• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • भिडियो
×
शुक्रबार, बैशाख २६, २०८२
☰
शुक्रबार, बैशाख २६, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • भिडियो

भर्खरै

अनिवार्य र निःशुल्क शिक्षामा शिक्षकको अभावको गुनासो

नगर प्रहरीलाई प्रधानमन्त्रीको आग्रह- तपाईंहरूलाई देखेर जनता आतंकित हुन भएन

पास भएका विद्यार्थी जब मौका परीक्षाको फारम भर्न पुगे

स्थानिय युवाको प्रयास: विरामीलाई अस्पताल पुर्‍याउन टोलटोलमा स्टेचर वितरण

रास्वपाका २ उपसभापतिसहित ९ जना नेतालाई पक्राउको माग गर्दै युवराज सफलले प्रहरीमा दिए जाहेरी

म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना

भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी

चुनावका लागि दुई करोड मतपत्र छाप्ने निर्वाचन आयोगको तयारी

एमालेले तय गर्‍यो उम्मेदवार छनौटका ६ वटा मापदण्ड

लोकप्रिय समाचार

जनै र डोरा किन लगाउने ?


  •   सोमबार, भदौ ०३, २०८१ मा प्रकाशित
  • जनै र डोरा किन लगाउने ?

    Advertisement

    प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा अर्थात् ऋषि तर्पणी पर्वको अलग्गै महत्त्व छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । घर घरमा पनि पूजा आराधना गरेर रक्षा बन्धन गर्छन् । वास्तवमा जनै लगाउने नलगाउने जोसुकैको लागि जनै पूर्णिमा भन्ने गरिन्छ । तर नेवार समुदायले जनै पूर्णिमा भन्दैनन् । उनीहरूले विशेष गरी क्वाँटी पूर्णिमा भन्छन् ।

    जनै पूर्णिमामा ऋषिहरूको पूजा गरिन्छ । ऋषि भनेको रिसर्चर हुन् । ऋषिहरूले बाँच्नको लागि हाम्रो शास्त्रहरूलाई आधार मानेर विभिन्न विधिहरू तयार गरेका छन् । वेद, कर्मकाण्ड ऋषिहरूले नै लेखेका हुन् । कष्यभ, विश्वामित्र, अत्रि, गौतम, भारद्वाज, वाशिष्ठलगायतका ऋषिहरूको पूजा हुन्छ । ब्राह्मण, क्षेत्री, बैष्य र शूद्र गरेर चार वर्णका व्यक्तिहरू भए पनि सबैले जनै लगाउँदैनन्

    बाहुन र क्षेत्री बाहेक अरूले जनै नै लगाउँदैनन् । गिरि, क्षत्री वर्गमा पर्नेहरू प्रायजसोले जनै लगाउँदैनन् । हिजोआज त ८० प्रतिशत बाहुनले जनै लगाउँदैनन् । किनभने हामीले जनैको महत्त्व बुझाउन सकेका छैनौँ । हाम्रो सबैभन्दा ठुलो मन्त्र गायत्री मन्त्र त्यसको महत्वको बारेमा बुझाउन सकेनौ । त्यो कमजोरी हाम्रो हो । ऋषिहरूले धेरै शास्त्र छाडेर गएकाले त्यसलाई सम्झना मात्र गर्न सके राम्रो हुन्छ ।
    डोरा लगाउने भन्दैमा पसलबाट किनेर लगाउँदैमा हुँदैन । त्यसका लागि रुद्री गर्नुपर्छ, शिवजीको रुद्री गरिन्छ, मन्त्र पढिन्छ । त्यसपछि मात्र डोरोलाई प्रसादको रूपमा लिने हो । तर अहिले बिहान ३ बजे मन्दिरमा कोही मान्छे पुग्छ, बाहुनको वस्त्र लगाएको जुनसुकै जातको व्यक्तिसँग डोरा बानिन्छ । कसैलाई मतलब छैन । वस्त्रमा लगाउँदैमा बाहुन भइँदैन सङ्कल्प पनि गर्न जान्नुपर्छ । ३ बजे मन्दिरमा जान्छ न मुख धुन्छ, न नुहाउँछ त्यस्ता मान्छे गएर दिनभर डोरा बानेर बस्छ । त्यो डोराको के महत्त्व हुन्छ । तपाईँको आफ्नो बाहुन छ, घरमा आउँछ भने डोरा लगाउनु नत्र नलगाए पनि हुन्छ ।

    कुरा यत्ति हो हामीले जनै सधैँ लगाउनुपर्छ । ऋषिको पूजा गर्दा दाँयापट्टी र पितृको पूजा गर्दा बायाँ पट्टी लगाउनुपर्छ । जनै पूर्णिमामा बाँधेको डोर लक्ष्मी पूजाको दिन गाईको पुच्छरमा बाँध्ने चलन छ । ऋषिहरूले के पत्ता लगाएको थियो भने गाइभन्दा असल प्राणी मनुष्यको लागि कोही पनि छैन भन्ने हिसाबले नै गाईको पुच्छरमा बाँध्नु भनेको हो । जसका कारण हामी स्वर्ग पुग्छौ, गाईले स्वर्ग लान्छ भन्ने मान्यता छ ।

    जनै लगाउने र नलगाउनेबिच केही भिन्नता हुन्छ । जनै लगाउने तागाधारीहरू र नलगाउनेहरूको खानपान एकदमै फरक हुन्छ । जनै लगाउनेहरूमा कब्जियतका सङ्केतहरू बढी हुन्छन् । पुरुषहरूको भित्री आँखामा जनै पूर्णिमाको महत्वलाई नबुझेर अहिले आपराधिक घटना बढेको छन् । जनै लगाउने भनेको उपनयन गरेपछि हो । उपनयन भनेको भित्री आँखा हो । भित्री आँखा भनेको यो गर्न हुने–नहुने भन्ने छुट्याउनु हो ।

    जनै फेर्ने भनेर जनै शब्द आयो । पूर्णिमा तिथिमा मनाउने पर्व भएको भएर पूर्णिमा भन्ने शब्द आयो । यसमा पनि रक्षा बन्धन, रक्षा सूत्र भन्ने हुन्छ । रक्षा सूत्र धार्मिक पद्धति हो । रक्षा सूत्रसँग रक्षा बन्धन जोडिने भएकाले यसको विशिष्ट मान्यता छ । पौराणिक कालसँग जोडेर हेर्ने हो भने इन्द्र इन्द्रायणी, वृहस्पति ग्रहले रक्षा सूत्रलाई जगाएर इन्द्रायणीमार्फत अलग्गै व्याख्या गरेको छ । इन्द्र लगाएर युद्ध जितेको हुनाले श्रीमतीलाई रक्षा सूत्र लगाएर काममा पठाउने भन्ने अर्थमा रहेको मानिन्छ । पछिल्लो समय यमुना यमराजसँग जोडिएर बहिनीले दाजुलाई दाजुले बहिनीलाई रक्षा सूत्र लगाएपछि यसले राम्रो गर्छ भन्ने धार्मिक मान्यता छ ।

    कतिपय अवस्थामा विश्वासको कुरा पनि हुन्छ । म रक्षा सूत्रमा बाँधिएको छु, म युद्ध लड्न योग्य छु भन्ने विश्वास हुन्छ । रक्षा सूत्रले राम्रो गर्छ भन्ने आत्मबल पनि बढाउँछ । मैले रक्षा बन्धन बाँधेको छु, म सुरक्षित छु भन्ने आत्मबल बढ्छ । र हाम्रो पहिचान पनि हो यो । हामी हिन्दु भनेर भन्छौँ तर यसो हेर्दा पनि पहिचान चाहिँ केही पनि छैन ।

    अहिले रक्षाबन्धनको समयमा घरमा बेसारले भिजाएको डोरो भन्दा बजारबाट किनेर ल्याए सजिलो हुन्छ भनेर सजिलोको लागि बजारबाट किनेको राखीको प्रयोग गरिन्छ । तर त्यो बजारबाट ल्याएको राखिलाई पनि विधि पुर्‍याएर मन्त्र पढेर लगाउने हो भने राम्रो हुन्छ ।

