Breaking news

भारतीय नागरिकको दादागिरी : यसरी भएको थियो भारतीय नागरिकको समूह द्वारा बर्दियाका यादवको हत्या

१३ मंसिर, बर्दिया

नेपाल सँग सिमाना जोडिएको भारतीय बजार लौकाहीमा सामान्य विवाद हुँदा भारतीय नागरिकहरुको समुहले नेपाली नागरिक यादवको हत्या गरेका छन् ।

कार्तिक तेस्रो साता घटना घट्दा जटिल घाइते भएका गुलरिया नगरपालिका ११ लालपुरका ४० वर्षीय रमेश यादवको उपचारको क्रममा लखनऊको एक अस्पतालमा आइतबार मृत्यु भएको हो ।

घटनाको पूर्ण विवरण यस्तो छ :

अतहर खान भारतीय लौकाहीका डाक्टर हुन्। नेपाल भारत सीमावर्ती लौकाही नजिक गुलरिया नगरपालिका–११ डाडालालपुर गाउँको समुन्ने दशगजामा डा अतहरको औषधी पसल छ।

कार्तिक तेस्रो साता गुलरिया नगरपालिका–११ मृतककी दिदी बृजमा यादवले घर नजिकै डा अतहर खानको पसलबाट औषधी ल्याएकी थिइन्। ल्याएको औषधीले निको नभई रियक्शन गरेपछि बृजमाले गुनासो गरेपछि भारतीय डा.अतहर खान हातपातमा उत्रेका थिए। आफ्नी दिदीमाथि हातपात गर्दा मृतक रमेश यादव बोलेका थिए। त्यस दिन सामान्य विवादपछि झगडा शान्त भएको थियो।

दुई तीन दिनपछि कार्तिक २३ गते मृतकका भतिज ओमकार यादव दीपावलीको लागि लौकाही बजार सामान किन्न गएका थिए। त्यही मौकामा डा.अतहर खानले १६ वर्षीय ओमकार यादवलाई नियन्त्रणमा लिएका थिए ।

त्यही विषयमा विवाद हुँदा लौकाहीबाट अतहरलगायत अन्य व्यक्तिहरू आएर डाडालालपुर गाउँ नेपालमै पसेर कुटपिट गरेको ओमकारले जनाए। कुटपिटमा दाजु रमेश यादव र भाइ मनोज यादव गम्भीर घाइते भएका मृतककी बहिनी गिता यादवले बताइन्।

घाइते दाइको बर्दिया अस्पतालमा उपचार सम्भव नभएपछि नेपालगन्ज लगिएको थियो। त्यसपछि थप उपचारको लागि भारतको लखनउ पुर्‍याएको उनले जनाइन्।

मृतकका आफन्तले आइतबार साँझ जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिइसकेको जनाएका छन्। यस घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दिया गुलरियाका उपरीक्षक सुधिरराज शाहीले बताए।

यादवको पार्थिव शरीर लखनऊ अस्पताल बाट बर्दिया अस्पताल पोस्ट माटमका लागि लगिँदै

 

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?