• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

सुर्खेतमा गर्मी बढ्न थालेपछि विद्यालयहरू एक साताका लागि बन्द

नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

कर्णालीमा बजेट माथिको छलफल सुरु

नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

कक्षा १२ को परीक्षा आजदेखि

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

लामिछानेकाे जन्मदिन विद्यालयलमा

आज कर्णाली प्रदेश सहित केही ठाउँमा पानी पर्ने सम्भावना

बाँकेको नरैनापुरमा आगलागी हुदा पाँच घर जलेर नष्ट

चर्चित

  • १. सुर्खेतमा गर्मी बढ्न थालेपछि विद्यालयहरू एक साताका लागि बन्द

  • २. नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

यो वर्ष कर्णालीका हिमाली जिल्लामा पुस्तक अभाव नहुने

  •  राष्ट्रिय संचार
  • २ बैशाख २०८०, शनिबार ०९:०९ प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    कर्णाली- कर्णाली प्रदेशमा बर्सेनि पाठ्यपुस्तक अपुग हुने गरेको छ । गत वर्ष वार्षिक परीक्षाको समयसम्म पनि सबै विद्यार्थीको हातमा पुस्तक पुग्न सकेको थिएन तर यस वर्ष भने विद्यार्थीलाई समयमै पुस्तक बाँड्ने गरी तयारी भएको छ ।

    पाठ्यपुस्तक छपाइ र वितरणको जिम्मेवारी लिएको जनक शिक्षा सामग्री केन्द्रको प्रादेशिक कार्यालय सुर्खेतले नयाँ शैक्षिक सत्र सुरु हुनुअगावै मागअनुसारका पुस्तक गोदाममा ल्याइसकेको जनाएको छ । कर्णालीका सबै बालबालिकालाई पुग्ने गरी पुस्तक ल्याएको केन्द्र प्रादेशिक कार्यालय प्रमुख भैरवबाबु पन्तले बताउनुभयो । “यो वर्ष मागअनुसार सबै कक्षाको पुस्तक हामीले गोदाममा ल्याएका छौँ । पालोअनुसार दुर्गम जिल्लाबाट वितरण गर्दै आएका छौँ,” उहाँले भन्नुभयो ।

    Advertisement

    कार्यालयका अनुसार मुगुका दुईवटा स्थानीय तहबाट पुस्तकका लागि सम्पर्कमा आएका छैनन् भने अन्यले लगिसकेका छन् । जुम्ला र कालीकोटमा पनि पुस्तक गइसकेको छ ।

    वैशाखको पहिलो साताभित्रै सबै जिल्लामा पुस्तक पु¥याउने योजना सुर्खेतस्थित जनक शिक्षा सामग्री केन्द्रको प्रादेशिक कार्यालयले बनाएको छ । गत वर्षको जस्तो समस्या नहुने भन्दै उहाँले यो वर्ष समयमा नै विद्यार्थीको हातमा सबै पुस्तक पुग्ने दाबी गर्नुभयो । जनक शिक्षाले जिल्लाअनुसार पालो तोकेर पुस्तक वितरण गरिरहेको छ । दुर्गम जिल्लाको पहिले पालो तोकिएको छ भने अलिक सुगम जिल्लालाई पछाडि राखिएको छ । जसअनुसार सुर्खेतको पालो अन्तिममा आउँछ ।

    पालो ढिलो आउने र पुस्तकसमेत नपुग्ने समस्या सुर्खेतले विगतदेखि नै झेल्दै आएको छ । यो वर्ष पनि त्यस्तै हुनेमा सुर्खेतका व्यवसायीको चिन्ता छ । कर्णालीका दुर्गम जिल्लामा समयमै पुस्तक पुगे पनि सुर्खेतलगायतका सुगम जिल्लामा पुग्छ भनेर अहिले नै भन्न सकिने अवस्था नरहेको नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ कर्णाली प्रदेशका सचिव शेरबहादुर खड्काले बताउनुभयो ।

    “यो वर्ष सहज रूपमा सबैले पुस्तक पाउने देखिन्छ । गत वर्षजस्तो अभाव हुँदैन होला,” उहाँले भन्नुभयो । अघिल्ला वर्ष भने कर्णालीका विकट हिमाली जिल्लाका साथै सुर्खेत, दैलेख र जाजरकोटलगायतका जिल्लामा पनि पर्याप्त पुस्तक पुगेको थिएन । व्यवसायीका अनुसार गत वर्षको आधा शैक्षिक सत्र सकिँदासम्म पनि ठूलो सङ्ख्यामा विद्यार्थीले पुस्तक पाएका थिएनन् । व्यवसायीले अग्रिम रकम बुझाउँदासमेत जनक शिक्षा सामग्री केन्द्रले पुस्तक उपलब्ध गराउन सकेको थिएन । याे समाचार गोरखापत्र अनलाइन  छ ।

    Advertisement
    Advertisement
    Advertisement

    Post Views: 462
    २ बैशाख २०८०, शनिबार ०९:०९ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुर्खेतमा गर्मी बढ्न थालेपछि विद्यालयहरू एक साताका लागि बन्द
    नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
    कर्णालीमा बजेट माथिको छलफल सुरु
    यो पनि हेर्नुहोस
    नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ
    कक्षा १२ को परीक्षा आजदेखि
    प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. सुर्खेतमा गर्मी बढ्न थालेपछि विद्यालयहरू एक साताका लागि बन्द

    • २. नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

    • ३. कर्णालीमा बजेट माथिको छलफल सुरु

    • ४. नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

    • ५. कक्षा १२ को परीक्षा आजदेखि

    धेरै पढिएको
    • १. कर्णालीमा बजेट माथिको छलफल सुरु

    • २. प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

    • ३. कक्षा १२ को परीक्षा आजदेखि

    • ४. सुर्खेतमा गर्मी बढ्न थालेपछि विद्यालयहरू एक साताका लागि बन्द

    • ५. नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology