• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • भिडियो
×
बुधबार, असार १८, २०८२
☰
बुधबार, असार १८, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • भिडियो

भर्खरै

अनिवार्य र निःशुल्क शिक्षामा शिक्षकको अभावको गुनासो

नगर प्रहरीलाई प्रधानमन्त्रीको आग्रह- तपाईंहरूलाई देखेर जनता आतंकित हुन भएन

पास भएका विद्यार्थी जब मौका परीक्षाको फारम भर्न पुगे

स्थानिय युवाको प्रयास: विरामीलाई अस्पताल पुर्‍याउन टोलटोलमा स्टेचर वितरण

रास्वपाका २ उपसभापतिसहित ९ जना नेतालाई पक्राउको माग गर्दै युवराज सफलले प्रहरीमा दिए जाहेरी

म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना

भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी

चुनावका लागि दुई करोड मतपत्र छाप्ने निर्वाचन आयोगको तयारी

एमालेले तय गर्‍यो उम्मेदवार छनौटका ६ वटा मापदण्ड

लोकप्रिय समाचार

श्री बिश्वकाली आधारभूत विद्यालयमा पोशाक वितरण कार्यक्रम सम्पन्न


  •   बुधबार, असार १८, २०८२ मा प्रकाशित
  •  

    Advertisement

    बिरेन्द्रनगर नगरपालिका–१६, सानिलेखस्थित श्री बिश्वकाली आधारभूत विद्यालयमा एक विशेष कार्यक्रमका साथ आज विद्यालयमा अध्ययनरत कक्षा १ देखि ८ सम्मका ४८ जना विद्यार्थीहरूलाई विद्यालय पोशाक वितरण गरिएको छ।

    उक्त कार्यक्रम बि.न.पा–१६ का सक्रिय युवा समाजसेवी धर्मराज लामिछानेको व्यक्तिगत पहल र आर्थिक स्रोतबाट सम्पन्न भएको हो। पोशाक वितरणको घोषणा यसअघि मिति २०८२ साल बैशाख १६ गते, उहाँकै जन्मदिनको अवसरमा सार्वजनिक रूपमा गरिएको थियो।

    कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष गंगाप्रसाद लामिछाने, शिक्षक–अभिभावक सङ्घ अध्यक्ष बुद्धिप्रसाद ज्ञावली, विद्यालयका निमित्त प्रधानाध्यापक चतुर्भुज शाही, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष, विद्यालयका सम्पूर्ण शिक्षक–शिक्षिका, विद्यार्थीका अभिभावक तथा स्थानीय बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    कार्यक्रमको उद्घाटन गर्दै विद्यालय व्यवस्थापन समिति अध्यक्ष गंगाप्रसाद लामिछानेले भन्नुभयो,
    “समाजसेवामा युवाको अग्रसरता सधैं प्रेरणादायी हुन्छ। धर्मराज लामिछानेजस्तो व्यक्तित्वहरूले गरेका कामले विद्यालय र समाज दुवैलाई ऊर्जा मिल्छ।”

    त्यसैगरी, शिक्षक–अभिभावक सङ्घ अध्यक्ष बुद्धिप्रसाद ज्ञावलीले भन्नुभयो,
    “आजको दिन शिक्षाको क्षेत्रमा योगदान दिइएको ऐतिहासिक क्षण हो। यसले विद्यार्थीहरूलाई आत्मबल बढाउनेछ।”

    निमित्त प्रधानाध्यापक चतुर्भुज शाहीले कार्यक्रमको प्रमुख उद्देश्यलाई उजागर गर्दै भने,
    “विद्यार्थीहरूका लागि पोशाक मात्र होइन, उहाँको यो सहयोग प्रेरणा, आत्मविश्वास र लगनशीलताको प्रतीक हो।”

    कार्यक्रमका अन्य वक्ताहरूले पनि धर्मराज लामिछानेको सामाजिक योगदानप्रति कृतज्ञता व्यक्त गर्दै जन्मदिनको अवसरमा यस्ता सकारात्मक क्रियाकलापले समाज रूपान्तरणमा थप योगदान पुर्‍याउने उल्लेख गरे।

    धर्मराज लामिछाने यसअघि पनि विविध सामाजिक कार्यहरूमा सक्रिय रहँदै आएका छन्। हावाहुरीले क्षति पुर्‍याएको श्री सरस्वती प्राथमिक विद्यालयको छाना मर्मत, भिउचुलादेखि सुर्खेतसम्म पहिरोले अवरुद्ध भएको बाटो खुलाउने अभियान, स्थानीय युवाहरूलाई समन्वय गर्दै डोजर व्यवस्थापन, तथा आकस्मिक अवस्थाका लागि स्वास्थ्य सुरक्षासम्बन्धी सामग्री—जस्तै स्टेचर—वितरण कार्यहरू उहाँकै पहलमा सम्पन्न भएका हुन्।

    उहाँले कार्यक्रममा बोल्दै भन्नुभयो,
    “शिक्षा क्षेत्रमा सानो सहयोगबाट पनि ठूलो परिवर्तन ल्याउन सकिन्छ भन्ने विश्वास राख्दछु। म मेरो सामर्थ्यअनुसार बिरेन्द्रनगर–१६ भित्र यस्ता सामाजिक उत्तरदायित्वका कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता गर्दछु।”

    कार्यक्रमको समापनमा उहाँले विद्यालय परिवारप्रति आभार प्रकट गर्दै विद्यार्थीहरूको उज्ज्वल भविष्यका लागि शुभकामना व्यक्त गर्नुभयो।

    बुधबार, असार १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ट्रम्पका कार्यकारी आदेश र साधारण मानिसहरूमा पर्ने प्रभाव
    नगर प्रहरीलाई प्रधानमन्त्रीको आग्रह- तपाईंहरूलाई देखेर जनता आतंकित हुन भएन
    पास भएका विद्यार्थी जब मौका परीक्षाको फारम भर्न पुगे
    स्थानिय युवाको प्रयास: विरामीलाई अस्पताल पुर्‍याउन टोलटोलमा स्टेचर वितरण
    रास्वपाका २ उपसभापतिसहित ९ जना नेतालाई पक्राउको माग गर्दै युवराज सफलले प्रहरीमा दिए जाहेरी
    म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना

    लोकप्रिय

    • १.
      श्री बिश्वकाली आधारभूत विद्यालयमा पोशाक वितरण कार्यक्रम

    भर्खरै

    • १.
      श्री बिश्वकाली आधारभूत विद्यालयमा पोशाक वितरण कार्यक्रम सम्पन्न

    • २.
      यु–१६ क्रिकेट : सात उत्कृष्ट खेलाडीलाई ग्रेस इन्टरनेशनलको छात्रवृत्ति

    • ३.
      पोखरा भ्रमण वर्ष २०२५: २० लाख पर्यटक भित्र्याउने लक्ष्य

    • ४.
      स्वस्थ शहरको परिकल्पना: हेल्दी सिटी अभियानतर्फ अग्रसरता

    • ५.
      जनकपुर-सर्लाही बस दुर्घटनामा ६ घाइते, उपचार जारी

    • ६.
      सामाजिक सञ्जाल विधेयक २०८१: प्रमुख प्रावधान र प्रभाव

    • ७.
      किसानका उत्पादन खेर जाने समस्या: शीतभण्डारको अभाव र क्यालेन्डर व्यवस्थापनको कमी

    • ८.
      अस्पतालले बिमा रकमको ६५ प्रतिशत औषधि र उपकरणमा खर्च गर्नुपर्ने

    हाम्रो टिम

    अध्यक्ष : योगेश नारायण चपाई

    सम्पादक : कृष्ण बहादुर राना

    पत्रकार : सन्तोष तामाङ

    पत्रकार : धन बहादुर कार्की

    सामाजिक संजालमा हामी

    सम्पर्क

    Address : Kathmandu Nepal

    Phone No : +977 9848005532

    सूचना बिभाग दर्ता न. : 2596 /077-078

    Mail : info@rastriyasanchar.com

    Quick Links

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    Copyright ©2025 Rastriya Sanchar | All rights Reserved.
     Website By :  nwTech.