• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • भिडियो
×
सोमबार, बैशाख २९, २०८२
☰
सोमबार, बैशाख २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • भिडियो

भर्खरै

अनिवार्य र निःशुल्क शिक्षामा शिक्षकको अभावको गुनासो

नगर प्रहरीलाई प्रधानमन्त्रीको आग्रह- तपाईंहरूलाई देखेर जनता आतंकित हुन भएन

पास भएका विद्यार्थी जब मौका परीक्षाको फारम भर्न पुगे

स्थानिय युवाको प्रयास: विरामीलाई अस्पताल पुर्‍याउन टोलटोलमा स्टेचर वितरण

रास्वपाका २ उपसभापतिसहित ९ जना नेतालाई पक्राउको माग गर्दै युवराज सफलले प्रहरीमा दिए जाहेरी

म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना

भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी

चुनावका लागि दुई करोड मतपत्र छाप्ने निर्वाचन आयोगको तयारी

एमालेले तय गर्‍यो उम्मेदवार छनौटका ६ वटा मापदण्ड

लोकप्रिय समाचार

स्थानिय युवाको प्रयास: विरामीलाई अस्पताल पुर्‍याउन टोलटोलमा स्टेचर वितरण


  •   सोमबार, मङि्सर १७, २०८१ मा प्रकाशित
  • वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १६ का गाउँबस्तीसम्म पुग्ने सडक पूर्वाधार अवस्था कमजोर छ । ग्रामिण सडक पुगेपनि गाउँगाउँसम्म सवारी साधन पुग्न भने अझै सकेका छैनन् । यहाँका स्थानीयहरु विरामी हुँदा समेत तत्काल एम्बुलेन्स सेवा पाउँदैनन् । यसले विशेषगरी सुत्केरी महिलाहरुलाई प्रत्यक्ष असर पर्दै आएको छ ।

    Advertisement

    वीरेन्द्रनगर १६ मा ९ वटा टोलहरु छन् । अधिकाँस टोलहरुमा विरामीलाई हस्पिटलसम्म लैजान स्टेचरकै भर पर्नुपर्ने अवस्था छ । पर्याप्त स्टेचर नहुँदा कतिपय विरामीहरुलाई अस्पतालसम्म लैजान पनि समस्या हुँदै आएको छ । यहि समस्यालाई समाधान गर्न का लागि स्थानीय युवा धर्म राज लामिछानेकाे अग्रसरता मा यतिबेला युवाहरुले सहयोग उठाएर टोलटोलमा स्टेचर प्रदान गरेका छन् ।

    सोमबार वडाका नौ ओटा टोल र स्वास्थ्यचौकीमा गरी १० ओटा स्टेचर प्रदान गरिएको छ । स्टेचर सहयोग गर्नेमा वीरेन्द्रनगर १६ का याम बहादुर रास्कोटी, देवीलाल खराल, धर्मराज लामिछाने, टिकाराम राना, वीरेन्द्रनगर १० का प्रकाश कुमार शाही, वीरेन्द्रनगर ४ का विशाल हमाल, वीरेन्द्रनगर १० का मिलन भण्डारी, वीरेन्द्रनगर ११ का योगेश नारायाण चपाईँ, सनम शर्मा र हुम्लाको सर्केगाड २ का धन बहादुर कार्की रहेका छन् ।

    स्थानीय युवाहरुको पहलमा विभिन्न युवाहरुको सहयोगमा भएको स्टेचर वितरणले गाउँमा विरामी हुँदा स्वास्थ्यचौकीसम्म लैजान सहयोग पुग्ने अपेक्षा गरिएको छ । कर्णाली प्रदेशको राजधानीमा पर्ने वडा भएपनि यो वडा अझै विकासका दृष्टिकोणले पछाडी परेको छ । सुत्केरी र विरामीलाई डोकोमा बोक्नपर्ने अवस्थाको अन्त्य गर्न स्टेचर वितरण गरिएको र यसमा स्थानीय सरकारको पनि ध्यानाकर्षण होस भन्ने अपेक्षा गरेको सहयोगी युवाहरुले बताएका छन् ।

    टोलटोलमा स्टेचर वितरण भएसँगै स्थानीय नागरिकहरुले समेत खुसी व्यक्त गरेका छन् । विरामीलाई हस्पिटलमा समयमै लिन नसक्दा धेरैको ज्यान जाने गरेको सम्झदै स्टेचरले स्वस्थ्यचौकीसम्म लैजान मदत पुग्ने स्थानीयले बताएका छन् । साथै युवाहरुलाई आगामी दिनमा गाउँघरसम्म एम्बुलेन्स सेवासम्म ल्याउनका लागी पहल गर्न समेत अनुरोध गरेका छन् ।

    कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधि, जनप्रनिधि, टोल विकासका अगुवाहरु, महिला स्वंयमसेविका लगायतका स्थानीयहरुको उपस्थिती रहेको थियो ।

    सोमबार, मङि्सर १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पोखरा भ्रमण वर्ष २०२५: २० लाख पर्यटक भित्र्याउने लक्ष्य
    स्वस्थ शहरको परिकल्पना: हेल्दी सिटी अभियानतर्फ अग्रसरता
    जनकपुर-सर्लाही बस दुर्घटनामा ६ घाइते, उपचार जारी
    सामाजिक सञ्जाल विधेयक २०८१: प्रमुख प्रावधान र प्रभाव
    किसानका उत्पादन खेर जाने समस्या: शीतभण्डारको अभाव र क्यालेन्डर व्यवस्थापनको कमी
    अस्पतालले बिमा रकमको ६५ प्रतिशत औषधि र उपकरणमा खर्च गर्नुपर्ने

    लोकप्रिय

    भर्खरै

    • १.
      पोखरा भ्रमण वर्ष २०२५: २० लाख पर्यटक भित्र्याउने लक्ष्य

    • २.
      स्वस्थ शहरको परिकल्पना: हेल्दी सिटी अभियानतर्फ अग्रसरता

    • ३.
      जनकपुर-सर्लाही बस दुर्घटनामा ६ घाइते, उपचार जारी

    • ४.
      सामाजिक सञ्जाल विधेयक २०८१: प्रमुख प्रावधान र प्रभाव

    • ५.
      किसानका उत्पादन खेर जाने समस्या: शीतभण्डारको अभाव र क्यालेन्डर व्यवस्थापनको कमी

    • ६.
      अस्पतालले बिमा रकमको ६५ प्रतिशत औषधि र उपकरणमा खर्च गर्नुपर्ने

    • ७.
      १० दिनदेखि नियन्त्रणमा आउन नसकेको मनाङको जंगल डढेलो

    • ८.
      नेपाल पुलिस क्लबले रामपुर भलिबल कपको उपाधि जित्यो

    हाम्रो टिम

    अध्यक्ष : योगेश नारायण चपाई

    सम्पादक : कृष्ण बहादुर राना

    पत्रकार : सन्तोष तामाङ

    पत्रकार : धन बहादुर कार्की

    सामाजिक संजालमा हामी

    सम्पर्क

    Address : Kathmandu Nepal

    Phone No : +977 9848005532

    सूचना बिभाग दर्ता न. : 2596 /077-078

    Mail : info@rastriyasanchar.com

    Quick Links

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    Copyright ©2025 Rastriya Sanchar | All rights Reserved.
     Website By :  nwTech.