“चपाई परिवार समाज कर्णाली प्रदेशद्वारा ‘वंशावली २०८१’ पुस्तकको भव्य विमोचन
कर्णाली प्रदेशको वीरेन्द्रनगरमा आज एक विशेष कार्यक्रमको आयोजना गरि “चपाई परिवार समाज कर्णाली प्रदेश”ले ‘चपाई परिवार वंशावली २०८१’ पुस्तकको विमोचन गरेको छ। समाजका अध्यक्ष उमालाल चपाईले बताए अनुसार, यस पुस्तकमा कर्णाली प्रदेशमा बसोबास गर्ने चपाई परिवारहरूको वंशावली समावेश गरिएको छ।
यसअघि प्रकाशित पहिलो संस्करणमा केही परिवारहरूको वंशावली छुटेको पाईएको थियो। त्यसलाई सच्याउँदै यस दोस्रो संस्करणमा सम्पूर्ण परिवारहरूको वंशावली समेटिएको छ। साथै, हरेक वर्ष पुस्तक परिमार्जन गर्दै थप नयाँ जानकारी समावेश गर्ने योजना रहेको पनि उनले बताए।
विमोचन कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ७ का अध्यक्ष ध्रुब कुमार चपाई, वडा नम्बर १२ का अध्यक्ष चुणामडी चपाईलगायत समाजका विभिन्न व्यक्तित्वहरूको उपस्थिति थियो।
कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष डिलाराम चपाईले गरेका थिए।