• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

सुर्खेतमा गर्मी बढ्न थालेपछि विद्यालयहरू एक साताका लागि बन्द

नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

कर्णालीमा बजेट माथिको छलफल सुरु

नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

कक्षा १२ को परीक्षा आजदेखि

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

लामिछानेकाे जन्मदिन विद्यालयलमा

आज कर्णाली प्रदेश सहित केही ठाउँमा पानी पर्ने सम्भावना

बाँकेको नरैनापुरमा आगलागी हुदा पाँच घर जलेर नष्ट

चर्चित

  • १. सुर्खेतमा गर्मी बढ्न थालेपछि विद्यालयहरू एक साताका लागि बन्द

  • २. नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

किन मनाइन्छ ‘अप्रिल फूल’?

  •  राष्ट्रिय संचार
  • १८ चैत्र २०७९, शनिबार १०:३७ प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    काठमाडौं : अप्रिल महिनाको पहिलो दिन अर्थात अप्रिल फस्टमा मानिसहरुलाई झुटो बोल्ने र मुर्ख बनाउने चलन छ । सायद तपाईहरुले पनि आज झुटो बोल्नुभयो होला। तर यसो किन गरिन्छ त?

    आज नेपालमा मात्र नभइ संसारभरका मानिसहरूले अरुलाई फूल अर्थात् ‘मूर्ख’ बनाउँछन्।  पहिले यो दिवस फ्रान्स र अन्य युरोपेली देशहरूमा मनाइने गरिए पनि बिस्तारै अन्य देशहरूले पनि यो दिवस मनाउन थाले। यो दिन एकअर्कासँग रमाइलो गरेर मनाइन्छ । सबैले एक अर्कालाई मूर्ख बनाउन बहाना खोज्छन्। यस दिन केही व्यक्तिहरूले फोनमा म्यासेज र ठट्टाहरू मार्फत वेबकूफ बनाउँछन्। ‘अप्रिल फूल’ दिवस विभिन्न देशहरूमा विभिन्न तरिकाले मनाइन्छ।

    Advertisement

     

    तर अप्रिल १ मा किन ‘अप्रिल फूल’ दिवस मनाइन्छ, यसको पनि फरक कथा छ । आजको दिन बालबालिका होस् वा युवा–वृद्ध सबैले आफ्ना साथीभाइ र आफन्तलाई कुनै न कुनै बहानामा मुर्ख बनाउँछन् ।

    को बन्यो पहिलो ‘अप्रिल फूल’ ?

    अप्रिल १ मा मानिसलाई झुक्याउने वा मूर्ख बनाउने प्रचलन धेरै वर्षदेखि चलिआएको छ । आजको समयमा, यो दिवस संसारभर मनाइन्छ। तर यसको सुरुवातको कुरा गर्दा सबैभन्दा पहिलो यसको प्रयोग चौसरको ‘नन्स प्रिस्ट टेल’ भन्ने किताबमा पाइन्छ। त्यसमा ‘क्यान्टरबरी टेल्स’ को कथामा उक्त कुरा उल्लेख छ। कथामा इङ्गल्याण्डका राजा रिचर्ड द्वितीय र बोहेमियाकी रानीको इन्गेजमेन्ट हुने कुरा जनतालाई सुनाइन्छ। इन्गेजमेन्ट ३२ मार्चमा हुने भनिन्छ। उक्त कुरा जनताले पनि विश्वास गर्छन् । मार्च ३२ क्यालेन्डरमा मिति नै नहुने भएकोले त्यहाँका मानिसहरू सामूहिक रूपमा ‘अप्रिल फूल’ बने भनिएको छ।

    Advertisement

    ‘अप्रिल फूल’सँग सम्बन्धित दोस्रो कथा 

    ‘अप्रिल फूल’को दोस्रो कथा युरोपको हो। वास्तवमा पहिला युरोपमा अप्रिल १ तारिखमा नै नयाँ वर्ष मनाइन्थ्यो र यस दिन भव्य कार्यक्रम पनि आयोजना गरिन्थ्यो । तर त्यहाँ पोप ग्रेगरी १३ ले सन् १५८२ मा नयाँ क्यालेन्डर निकाले, जसमा नयाँ वर्ष जनवरी १ मा मनाउने निर्देशन दिइएको थियो।

    पोप ग्रेगरी १३ द्वारा यो क्यालेन्डर जारी गरेपछि अप्रिल १ मा नयाँ वर्ष मनाउनेहरूलाई ‘मूर्ख’ भनेर खिल्ली उडाइएको थियो। यहीँबाट ‘अप्रिल फूल’ डे सुरु भएको किम्बदन्ती रहेको छ।

    विश्वभर ‘अप्रिल फूल’ दिवस मनाउने विभिन्न तरिका छन्।  ‘अप्रिल फूल’ डे न्युजिल्यान्ड, इंग्ल्याण्ड, अष्ट्रेलिया र अफ्रिकी देशहरूमा १२ बजेसम्म मात्र मनाइन्छ।  इटाली, फ्रान्स र बेल्जियम जस्ता देशहरूमा मानिसहरूलाई बिना जानकारी नदिइ ढाडमा कागजको माछा टाँसेर खिल्ली उडाइन्छ।

    युक्रेनमा ‘अप्रिल फूल’ मनाउन राष्ट्रिय छुट्टीको घोषणा गरिएको छ। साथै, स्पेनमा ‘अप्रिल फूल’ डिसेम्बर 28 मा पवित्र निर्दोष दिवसको रूपमा मनाइन्छ। यसबाहेक डेनमार्कमा मे १ मा ‘अप्रिल फूल’ दिवस मनाइन्छ भने पश्चिम एसियाली देशहरूले पर्शियन नयाँ वर्षको १३ औं दिन अर्थात् अप्रिल १ र २ मा एकअर्कालाई गिल्ला गरेर ‘अप्रिल फूल’ मनाउँछन्। एजेन्सी

    Advertisement
    Advertisement

    Post Views: 353
    १८ चैत्र २०७९, शनिबार १०:३७ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुर्खेतमा गर्मी बढ्न थालेपछि विद्यालयहरू एक साताका लागि बन्द
    नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
    कर्णालीमा बजेट माथिको छलफल सुरु
    यो पनि हेर्नुहोस
    नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ
    कक्षा १२ को परीक्षा आजदेखि
    प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. सुर्खेतमा गर्मी बढ्न थालेपछि विद्यालयहरू एक साताका लागि बन्द

    • २. नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

    • ३. कर्णालीमा बजेट माथिको छलफल सुरु

    • ४. नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

    • ५. कक्षा १२ को परीक्षा आजदेखि

    धेरै पढिएको
    • १. कर्णालीमा बजेट माथिको छलफल सुरु

    • २. प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

    • ३. कक्षा १२ को परीक्षा आजदेखि

    • ४. सुर्खेतमा गर्मी बढ्न थालेपछि विद्यालयहरू एक साताका लागि बन्द

    • ५. नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology