• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • भिडियो
×
सोमबार, भदौ ३०, २०८२
☰
सोमबार, भदौ ३०, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • भिडियो

भर्खरै

अनिवार्य र निःशुल्क शिक्षामा शिक्षकको अभावको गुनासो

नगर प्रहरीलाई प्रधानमन्त्रीको आग्रह- तपाईंहरूलाई देखेर जनता आतंकित हुन भएन

पास भएका विद्यार्थी जब मौका परीक्षाको फारम भर्न पुगे

स्थानिय युवाको प्रयास: विरामीलाई अस्पताल पुर्‍याउन टोलटोलमा स्टेचर वितरण

रास्वपाका २ उपसभापतिसहित ९ जना नेतालाई पक्राउको माग गर्दै युवराज सफलले प्रहरीमा दिए जाहेरी

म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना

भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी

चुनावका लागि दुई करोड मतपत्र छाप्ने निर्वाचन आयोगको तयारी

एमालेले तय गर्‍यो उम्मेदवार छनौटका ६ वटा मापदण्ड

लोकप्रिय समाचार

  • १. भ्रष्टाचारविरुद्धको आन्दोलन : आशा, विनाश र पुनर्निर्माण – भिम बहादुर कार्की

भ्रष्टाचारविरुद्धको आन्दोलन : आशा, विनाश र पुनर्निर्माण – भिम बहादुर कार्की


  •   सोमबार, भदौ ३०, २०८२ मा प्रकाशित
  • काठमाडौं। विगत लामो समयदेखी सबै नेपालीले भन्दै आइरहेको कुरा हो नेपाल भ्रष्टचारले सकाइसक्यो अचम्मको कुरा त के थियो भने जनता जसलाई तिमिहरुले भ्रष्टचार गर्यौ  भनरे भनिरहेका थिय उनिहरुनै भनिरहेका थिय भ्रष्‌टचार ले नै हाम्रो देश अघि बढ्न सकिरहेको छैन ।  तर देश चलिरहे‌कै थियो हाम्रो काम चलिरहेकै थियो हामी काम गरिरहेकै थियौ । तर आकस्मत सरकारले सामाजिक  सञ्जाल बन्द गर्ने निर्णय गर्यो व्यक्तिगत रूपमा भन्दा हाम्रो ८०% व्यावसाय तेहि सञ्जालबाट चल्ने भएकाले हाम्रा कार्यालय करिब करिब बन्द जस्तै भए र अन्योलताले ढाक्यो अब के गर्ने,  हामी संग जोडिएका यति धेरै साथिहरुको रोजगारी के हुन्छ भन्दै हामि नयाँ विकल्पको खोजी गर्न तर्फ लाग्यो . लगतै त्यही साझ, एक जना साथिले फोन  गरे भ्रष्टचार बेतिथिको अन्त्य र सामाजीक संजाल बन्दको बिरोधमा हाम्रो उमरे समुहले जस‌लाई gen-z  भनिन्छ एउटा वृहत आन्दोलनको तयारी गर्दैछ हामी के गर्न जाने कि नजाने । व्यक्तिगत रूपमा भन्नुपर्दा म हतपत आन्दोलनमा सहभागी हुदैन र काम‌को कारण जाने समयपनी मिल्दैन । तर यसपटक भने कम्पनि वन्द जस्तै, देशको मुख्य मुद्दा र आफ्नै उमरे समुहले स्वतस्फुर्त गर्ने आन्दोलन भनेपछि हामीपनी सहभागी हुने निर्णय गरियो र पहिलो दिन हुने आन्दोलनमा  सहभागी हुन हामी माइतिघर पुग्यौ . 

    Advertisement

    Nepal Gen Z outcry: Top 10 youth-led protests that made headlines worldwide - India Today

    अवस्था सामान्य नै थियो जताततै  नेपालको झण्डा फहराई रहेको  थियो सबै युवाहरु र भ्रष्टचार विरुद्ध‌को  एकबद्धता जसले त्यो आन्दोलनमा सहभागी हुन थप प्रेरणा दियो । अनि हामिपनि नारा लगाउदै माइतीघरबाट संसद भवनतर्क अगाडी बढ्‌यौ । मलाइ आकलन त थियो केहि न केहि नराम्रो चाही हुन्छ किनभने सबै युवाहरु र त्यसैको विचमा केही उत्श्रृंखल व्यावहार भएका व्यक्ति पनि थिए जसले भिडलाई अझ जोरले अगाडी बढ्न उक्साइरहेका  थिय तर मलाई आशा के थियो भने यत्रो आन्दोलन भैरहेको छ राज्यले सुरक्षाको राम्रो प्रवन्ध मिलाएको हुनुपर्छ। भिड अगाडी बडीरहेको थियो साथिहरु  थप हुदै थिए आन्दोलन अझ बृहत् हुदै गयो र सुर‌क्षाको पहिलो घेरा तोडेरे युवाहरु संसद् भवनतर्क अगाडी वढे मैले त्यो दिन देखे राज्यको सुर‌क्षा प्रणाली यति  कमजोर रहेछ  न कुनै भरपर्दो सुरक्षा साधन न पर्याप्त जनशक्ति। लगतै युवाहरु संसद भवनको पर्खाल चढे र कहि युवाहरु गेट माथि चढे  र गोली चल्यो। त्यसपछी आन्दोलन थप चर्कियो जतात‌तै  अश्रुग्यास र छेवैमा  साथिहरु गोली लागेर ढलेको पनि देखीयो र आन्दोलन  रक्तपात सहितको रणमैदान बन्यो र केही क्षण सबै तितर बितर भए र  तेतिन्जेल सम्म ५ जनाको ज्यान गहिसकेको थियो। 

    Protesters on violent Gen Z protests in Nepal - The Hindu

    र मलाई आकलन भैसकेको थियो अब सकियो अब राज्य‌ले सहि निर्णय लिन सकेन भने जताततै आगो हुनेछ  देश सकिनेछ। त्यही आकलन गर्दै व्यक्तिगत कामले हामी चितवन गयौ । सबैको फोन आइरहेको थियो आन्दोलन‌मा नजानु है र अगाडी नबढ्नु  भिडभाड‌मा ज्यान जोगाउनु नै उत्तम हुन्छ । मलाई लागेको थियो अब सरकार झुक्नेछ र राज्य सम्हाल्ने गरी केही निर्णय गर्नेछ तर भयो उल्टो राज्यले आफ्‌नो हठ छोडेन अझ आन्दोलन उक्साउने खालका बोली र निर्णय बाहीर आउन थाल्यो अनि पछिल्लो दिन देशमा आगो बहन थाल्यो । त्यो दिन थाहा भयो एउटा नेतृत्वको घमण्डले देश रातारात कसरी खरानी बनाइदिन्छ अनी सकियो हाम्रो सर्विभौम संसद् भवन, न्यायलय, इतिहास बोकेको को सिंहदरबार, के-के हो के-के करिब करिब सबै सकियो एउटा इतिहास सकियो । पछिल्लो दिन ५ बजेतिर काठ‌माडौँ आइ‌पुगियो काठमाडौँ जलिरहे‌को थियो। आकाशमा धुवै धुवा सडकमा भत्केको घर सबै खण्डहर भैसकको थियो । यस्तो लाग्यो म सिरियाको वास्तवितामा आधारित कुनै चलचित्र हेरिरहेको छु र  त्यो फिल्मको एक पात्र म पनि हु । जो न हिरो थियो न भिलेन ।

    Nepal GenZ Protests Live: MEA urges Indians to defer travel to Nepal, issues advisory - The Times of India

    जताततै लुटपाट, आफै प्रहरी आफै सेना थाहा छैन ति हाम्रो Gen-z का कति थिए थिएनन तर जो सुकै हुन् व्यावसायीक भवनमा तोडफोड गर्न सर्वसाधरणको व्यक्तिगत सम्पतिमा आक्रमण गर्ने ति सबै अपराधि थिए । म सोची रहेको थिए संसद भवनको अगाडी गोलि खाने साथिहरू भन्दा काश यिनीहरुको छातिमा गोली लागेको भए देश केहि शान्त हुन्यो कि । मन रोहि रहेको थियो यो के भयो अब के हुन्छ हाम्रो भविष्य ? देश बनाउने भनेर राज्यसँग लड्न हिँडेको हामी युवाले देश नै खरानी बनाइदियो ! कानुनी शासन हुनुपर्छ भनेरे आन्दोलन गरेको युवाले कानुन‌लाई नै खुट्टाले कुल्चिएर मारिदियौ !     रोजगार चाहियो भनेरे हिनेको  युवाले रोजगार दिने संस्था जलाएर भस्म बनाइदियो !  बिनाश जो सुकैले गरेको होस तर आरोपबाट यो पुस्ता कदापी उम्कन पाउनेछैन ।

    खएर जे होस त्यो आन्दोलनले भ्रष्ट भनिएको सरकार ढलेको छ र सबै संसदको  जनताले दिएको अधिकार खोसिएको छ नया सरकार बनेको छ एक प्रथम महिला प्रधानमन्त्रि पाएको छ  देशले तर मलाई अझै शंका छ ? कुनै वेला राजा आएपछि देश बन्छ भनेर अहिले राजाकै शासन ठिक थियो भने जस्तो ! माओवादी आन्दोलन पछि देश सिंगपुर वन्छ भनेर अहिले उनिहरुलाई नै लखेटे जस्तो ! पछि गएर बरु तिनै नेता ठिक थिए तेहि व्यवस्था ठिक थियो भन्ने दिन आउने त हैन ?

     म फेरी  काममा फर्किएको छु र अब कतै जाने फुर्सद पनि हुनेछैन  म आफ्नै काममा लागिरहेको छु  र आशा गरिरहेको छु अब देशले असल नेतृत्व पाउनेछ, विकाश हुनेछ, सुशासन फर्किने छ, पुननिर्माण संगै देश नयाँ युगमा प्रवेस गर्नेछ । म बिश्वसामु एक इज्जतदार नेपाली भएर बाच्न पाउनेछु / भ्रष्टचारको अन्त्य हुनेछ र फेरी बन्ने‌छन सिंहदरबार, न्यायलय र भत्केका सम्पूर्ण सरचना म आफ्नो तर्फबाट देश पुननिर्माणमा  गर्न सक्ने सहयोग  गरिरहने छु ।

     

    – भिम बहादुर कार्की, युवा व्यवसायी हुन् ।

    • bhim bahadur karki
    • gen-z
    • rastriya sanchar
    सोमबार, भदौ ३०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    यु–१६ क्रिकेट : सात उत्कृष्ट खेलाडीलाई ग्रेस इन्टरनेशनलको छात्रवृत्ति
    पोखरा भ्रमण वर्ष २०२५: २० लाख पर्यटक भित्र्याउने लक्ष्य
    जनकपुर-सर्लाही बस दुर्घटनामा ६ घाइते, उपचार जारी
    सामाजिक सञ्जाल विधेयक २०८१: प्रमुख प्रावधान र प्रभाव
    किसानका उत्पादन खेर जाने समस्या: शीतभण्डारको अभाव र क्यालेन्डर व्यवस्थापनको कमी
    अस्पतालले बिमा रकमको ६५ प्रतिशत औषधि र उपकरणमा खर्च गर्नुपर्ने

    लोकप्रिय

    • १.
      भ्रष्टाचारविरुद्धको आन्दोलन : आशा, विनाश र पुनर्निर्माण

    भर्खरै

    • १.
      भ्रष्टाचारविरुद्धको आन्दोलन : आशा, विनाश र पुनर्निर्माण – भिम बहादुर कार्की

    • २.
      श्री बिश्वकाली आधारभूत विद्यालयमा पोशाक वितरण कार्यक्रम सम्पन्न

    • ३.
      यु–१६ क्रिकेट : सात उत्कृष्ट खेलाडीलाई ग्रेस इन्टरनेशनलको छात्रवृत्ति

    • ४.
      पोखरा भ्रमण वर्ष २०२५: २० लाख पर्यटक भित्र्याउने लक्ष्य

    • ५.
      स्वस्थ शहरको परिकल्पना: हेल्दी सिटी अभियानतर्फ अग्रसरता

    • ६.
      जनकपुर-सर्लाही बस दुर्घटनामा ६ घाइते, उपचार जारी

    • ७.
      सामाजिक सञ्जाल विधेयक २०८१: प्रमुख प्रावधान र प्रभाव

    • ८.
      किसानका उत्पादन खेर जाने समस्या: शीतभण्डारको अभाव र क्यालेन्डर व्यवस्थापनको कमी

    हाम्रो टिम

    अध्यक्ष : योगेश नारायण चपाई

    सम्पादक : कृष्ण बहादुर राना

    पत्रकार : सन्तोष तामाङ

    पत्रकार : धन बहादुर कार्की

    सामाजिक संजालमा हामी

    सम्पर्क

    Address : Kathmandu Nepal

    Phone No : +977 9848005532

    सूचना बिभाग दर्ता न. : 2596 /077-078

    Mail : info@rastriyasanchar.com

    Quick Links

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    Copyright ©2025 Rastriya Sanchar | All rights Reserved.
     Website By :  nwTech.