्लो समय एमाले अध्यक्ष ओलीले एकीकृत समाजवादीसँग सहकार्य मात्रै नभई पार्टी एकताका लागिसमेत पहल थालेका छन् । ओलीको सो पहललाई एकीकृत समाजवादीका नेताले सकारात्मकरूपमा लिँदै छलफलका लागि ‘ढोका’ खुलेको टिप्पणी गरेका छन् ।

    मतसँगै पार्टी एकीकरण प्रस्ताव

    एकीकृत समाजवादीको केन्द्रीय कार्यालय पुगेका एमाले नेताले नेम्वाङको पक्षमा मतदान गर्न आग्रह गर्दै पार्टी एकता गर्नुपर्नेमा जोड दिएका थिए । नेम्वाङले अध्यक्ष नेपाललाई राष्ट्रपति निर्वाचनमा मतदान गरेर सघाउन आग्रह गरे । नेम्वाङसँगै एमाले उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ, सचिव रघुवीर महासेठ र नेता विमला राई सहभागी थिए ।

    भेटघाटमा एकीकृत समाजवादीका अध्यक्ष नेपालसहित उपाध्यक्ष प्रमेश हमाल, महासचिव डा. वेदुराम भुसाल, उपमहासचिव प्रकाश ज्वाला र सचिवालय सदस्य रामचन्द्र झासमेत सहभागी थिए । एमाले र एकीकृत समाजवादीका शीर्ष नेताबीच पार्टी विभाजनपछि एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा यो पहिलो औपचारिक भेटघाट हो । एमाले प्रवक्ता गुरुङले राष्ट्रपति निर्वाचनमा आफ्नो उम्मेवारलाई मत दिन अनुरोध गरेको बताए ।

    Advertisement

    उनले आफ्नो दलले अघि सारेको उम्मेदवार नेम्वाङलाई मत मागेको र दुई पार्टीलाई एकता बनाउने कुरा राखेको जानकारी दिए । ‘राष्ट्रपति निर्वाचनका लागि एकीकृत समाजवादीको कार्यालयमा पहिलोपटक आएर भेटेका छौं,’ गुरुङले भने, ‘अहिले पार्टी एकता पनि गर्ने चुनौतीबीच अवसरसमेत प्राप्त भएको कुरा हामीले राखेका छौं । यो चुनौतीबीच अवसर प्राप्त भएको छ, यसलाई अघि बढाउनुपर्छ ।’ एमालेका तर्फबाट राष्ट्रपतिका उम्मेदवार नेम्वाङलाई सहयोग गर्न गरेको आग्रहमा एकीकृत समाजवादीले अर्का उम्मेदवार रामचन्द्र पौडेलको प्रस्तावक बनिसकेको जवाफ फर्काएको छ ।

    एमालेले सौहार्दपूर्ण सम्बन्धका लागि सुरु गरेको प्रयास स्वागतयोग्य भएको एकीकृत समाजवादीका नेताले बताए । एकीकृत समाजवादीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले नेम्वाङसहितको टोलीले राष्ट्रपतिमा सहयोगको अपील गरेको बताए । उनले एमालेसँग पहिलोपटक औपचारिक भेटवार्ता भएकोमा अध्यक्ष नेपालले धन्यवाद दिएको बताए ।

    एमालेले औपचारिक संवाद सुरु गरेकोमा खुसी लागेको खतिवडाले बताए । तर, बुधबार बसेको केन्द्रीय सचिवालयको बैठकले पौडेललाई राष्ट्रपतिमा सहयोग गर्ने निर्णय गरिसकेकाले दायाँबायाँ नहुने उनको भनाइ छ । प्रवक्ता खतिवडाले एकीकृत समाजवादीकै अस्तित्वमाथि पटकपटक प्रश्न उठाउने पार्टी केन्द्रीय कार्यालयमै औपचारिक प्रस्ताव लिएर आउनु खुसीको कुरा भएको बताए ।

    ‘नेकपा एमालेले हाम्रो अस्तित्वमाथि अनेकौंपटक अनेकौं कुरा भनेको छ । तर, त्यही पार्टीले पार्टी केन्द्रीय कार्यालयमा आएर औपचारिक कुराकानी गर्नु त खुसीको कुरा नै हो । बल्लबल्ल दुई पार्टीबीच भेटघाट भएको छ । सौहार्दपूर्ण सम्बन्ध र मित्रता विकास गर्न एमालेले सुरु गरेको प्रयास स्वागतयोग्य छ,’ उनले भने ।

    एमालेद्वारा रास्वपा र राप्रपासँग पनि छलफल राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार रहेका नेम्वाङलाई मतदान गर्न एमालेले एकीकृत समाजवादीका साथै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग समेत बिहीबार छलफल गरेको छ । एमाले नेता रास्वपा र राप्रपाको छुट्टाछुट्टै ठाउँमा रहेको कार्यालयमा पुगेर छलफल गरेका छन् ।

    एमालेका सचिव योगेश भट्टराईले २५ फागुनमा हुने राष्ट्रपतिको निर्वाचनमा रास्वपाले आफूहरूले अघि सारेको उम्मेदवारलाई मत दिने दाबी गरेका छन् । रास्वपाको पार्टी कार्यालय धुम्बाराही पुगेर नेतालाई भेटेपछि भट्टराईले रास्वपाका सभापति रवि लामिछाने आफ्नो दल आन्तरिक छलफलमा रहेको जवाफ दिएको बताए । एमालेसँग केही समय सहकार्य पनि गरेकाले नेम्वाङजत्तिको व्यक्तित्व बन्नुपर्ने आफूहरूको मत भएको तर अहिले पार्टीमा छलफल गरिरहेको लामिछानले जवाफ दिएको भट्टराईले बताए ।

    ‘उहाँको भनाइ र बडी ल्यांग्वेजले हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टीको मत राष्ट्रपतिमा सुवास नेम्वाङले पाउने देखिन्छ,’ भट्टराईले भने । सबै दलसँग कुरा गर्ने प्रक्रियामा रहेको र त्यही क्रममा रास्वपासँग छलफल गरेको उनले बताए । संविधानसभामा सफल भूमिका खेलेको र सभामुखका रूपमा पनि सफल भएकाले उपयुक्त हुने तर्क आफूहरूले राखेको उनले बताए । एमाले नेताहरू राप्रपाको केन्द्रीय कार्यालय वसुन्धारासमेत पुगेका छन् ।

    मत माग्न केन्द्रीय कार्यालय वसुन्धारा पुगेका नेम्वाङसहित एमाले नेतालाई पार्टीभित्र छलफल गर्न बाँकी रहेको बताइएको राप्रपाका महामन्त्री मुकुल ढकालले बताए । ‘उहाँ (नेम्वाङ) राष्ट्रपतिका लागि उपयुक्त पात्र हो भन्नेमा संकोच छैन तर पार्टीले निर्णय गर्न बाँकी छ । त्यसैले निर्णय आज नै गर्न सकिँदैन भन्यौं,’ ढकालले भने ।

    राष्ट्रपतिमा कसलाई भोट दिने भन्ने विषयमा आफ्नै केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठकबाट निर्णय गरिने उनले बताए । राष्ट्रपतिको निर्वाचन २५ फागुनमा हुँदै छ । राष्ट्रपतिका लागि एमालेबाट नेम्वाङ र आठ दलीय गठबन्धनबाट कांग्रेसका रामचन्द्र पौडेल उम्मेदवार छन् । राजधानि अनलाईन बाट साभार

    Advertisement
    Advertisement

    Post Views: 476
    १९ फाल्गुन २०७९, शुक्रबार ०५:५४ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    असिनाले बाली नष्ट : किसान चिन्तित
    लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने
    रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन
    यो पनि हेर्नुहोस
    देशका विभिन्न स्थानमा वर्षा
    नेपाली कांग्रेस अब सत्ता पक्षको बेञ्चमा
    वीरेन्द्रनगर सुर्खेतमा एक नवजात शिशुको शव फेला
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. असिनाले बाली नष्ट : किसान चिन्तित

    • २. लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

    • ३. रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन

    • ४. देशका विभिन्न स्थानमा वर्षा

    • ५. नेपाली कांग्रेस अब सत्ता पक्षको बेञ्चमा

    धेरै पढिएको
    • १. असिनाले बाली नष्ट : किसान चिन्तित

    • २. लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

    • ३. आठ दलीय गठबन्धनले सात वटै प्रदेशमा कार्यक्रम गर्दै

    • ४. आज होली खेल्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुस्

    • ५. नेपाल यूएईसँग ६८ रनले पराजित

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology