• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

सुर्खेतमा गर्मी बढ्न थालेपछि विद्यालयहरू एक साताका लागि बन्द

नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

कर्णालीमा बजेट माथिको छलफल सुरु

नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

कक्षा १२ को परीक्षा आजदेखि

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

लामिछानेकाे जन्मदिन विद्यालयलमा

आज कर्णाली प्रदेश सहित केही ठाउँमा पानी पर्ने सम्भावना

बाँकेको नरैनापुरमा आगलागी हुदा पाँच घर जलेर नष्ट

चर्चित

  • १. सुर्खेतमा गर्मी बढ्न थालेपछि विद्यालयहरू एक साताका लागि बन्द

  • २. नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

कर्णालीमा सधैं पाठ्यपुस्तककै पिरलो

  •  राष्ट्रिय संचार
  • १९ चैत्र २०७९, आईतवार १०:४१ प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    सुर्खेत,- कर्णालीको दुर्गम भेगका सामुदायिक विद्यालयका विद्यार्थीको वार्षिक परीक्षा सकिएर नयाँ शैक्षिक सत्र सुरु भएको डेढ महिना नाघिसक्यो। तर उनीहरू विगतमा जस्तै पाठ्यपुस्तककै पिरलोमा छन्।

     

    Advertisement

    हातमा अझै पाठ्यपुस्तक नपर्दा र पाठ्यपुस्तक आइपुग्ने ठेगानसमेत नहुँदा उनीहरूको पढाइ प्रभावित भएको छ। दुर्गम जिल्लामा हरेक वर्ष फागुनदेखि नयाँ शैक्षिक सत्र सुरु हुन्छ। नयाँ शैक्षिक सत्रका लागि कक्षा १० सम्म पढिरहेका विद्यार्थीलाई त पाठ्यपुस्तक अभाव छ नै, अहिले एसइई दिँदै गरेका विद्यार्थीसमेत पाठ्यपुस्तक नपढीकनै जाँच दिन बाध्य छन्। यहाँका विद्यार्थीमा पाठ्यपुस्तक पाउन नसकेको गुनासो सधैं रहने गरेको छ।

     

    कर्णालीको विकट पहाडी जिल्ला कालिकोटका धेरै विद्यालयका विद्यार्थी पाठ्यपुस्तकविहीन छन्। कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका–३ स्थित विद्याज्योति माध्यमिक विद्यालय कक्षा ८ का विद्यार्थीसम्म नेपाली र स्वास्थ्य विषयको पुस्तक पुगेको छैन। खाँडाचक्र नगरपालिका–३ ताडीको जनजीवन माविमा पनि केही पुस्तक पुगेको छैन। यस्तै पलाँता गाउँपालिकाका सामुदायिक विद्यालयले पनि पुस्तक अभाव झेलिरहेको छ।

     

    Advertisement

    सान्नीत्रिवेणीको विद्याज्योतिकी छात्रा आशा गिरीले पाठ्यपुस्तकबिनै परीक्षा दिनुपर्ने बाध्यतामा आफू रहेको बताइन्। उनी माध्यमिक तहमा अध्ययनरत छिन्। ‘न समयमा किताब पाउँछौं न विद्यालयमा सिकाइ गतिविधिका लागि पर्याप्त सामग्री नै छन्,’ उनी भन्छिन्।

    पाठ्यपुस्तक, भौतिक संरचना र शिक्षक अभाव जस्ता कारणले आफूहरूको सिकाइ प्रभावकारी बन्न नसकेको उनी सुनाउँछिन्। पलाँता गाउँपालिकाका विद्यार्थीहरूको गुनासो पनि आशाको भन्दा भिन्न छैन। ‘यो वर्षको वार्षिक परीक्षा किताब नपढी सकियो। अब अर्को वर्षका लागि यस्तै पिरलो नहोस् भन्ने चाहेका छौं,’ पलाँताका एक छात्रले भने, ‘हामीले सबै विषयका पुस्तक समयमै पाउनुपर्ने माग त गरेका छौं तर कहिले हात पर्ने हो, कुनै ठेगान छैन।’

    खाँडाचक्र–३ स्थित जनज्योति माविमा पनि पाठ्यपुस्तक अझै नपाएको विद्यार्थीको गुनासो छ। यस्तै शुभकालिका गाउँपालिका र महावै गाउँपालिकाका केही विद्यालयमा पनि पुस्तकको अभाव छ। जिल्लाका सामुदायिक विद्यालयमा समयमै सबै विषयका पाठ्यपुस्तक नपुग्दा सिकाइ गतिविधि नै प्रभावित भएको छ । आजको नागरिक दैनिकमा खवर छ ।

    Advertisement
    Advertisement

    Post Views: 880
    १९ चैत्र २०७९, आईतवार १०:४१ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुर्खेतमा गर्मी बढ्न थालेपछि विद्यालयहरू एक साताका लागि बन्द
    नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
    कर्णालीमा बजेट माथिको छलफल सुरु
    यो पनि हेर्नुहोस
    नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ
    कक्षा १२ को परीक्षा आजदेखि
    प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. सुर्खेतमा गर्मी बढ्न थालेपछि विद्यालयहरू एक साताका लागि बन्द

    • २. नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

    • ३. कर्णालीमा बजेट माथिको छलफल सुरु

    • ४. नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

    • ५. कक्षा १२ को परीक्षा आजदेखि

    धेरै पढिएको
    • १. कर्णालीमा बजेट माथिको छलफल सुरु

    • २. प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

    • ३. कक्षा १२ को परीक्षा आजदेखि

    • ४. सुर्खेतमा गर्मी बढ्न थालेपछि विद्यालयहरू एक साताका लागि बन्द

    • ५. नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology