• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • भिडियो
×
शुक्रबार, बैशाख २६, २०८२
☰
शुक्रबार, बैशाख २६, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • भिडियो

भर्खरै

अनिवार्य र निःशुल्क शिक्षामा शिक्षकको अभावको गुनासो

नगर प्रहरीलाई प्रधानमन्त्रीको आग्रह- तपाईंहरूलाई देखेर जनता आतंकित हुन भएन

पास भएका विद्यार्थी जब मौका परीक्षाको फारम भर्न पुगे

स्थानिय युवाको प्रयास: विरामीलाई अस्पताल पुर्‍याउन टोलटोलमा स्टेचर वितरण

रास्वपाका २ उपसभापतिसहित ९ जना नेतालाई पक्राउको माग गर्दै युवराज सफलले प्रहरीमा दिए जाहेरी

म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना

भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी

चुनावका लागि दुई करोड मतपत्र छाप्ने निर्वाचन आयोगको तयारी

एमालेले तय गर्‍यो उम्मेदवार छनौटका ६ वटा मापदण्ड

लोकप्रिय समाचार

प्रहरी मलेसिया पठाएर जीबीमाथि अनुसन्धान गर्ने तयारी, अघि बढ्यो प्रक्रिया


  •   बिहिबार, साउन ३१, २०८१ मा प्रकाशित
  • प्रहरी मलेसिया पठाएर जीबीमाथि अनुसन्धान गर्ने तयारी, अघि बढ्यो प्रक्रिया

    Advertisement

    सहकारी ठगी प्रकरणमा जोडिएका गितेन्द्रबाबु (जीबी) राईमाथि अनुसन्धान गर्न नेपाल प्रहरीको टोली मलेसिया पठाउन लागिएको छ ।

    प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई पत्राचार गर्दै नेपाल प्रहरीका दुई अधिकृत मलेसिया पठाउनेबारे सहजीकरण गरिदिन आग्रह गरेको छ ।

    यसअघि पटक–पटक प्रयास गर्दा पनि मलेसिया सरकारले जीबीलाई नेपाल फिर्ता गर्न नमानेपछि नेपाल प्रहरीको टोली नै मलेसिया पठाउन लागिएको हो । दुई प्रहरी अधिकृत मलेसिया पठाउन भन्दै गृहलाई पत्राचार गरिएको विषय प्रहरी महानिरीक्षक (आईजी) बसन्तबहादुर कुँवरले पनि पुष्टि गरे ।

    नेपाल प्रहरीको टोली मलेसिया पठाउन भनेर पत्राचार गरेका छौं,’ आईजी कुँवरले अनलाइनखबरसँग भने, ‘यसबारे पहल भइरहेको छ, त्योभन्दा बढी अहिले भन्ने अवस्था छैन ।’

    प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार अघिल्लो सरकारकै पालामा पनि नेपाल प्रहरीका दुई अधिकृत मलेसिया पठाउने व्यवस्था मिलाइदिन भन्दै गृहमा परिपत्र गरिएको थियो । तर, त्यतिबेला प्रक्रिया अघि नबढ्दै सत्ता फेरबदल भएपछि अहिले फेरि गृहकार्य गरिएको हो ।

    प्रहरी प्रधान कार्यालयले ‘मलेसिया सरकार र त्यहाँको प्रहरीसँग समन्वय गरेर जीबी राईलाई नियन्त्रणमा लिन आवश्यक पहलकदमी गर्नुपर्ने हुनाले दुई प्रहरीलाई मलेसिया जान स्वीकृत गरिदिनु हुन र प्रहरी प्रधान कार्यालयसँग यथेष्ठ बजेट समेत नभएकाले त्यसको व्यवस्था समेत गरिदिनु हुन’ भन्दै गृहमा पत्राचार गरेको छ ।

    रेड नोटिस’ समेत जारी भएको व्यक्ति र यसअघि समेत पटक–पटक प्रयास गर्दा मलेसियाली सरकारले नेपाल फिर्ता नपठाएपछि अहिले नेपाल प्रहरी टोली नै उतै पठाउन लागिएको हो ।

    यसका लागि गृहबाट परराष्ट्र मन्त्रालय हुँदै मलेसियाली दूतावास मार्फत स्वीकृति लिनुपर्ने हुन्छ । प्रहरी प्रधान कार्यालयले पत्राचार गरेपछि अहिले कूटनीतिक पहल समेत भइरहेको गृह स्रोतले जानकारी दियो ।

    जीबीलाई नेपाल ल्याउन नदिए पनि उनीमाथि नेपाल प्रहरीलाई अनुसन्धानमा सहयोग गर्न आग्रह गरिएको छ । जीबी मलेसियामै रहेकाले उनीमाथि लागेको आरोप तथा सहकारी ठगीबारे जानकारी, उनको बयान लगायत विषयबाट केही नयाँ तथ्य खुल्न सक्ने प्रहरीको विश्वास छ ।

    प्रहरी अधिकृतहरुका अनुसार नेपाल प्रहरीलाई मलेसिया पठाइएको अवस्थामा मलेसियाली प्रहरीसँग समन्वय गरेर जीबीलाई नेपाल फिर्ता ल्याउन पहल हुनेछ । फिर्ता ल्याउन नसके उनीमाथि अनुसन्धान गरेर फर्किने नेपाल प्रहरीको तयारी छ । यद्यपि, यसका लागि समेत मलेसियाली सरकारले स्वीकृति दिनुपर्ने भएकाले यो विषय पनि उतैको सरकारमै भर पर्छ ।

    यसअघि जीबीलाई कूटनीतिक पहल गरी नेपाल ल्याउन नेपाल प्रहरीले करिब साढे २ लाख रुपैयाँ खर्चेर कागजात अनुवाद समेत गरेको थियो । गृह र परराष्ट्रको समन्वयमा २०८० फागुन दोस्रो साता कूटनीतिक पत्राचार गर्दै जीबीलाई नेपाल ल्याउन आग्रह गरिएको थियो । तर, अहिलेसम्म सम्भव हुन सकेको छैन ।

    नेपाल प्रहरी स्रोतका अनुसार जीबी क्वालालम्पुरस्थित देशापन्डनमा अपार्टमेन्टमा बसेका छन् । ७ करोड नेपाली रुपैयाँभन्दा बढीमा उनले अपार्टमेन्ट खरिद गरेको बसेको दाबी प्रहरी स्रोतको छ ।

    मलेसियाकै अर्को सहर साइबरजयामा उनले मार्टसमेत खोलेको बताइन्छ । १ अर्ब रुपैयाँभन्दा बढी रकम जीबीले मलेसिया लगेर लगानी गरेको दाबी प्रहरीको छ ।

    मलेसिया सरकारको ‘मेक मलेसिया माई सेकेन्ड होम’ अवधारणा अनुसार तोकिएको रकम मलेसियाली सरकारलाई तिरेपछि मलेसियाली नागरिक सरह बस्न मिल्छ । सोही अनुसार जीबी मलेसियामा गएर बसेको प्रहरी स्रोत बताउँछ ।

    मलेसियामा कुनै अपराध नगरेकोे, अर्ब बढीको लगानी गरेर रोजगारी समेत दिएको व्यक्तिलाई मलेसियाली सरकारले पठाउन चाहँदैन । जीबी पनि मलेसियाको ‘सेकेन्ड होम भिसा’ अवधारणा अनुसार बसिरहेको खुलेको नेपाल प्रहरीका प्रवक्ता तथा डीआईजी दानबहादुर कार्की बताउँछन् ।

    ‘मेक मलेसिया माई सेकेन्ड होम’ अवधारणा अनुसार मलेसिया बसेका नेपालीसँग यसबारे नेपाल प्रहरीले बुझेको थियो ।

    मलेसियामै रहेको पत्ता लाग्दा पनि जीबी सुरक्षित रहेको यसअघि प्रहरी महानिरीक्षक कुँवर आफैंले बताएका थिए । ‘जीबीविरुद्ध रेड नोटिस जारी भइसक्यो, तर मलेसियासँग सुपुर्दगी नहुँदा समस्या भएको छ,’ १५ चैत २०८० मा संसद्को राज्यव्यवस्था समिति बैठकमा कुँवरले भनेका थिए ।

    जीबीविरुद्ध सहकारी विभागमा उजुरी परेपछि डेढ वर्षअघि नै विदेश भाग्न सक्ने भन्दै पासपोर्ट रोक्का गर्न पत्राचारसमेत भएको थियो । उजुरी परेपछि मलेसिया जान भन्दै जीबी पुस २०७९ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल समेत पुगेका थिए ।

    तर, त्यतिबेला पासपोर्ट रोक्का रहेको भन्दै उनलाई फिर्ता पठाइएको थियो । त्यसपछि उनी स्थलमार्गबाट भारत हुँदै मलेसिया पुगेको प्रहरी स्रोत बताउँछ ।

    रेड नोटिस जारी हुँदासमेत जीबीलाई स्वदेश ल्याउन नसकिएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले उनको पासपोर्ट रद्द गर्न भन्दै कास्की अदालतमा रिट निवेदन दिएको थियो ।

