सुर्खेत । कर्णाली प्रदेशमा आज साउन १ गते सार्वजनिक बिदा रहेको छ ।
साउने संक्रान्ति तथा देउडा पर्वको अवसर पारेर कर्णाली प्रदेशभर आज सार्वजनिक बिदा दिइएको प्रदेशको आन्तरिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले मंगलबार नै सार्वजनिक बिदाको सूचना जारी गरेको थियो । साउन १ गते प्रदेशभित्रका सम्पूर्ण सरकारी तथा सार्वजनिक संघ संस्थामा बिदा लागू हुने छन् ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।