धार्मिक स्तल मै घिनलाग्दो हर्कत भयो यस्तो सम्म
जापानको एक धार्मिकस्थलमा यौन क्रियाकलाप गरेको आरोपमा अस्ट्रियाका एक जना ६१ वर्षीय वृद्धलाई जापानी प्रहरीले पक्राउ गरेको छ। सीएनएनको रिपोर्ट अनुसार, ती वृद्धलाई जापानकी ४० वर्षीया महिलासँगै यौन क्रियाकलाप गरिरहेको अवस्थामा पक्राउ गरिएको हो।
घटना जापानको केसेनुमा भन्ने सानो सहरमा भएको थियो, जुन टोकियोबाट करिब ५ सय किलोमिटर टाढा रहेको छ। यो सहर धार्मिक तथा सांस्कृतिक महत्त्वका कारण परिचित छ, र यही धार्मिकस्थलमा घटना भएको बताइएको छ।
गत अगस्त २२ मा उक्त धार्मिकस्थलमा यौन क्रियाकलाप गरिरहेको पाइएकोले प्रहरीले ती वृद्धलाई नियन्त्रणमा लिएको थियो। प्रहरीका अनुसार ती वृद्ध भाग्नसक्ने सम्भावना देखिएकोले नियन्त्रणमा लिइएको हो भने महिलालाई भने पक्राउ गरिएको थिएन। महिलालाई भाग्ने डर नभएकाले उनलाई छोडिएको बताइएको छ।
यो घटनापछि ती वृद्धलाई हिरासतमा राखेर अनुसन्धान गरिएको थियो, तर हाल उनी रिहा भइसकेका छन्। यस घटनामा उनीमाथि थप के कारबाही गरियो भन्नेबारेमा भने जानकारी दिइएको छैन।
स्थानीय प्रहरीका अनुसार, जापानमा यस्ता घटनाहरूमा संलग्न व्यक्तिहरूलाई देश निकाला गरिँदैन, तर जरिवाना भने हुनसक्छ। ती वृद्ध पर्यटक थिए वा त्यहाँ स्थायी रूपमा बसिरहेका थिए भन्ने स्पष्ट जानकारी सार्वजनिक गरिएको छैन।
यो घटना जापानको धार्मिकस्थलहरूमा हुने अनुचित गतिविधिहरूलाई लिएर चर्चा भइरहेको समयमा भएको हो, जसले जापानको कडा कानुनी व्यवस्था र सांस्कृतिक महत्त्व भएका स्थानहरूको सुरक्षामा विशेष ध्यानाकर्षण गराएको छ।