तनहुँको व्यास नगरपालिका–१२ कमलवारीस्थित पृथ्वीराजमार्गमा शनिबार साँझ ग्यास बोकेको बुलेट दुर्घटनामा चालकको ज्यान गएको छ।
मुग्लिनबाट दमौलीतर्फ गइरहेको भारतीय नम्बर प्लेट (एचआर ५५ क्यु ४७११) भएको ग्यास बुलेट दुर्घटना हुँदा ३६ वर्षीय भारतीय नागरिक श्रीकान्त कुमारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक अशोक थापाले पुष्टि गरेका छन्।
दुर्घटनामा ग्यास बुलेटले च्यापिएर गम्भीर घाइते भएका चालकलाई तत्काल उद्धार गरी दमौली अस्पताल पुर्याइएको थियो। तर, अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घटनाको कारण अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।