    तर, कास्की अदालतका न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले राहदानी रद्द गर्न नमिल्ने आदेश सुनाएपछि ३० वैशाखमा राहदानी विभागलाई पत्र पठाउँदै पासपोर्ट रद्दका लागि कास्की प्रहरीले अनुरोध गरेको थियो । विभागले पनि राहदानी ऐनअनुसार जीबीको पासपोर्ट रद्द गर्न नमिल्ने जवाफ ११ जेठमा पठाएको थियो ।

    पोखराको सूर्यदर्शन सहित विभिन्न सहकारी संस्था ठगीमा जीबीको नाम जोडिँदै आएको छ । तर, डेढ वर्षदेखि उनी फरार छन् । जीबीविरुद्ध प्रहरीको इन्टरपोलले १३ माघ २०८० मा डिफ्युजन नोटिस जारी गरेको थियो ।

    डिफ्युजन नोटिस मात्रै जारी हुँदा जीबीलाई नेपाल ल्याउने प्रक्रिया लामो हुने भन्दै नेपाल प्रहरीले रेड नोटिसका लागि पत्राचार गरेपछि २१ फागुन २०८० मा इन्टरपोलले जीबीविरुद्ध रेड नोटिस समेत जारी गरेको थियो ।

    त्यसपछि कूटनीतिक नोट पठाउँदा समेत मलेसियामा रहेका जीबीलाई अहिलेसम्म नेपाल ल्याउन सकिएको छैन । सूर्यदर्शन सहकारीले बचतकर्ताको १ अर्ब ११ करोड ३४ लाख ४३ हजार रुपैयाँ हिनामिना गरेको भन्दै उक्त सहकारीका पदाधिकारी विरुद्ध प्रहरीमा जाहेरी परेको थियो ।

    पछि बचतकर्ताले पुनः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहित केही व्यक्तिविरुद्ध पूरक जाहेरी दिएका थिए । तर, प्रहरीले त्यसलाई छुट्टै दर्ता गरेको छैन ।

    यता, जीबी जोडिएका सहकारी सहित अन्य सहकारी छानबिन गर्न भन्दै सूर्य थापाको संयोजकत्वमा संसदीय छानबिन समिति समेत गठन भएर काम भइरहेको छ । उक्त समितिले पनि जीबीसहित १८ जनालाई नेपाल ल्याउनुपर्ने भन्दै गृहलाई पत्राचार गरेको थियो ।

    बिहिबार, साउन ३१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पोखरा भ्रमण वर्ष २०२५: २० लाख पर्यटक भित्र्याउने लक्ष्य
    जनकपुर-सर्लाही बस दुर्घटनामा ६ घाइते, उपचार जारी
    सामाजिक सञ्जाल विधेयक २०८१: प्रमुख प्रावधान र प्रभाव
    अस्पतालले बिमा रकमको ६५ प्रतिशत औषधि र उपकरणमा खर्च गर्नुपर्ने
    १० दिनदेखि नियन्त्रणमा आउन नसकेको मनाङको जंगल डढेलो
    पर्यटकको आकर्षण: ‘तुवाचुङ मिनी ग्रेटवाल’

    लोकप्रिय

    भर्खरै

    • १.
      पोखरा भ्रमण वर्ष २०२५: २० लाख पर्यटक भित्र्याउने लक्ष्य

    • २.
      स्वस्थ शहरको परिकल्पना: हेल्दी सिटी अभियानतर्फ अग्रसरता

    • ३.
      जनकपुर-सर्लाही बस दुर्घटनामा ६ घाइते, उपचार जारी

    • ४.
      सामाजिक सञ्जाल विधेयक २०८१: प्रमुख प्रावधान र प्रभाव

    • ५.
      किसानका उत्पादन खेर जाने समस्या: शीतभण्डारको अभाव र क्यालेन्डर व्यवस्थापनको कमी

    • ६.
      अस्पतालले बिमा रकमको ६५ प्रतिशत औषधि र उपकरणमा खर्च गर्नुपर्ने

    • ७.
      १० दिनदेखि नियन्त्रणमा आउन नसकेको मनाङको जंगल डढेलो

    • ८.
      नेपाल पुलिस क्लबले रामपुर भलिबल कपको उपाधि जित्यो

    हाम्रो टिम

    अध्यक्ष : योगेश नारायण चपाई

    सम्पादक : कृष्ण बहादुर राना

    पत्रकार : सन्तोष तामाङ

    पत्रकार : धन बहादुर कार्की

    सामाजिक संजालमा हामी

    सम्पर्क

    Address : Kathmandu Nepal

    Phone No : +977 9848005532

    सूचना बिभाग दर्ता न. : 2596 /077-078

    Mail : info@rastriyasanchar.com

    Quick Links

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    Copyright ©2025 Rastriya Sanchar | All rights Reserved.
     Website By :  nwTech.