काठमाडौं- आगामी २५ गते हुने राष्ट्रपति निर्वाचनलाई केन्द्रित गरी आठ दलीय गठबन्धनले सात वटै प्रदेशमा अभिमुखीकरण कार्यक्रम गर्दैछ।
आज (शुक्रबार) नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति, जनमत, जसपा, जनमोर्चा र लोसपासहित सम्मिलित ८ दलीय गठबन्धनले सात वटै प्रदेशमा अभिमुखीकरण कार्यक्रम गर्न लागेको कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए।
आठदलीय गठबन्धन दलका नेताहरु सम्बन्धित प्रदेशमा पुगिसकेका छन्। उनीहरुले आफ्नो गठबन्धनमा रहेका प्रदेश सांसदहरुलाई राष्ट्रपतिका साझा उम्मेदवार रामचन्द्र पौडेललाई किन मतदान गर्ने आठ दलीय गठबन्धनको औचित्य के, वर्तमान राजनीति परिवेश लगायतका विषयमा अभिमुखीकरण गर्ने नेता पाण्डेले जानकारी दिए।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।