कर्णाली- दुई महिनापछि कर्णाली प्रदेशसभाको बैठक आज बस्न लागेको छ ।आज दिउँसो ३ बजेका लागि बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले जानकारी दिएका छन ।
सरकारले बैठक आह्वानका लागि प्रदेशसभालाई जानकारी गराएको पछि बैठक एजेन्डाबिना नै बैठक आह्वान गरिएको छ ।कुन विषयमा छलफल गर्ने भन्ने विषय आज नै सर्वदलीय बैठकले निर्णय गर्ने उनले बताए।
यसअघि पुस १८ गते प्रदेशसभाको पहिलो बैठक बसेको थियो ।प्रदेशसभा बैठकले सभामुख र उपसभामुख चयन गरेको थियो ।यस्तै, माघ ६ गते मुख्यमन्त्री राजकुमार शर्माले संसद्बाट विश्वासको मत लिएका थिए।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।