सुर्खेत – ८४ बुँदे माग राख्दै दलित समुदायले कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडी धर्ना बसेका छन।आफ्ना लागि आफैं’ को नारा लिएर सञ्चालित दलितका लागि दलित अभियान नेपालको आयोजनामा धर्ना कार्यक्रमको आयोजना गरिएको हो।
कर्णालीका विभिन्न जिल्लाबाट सहभागी भएकाहरु दिनरात नभनी आफुहरुको माग सम्बोधन गर्न भन्दै धर्नामा बसेका छन।अभियानका पश्चिम संयोजक खगेन्द्र सुनारले आफुहरुले उठाएका मागहरु सम्बोधन नभएको भन्दै धर्ना बस्न बाध्य भएको बताए।
उनले संविधानमा भएका अधिकारहरु कार्यान्यवन हुन नसकेको भन्दै तिनै तहका सरकारले आफुहरुको माग पुरा गर्नुपर्नेमा जोड दिए।आफुहरुको माग सम्बोधन नभए थप शसक्त खाल्का गतिविधिहरु सञ्चालन गर्ने चेतावनी दिए।
यसअघि दलित समुदायले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट ८४ बुँदे मागपत्र सार्वजनिक गरेको थियो।राज्यका निकायमा दलित समुदायको सहज प्रवेश र पहुँच लगायतका मागहरू अघि सारिएको छ।
उनले राज्यका हरेक निकायमा दलितको सामुहिक प्रतिनिधित्वको व्यवस्था गर्न विगत देखि नै माग गर्दै आएपन आफुहरुको मागप्रति सरकार गम्भिर नभएको आरोप लगाए।