    हुन त सनातनकै पद्धति हो । यमुनाले यमराजलाई लगाएको भनेर सुरु भएको हो । सबै धार्मिक पद्धति नै हो तर कतिपय पद्धतिहरू कुनै ठाउँमा धेरै मानिन्छ कुनै ठाउँमा मानिदैँन । नेपालको कुरा गर्ने हो भने बाहुनले घर घरमा आएर डोरो बान्ने चलन बढी थियो, अहिले पछिल्लो समयमा राखी बान्ने भारतबाट चलन आएको छ । यसलाई त्यति ठुलो विकृति भन्न मिल्दैन । डोरो बान्ने चलन वर्तमान समयमा आएर राखीमा परिणत भएको हो ।

    जनैपूर्णिमाको दिन क्वाँटी खाने चलन पनि छ । नेपाल कृषिप्रधान देश हो, यहाँ दिनभर काम गरेर हाम्रो शरीर कमजोर भएको हुन्छ । क्वाँटीमा धेरै थरीका गेडागुडी भएकाले प्रोटिनहरू बढी हुन्छ । त्यसले हाम्रो शरीरमा ऊर्जा जगाउने काम गर्छ । असार, साउनका काम गरेको सबै थकान कम गर्नको लागि पनि क्वाँटी खानु राम्रो हुन्छ । यो एकदमै राम्रो पद्धति हो । जनैपूर्णिमा मात्र होइन, हामीले मान्ने सबै प्रकारको चाडपर्वमा राम्रा वैज्ञानिक आधारसहितका पद्धतिहरू रहेका छन् ।

    सोमबार, भदौ ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पोखरा भ्रमण वर्ष २०२५: २० लाख पर्यटक भित्र्याउने लक्ष्य
    जनकपुर-सर्लाही बस दुर्घटनामा ६ घाइते, उपचार जारी
    सामाजिक सञ्जाल विधेयक २०८१: प्रमुख प्रावधान र प्रभाव
    अस्पतालले बिमा रकमको ६५ प्रतिशत औषधि र उपकरणमा खर्च गर्नुपर्ने
    १० दिनदेखि नियन्त्रणमा आउन नसकेको मनाङको जंगल डढेलो
    पर्यटकको आकर्षण: ‘तुवाचुङ मिनी ग्रेटवाल’

    लोकप्रिय

    भर्खरै

    • १.
      पोखरा भ्रमण वर्ष २०२५: २० लाख पर्यटक भित्र्याउने लक्ष्य

    • २.
      स्वस्थ शहरको परिकल्पना: हेल्दी सिटी अभियानतर्फ अग्रसरता

    • ३.
      जनकपुर-सर्लाही बस दुर्घटनामा ६ घाइते, उपचार जारी

    • ४.
      सामाजिक सञ्जाल विधेयक २०८१: प्रमुख प्रावधान र प्रभाव

    • ५.
      किसानका उत्पादन खेर जाने समस्या: शीतभण्डारको अभाव र क्यालेन्डर व्यवस्थापनको कमी

    • ६.
      अस्पतालले बिमा रकमको ६५ प्रतिशत औषधि र उपकरणमा खर्च गर्नुपर्ने

    • ७.
      १० दिनदेखि नियन्त्रणमा आउन नसकेको मनाङको जंगल डढेलो

    • ८.
      नेपाल पुलिस क्लबले रामपुर भलिबल कपको उपाधि जित्यो

    हाम्रो टिम

    अध्यक्ष : योगेश नारायण चपाई

    सम्पादक : कृष्ण बहादुर राना

    पत्रकार : सन्तोष तामाङ

    पत्रकार : धन बहादुर कार्की

    सामाजिक संजालमा हामी

    सम्पर्क

    Address : Kathmandu Nepal

    Phone No : +977 9848005532

    सूचना बिभाग दर्ता न. : 2596 /077-078

    Mail : info@rastriyasanchar.com

    Quick Links

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    Copyright ©2025 Rastriya Sanchar | All rights Reserved.
     Website By :  nwTech.