• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • भिडियो
×
मङ्गलबार, बैशाख ३०, २०८२
☰
मङ्गलबार, बैशाख ३०, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • भिडियो

भर्खरै

अनिवार्य र निःशुल्क शिक्षामा शिक्षकको अभावको गुनासो

नगर प्रहरीलाई प्रधानमन्त्रीको आग्रह- तपाईंहरूलाई देखेर जनता आतंकित हुन भएन

पास भएका विद्यार्थी जब मौका परीक्षाको फारम भर्न पुगे

स्थानिय युवाको प्रयास: विरामीलाई अस्पताल पुर्‍याउन टोलटोलमा स्टेचर वितरण

रास्वपाका २ उपसभापतिसहित ९ जना नेतालाई पक्राउको माग गर्दै युवराज सफलले प्रहरीमा दिए जाहेरी

म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना

भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी

चुनावका लागि दुई करोड मतपत्र छाप्ने निर्वाचन आयोगको तयारी

एमालेले तय गर्‍यो उम्मेदवार छनौटका ६ वटा मापदण्ड

लोकप्रिय समाचार

सार्वजनिक बसमा अनलाइन टिकट, जिपिएस ट्र्याकिङ र सिसिटिभी राख्न गृह मन्त्रालयको निर्देशन


  •   बिहिबार, साउन ३१, २०८१ मा प्रकाशित
  • सार्वजनिक बसमा अनलाइन टिकट, जिपिएस ट्र्याकिङ र सिसिटिभी राख्न गृह मन्त्रालयको निर्देशन

    Advertisement

    सरकारले यात्रु बोक्ने सार्वजनिक सवारी साधनमा जिपिएस ट्र्याकिङ प्रणाली जडान गर्न, सिसिटिभी जडान गर्न र अनलाइन टिकटको व्यवस्था मिलाउन यातायात व्यवसायीहरूलाई निर्देशन दिएको छ।

    मन्त्रालयले यात्रुहरूलाई अनिवार्य टिकट काटेर यात्रा गराउन पनि निर्देशन दिएको छ।

    सिमलताल घटना अध्ययन प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलाई १२ बुँदे निर्देशन दिँदै यी व्यवस्था कार्यान्वयन गर्न भनेको हो।

    अनलाइन टिकटको व्यवस्था नहुँदा सिमलताल दुर्घटनामा कति यात्रु परे भन्ने यकिन हुन सकेको थिएन। यात्रुका आफन्तहरूको सूचनामा भर पर्दा अहिले पनि दुर्घटनामा परेकाहरूको विवरण फरक परेको छ।

    यो घटना अध्ययन गर्न गृह मन्त्रालयले बनाएको कार्यदलको प्रतिवेदनले पनि यसबारे निर्क्यौल गर्न सकेको छैन। प्रतिवेदनको अनुसूचीमा चितवन प्रशासनले उपलब्ध गराएको यात्रुहरूको सूची राखेको छ।

    त्यही कारण कार्यदलले अनलाइन टिकट प्रणाली सुरूवातको खाँचो औंल्याएको हो।

    यसका अतिरिक्त यातायातसँग सम्बन्धित विषयहरू कार्यान्वयनका लागि परिपत्र भएको कार्यदलका सदस्यसमेत रहेका यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए।

    उनकाअनुसार सार्वजनिक सवारी साधनमा सिसिटिभीका साथै ट्रान्सपोन्डरको व्यवस्था गर्न पनि गृह मन्त्रालयले भनेको छ।

    गृहको निर्देशनमा सार्वजनिक सवारी साधन चलाउने चालक र सहचालकलाई रोजगार सम्झौता अनिवार्य गर्नुका साथै न्यूनतम तलब, ज्यालाको व्यवस्था गरी सामाजिक सुरक्षा प्रणालीमा आवद्ध गर्न पनि भनिएको छ।

    साथै शिष्ट, सभ्य र यात्रुमैत्री व्यवहारका लागि यातायात मजदुरहरूलाई प्रशिक्षित गर्न गृह मन्त्रालयले आग्रह गरेको हो।

