अमेरिकाको वाशिङटन डीसीमा एक गम्भीर दुर्घटना भएको छ, जहाँ एक विमान र हेलिकोप्टर एकअर्कासँग ठोक्किएर विष्फोट भएको छ।
घटना रोनाल्ड रेगन विमानस्थल नजिकै भएको हो। अमेरिकी एयरलाइन्सको विमानमा करिब ६० जना यात्रु सवार थिए। ठोक्किनासाथ दुई वायुयान नजिकको नदीमाथि विष्फोट भएको देखिएको छ।
यस घटनाको भिडियो सार्वजनिक भएको छ, जसमा आगोको ठूलो ज्वाला र धुवाँ देख्न सकिन्छ। उद्धारकार्यका लागि सुरक्षाकर्मी र उद्धार टोली खटिएका छन्। घटनाको विस्तृत विवरण आउन बाँकी छ।