सुर्खेत- कर्णाली प्रदेशका चार प्रतिशत नागरिकले मात्रै उच्च स्तर सुधारिएको खानेपानी उपभोग गर्ने गरेको सरकारी तथाङक रहेको छ।संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले कर्णालीका ९६ प्रतिशत नागरिक अझैपनि दुषित पानिको प्रयोग गर्ने गरेको जनाएको छ।
विश्व पानी दिवस मनाइरहदाँ कर्णाली प्रदेशका नागरिक भने ज्यान लिँदै दूषित पानी पिउन बाध्य रहेका छन।नेपाल विश्वमै जलस्रोतमा दोस्रो ठूलो देश भनिए पनि धेरै सहर, बजार र गाउँमा खानेपानीको समस्या छ।कर्णालीमा आधारभूत स्तरको खानेपानीको सेवा पुगेको जनसंख्या औसतमा ८४ प्रतिशत मात्र रहेको छ।
केन्द्रीय आँकडा सँग तुलना गर्दा आधारभूत स्तरको खानेपानीमा पहुँच नपुगेको कर्णालीको जनसंख्या ९ प्रतिशत कम हो।पानीका स्रोतहरुमा हुने फोहोर शुद्धीकरणबिनै उपभोग गर्दा बर्सेनि झाडापखालाको महामारी फैलिने गरेको आयोजना प्रमुख देवेन्द्र कुमार झाले बताए ।
सरकारले पन्ध्रौं योजनाको अन्त्य २०८०\०८१ सम्ममा ९९ प्रतिशत नागरिकमा आधारभूत स्तरको खानेपानी सेवा पुर्याउने लक्ष्य लिएको छ।उनले कर्णालीका बासिन्दालाई अझै पनि खोलाको दूषित पानी प्रयोग गर्नुपर्ने बाध्यता रहेको भन्दै यसकालागी सरकारी प्रयास एक्लै सम्भव नरहेको उल्लेख गरेका छन।