    चालकहरूलाई सुरक्षित ड्राइभिङसम्बन्धी नियमित रूपमा तालिम दिने, ट्राफिक नियमको पालना गर्न प्रेरित गर्ने र मादक पदार्थ सेवन गरेर सवारी साधन नचलाउन कठोर निगरानी गर्ने, लामो बाटोमा यातायात सेवा सञ्चालन गर्ने यात्रुवाहक सार्वजनिक सवारीले कम्तिमा दुई जना चालक राख्ने व्यवस्थाको अनिवार्य पालना गर्ने, यातायात व्यवसायी तथा मजदुरहरूको आचारसंहिता बनाइ लागू गर्न पनि निर्देशन दिएको छ।

    चालक र सहचालकको लागि पोशाक तथा परिचय पत्रको व्यवस्था गर्ने, टिकट काउन्टरमा बस्ने कर्मचारीहरूले अनिवार्य परिचय पत्र र तोकिएको पोशाक लगाउन, मुलुकभर चल्ने सवारी साधनको तेस्रो पक्ष बीमा अनिवार्य गर्ने, सवारी साधनहरूको नियमित मर्मत सम्भार, जाँच गर्ने र पुराना र असुरक्षित सवारी साधनलाई प्रयोगबाट हटाउने निर्देशन पनि गृह मन्त्रालयको छ।

    गत असार २८ गते चितवनको नारायणगढ–मुग्लिन सडक खण्डमा पर्ने भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमलतालमा पहाडबाट बग्दै आएको डेब्रिज सहितको पहिरोले दुईवटा यात्रुवाहक बस त्रिशुली नदीमा खसेर बेपत्ता भएको थियो। उक्त घटनाका दुई वटा बस अझै फेला परेको छैन।

    बसमा सवार ६५ यात्रुमध्ये तीन जना नदीमा पौडिएर बाँचेका थिए। फेला परेका २४ शवमध्ये १९ जनाको सनाखत भएको थियो।

    यस घटनाको सम्बन्धमा अध्ययन गरी सुझाव सहितको प्रतिवेदन पेस गर्नका लागि मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल बनेको थियो।

    कार्यदलले गत साउन २२ गते गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनले सरकारका अरू निकायलाई पनि सुझाव दिएको थियो।

    बिहिबार, साउन ३१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पोखरा भ्रमण वर्ष २०२५: २० लाख पर्यटक भित्र्याउने लक्ष्य
    जनकपुर-सर्लाही बस दुर्घटनामा ६ घाइते, उपचार जारी
    सामाजिक सञ्जाल विधेयक २०८१: प्रमुख प्रावधान र प्रभाव
    अस्पतालले बिमा रकमको ६५ प्रतिशत औषधि र उपकरणमा खर्च गर्नुपर्ने
    १० दिनदेखि नियन्त्रणमा आउन नसकेको मनाङको जंगल डढेलो
    पर्यटकको आकर्षण: ‘तुवाचुङ मिनी ग्रेटवाल’

    लोकप्रिय

    भर्खरै

    • १.
      पोखरा भ्रमण वर्ष २०२५: २० लाख पर्यटक भित्र्याउने लक्ष्य

    • २.
      स्वस्थ शहरको परिकल्पना: हेल्दी सिटी अभियानतर्फ अग्रसरता

    • ३.
      जनकपुर-सर्लाही बस दुर्घटनामा ६ घाइते, उपचार जारी

    • ४.
      सामाजिक सञ्जाल विधेयक २०८१: प्रमुख प्रावधान र प्रभाव

    • ५.
      किसानका उत्पादन खेर जाने समस्या: शीतभण्डारको अभाव र क्यालेन्डर व्यवस्थापनको कमी

    • ६.
      अस्पतालले बिमा रकमको ६५ प्रतिशत औषधि र उपकरणमा खर्च गर्नुपर्ने

    • ७.
      १० दिनदेखि नियन्त्रणमा आउन नसकेको मनाङको जंगल डढेलो

    • ८.
      नेपाल पुलिस क्लबले रामपुर भलिबल कपको उपाधि जित्यो

    हाम्रो टिम

    अध्यक्ष : योगेश नारायण चपाई

    सम्पादक : कृष्ण बहादुर राना

    पत्रकार : सन्तोष तामाङ

    पत्रकार : धन बहादुर कार्की

    सामाजिक संजालमा हामी

    सम्पर्क

    Address : Kathmandu Nepal

    Phone No : +977 9848005532

    सूचना बिभाग दर्ता न. : 2596 /077-078

    Mail : info@rastriyasanchar.com

    Quick Links

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    Copyright ©2025 Rastriya Sanchar | All rights Reserved.
     Website By :  nwTech.