• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • भिडियो
×
शुक्रबार, बैशाख २६, २०८२
☰
शुक्रबार, बैशाख २६, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • भिडियो

भर्खरै

अनिवार्य र निःशुल्क शिक्षामा शिक्षकको अभावको गुनासो

नगर प्रहरीलाई प्रधानमन्त्रीको आग्रह- तपाईंहरूलाई देखेर जनता आतंकित हुन भएन

पास भएका विद्यार्थी जब मौका परीक्षाको फारम भर्न पुगे

स्थानिय युवाको प्रयास: विरामीलाई अस्पताल पुर्‍याउन टोलटोलमा स्टेचर वितरण

रास्वपाका २ उपसभापतिसहित ९ जना नेतालाई पक्राउको माग गर्दै युवराज सफलले प्रहरीमा दिए जाहेरी

म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना

भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी

चुनावका लागि दुई करोड मतपत्र छाप्ने निर्वाचन आयोगको तयारी

एमालेले तय गर्‍यो उम्मेदवार छनौटका ६ वटा मापदण्ड

लोकप्रिय समाचार

दुई हिमताल विस्फोट हुँदा बाढी, यी हुन् फुट्नुका कारण


  •   आइतबार, भदौ ०२, २०८१ मा प्रकाशित
  • दुई हिमताल विस्फोट हुँदा बाढी, यी हुन् फुट्नुका कारण

    Advertisement

    दुई हिमताल विस्फोट हुँदा शुक्रबार सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामेखोलामा गेग्य्रान र ठूला ढुंगासहितको भीषण बाढी आएको निष्कर्ष निकालिएको छ । थामेबजारबाट करिब नौ किलोमिटरमाथि रहेका दुई हिमताल विस्फोटका कारण उक्त घटना भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी गराएको छ ।

    रक्षामन्त्री मानवीर राईसहितको एक सरकारी टोलीले शनिबार बिहान थामेबजार क्षेत्रको स्थलगत अवलोकन र स्थानीयसँग अन्तरक्रिया गरेको थियो । टोलीले दुई हिमताल फुटेर बाढी आएको निष्कर्ष निकालेको हो ।

    “उक्त क्षेत्रको अवलोकन, स्थानीयसँग गरिएको अन्तरक्रिया तथा अन्य विभिन्न निकायको प्रारम्भिक जानकारीबाट थामेखोला जलाधारको माथिल्लो तटीय क्षेत्रमा रहेका पाँचवटा हिमतालमध्ये सबैभन्दा माथि रहेको ताल फुटेर पानी तल रहेको अर्को तालमा खसेको र उक्त ताल पनि फुट्दा शृंखलाबद्ध प्रभाव परेको देखिन्छ,” प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ

    प्राधिकरणका अनुसार, पाँचमध्ये तीन ताल यथावत् छन् । तर, ती तालको जोखिमको अवस्थाबारे अध्ययन गर्नुपर्ने टोलीले औँल्याएको छ ।

    जल तथा मौमस विज्ञान विभागका अनुसार, उक्त क्षेत्रनजिकको फोर्से केन्द्रमा विगत सात दिनमा कुल ६५ मिलिमिटर वर्षा मापन गरिएको छ । गएको साउन २५ गतेदेखि दैनिक औसत तापक्रममा क्रमशः वृद्धि भई ९.७ बाट ११.० डिग्री सेल्सियस पुगेको थियो । साउन ३१ गतेको अधिकतम तापक्रम १५.९ डिग्री सेल्सियस थियो ।

    अतः जलवायु परिवर्तनको प्रभाव समेत जोडिई भएको तापक्रम वृद्धि, बढ्दो वर्षा, पर्माफ्रोस्ट र ग्लेसियर पग्लँदा थामेखोलाको जलाधारमा हिमताल विष्फोट भएको देखिन्छ,” विज्ञप्तिमा उल्लेख छ ।

    खोटाङको रखुवाबजारस्थित दूधकोसी नदीको बाढी मापन केन्द्रमा शुक्रबार साँझ ५ः१० बजे ४.२९ मिटर रहेको जलसतह बढेर त्यसको ३० मिनेटमा अर्थात् ५ः४० बजे ५.५३ मिटर पुगेको थियो ।

    “थामेबजारमाथिका दुईवटा हिमताल विस्फोट भई बाढीका कारण भएको ठूलो भौतिक क्षति, पर्यटकीय र रमणीय थामेबजार बगरमा परिणत हुने घटनाले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा संकट उत्पन्न भई क्षति तथा नोक्सानी बढिरहेको नै प्रमाणित हुन आउँछ,” विज्ञप्तिमा भनिएको छ ।

    एक्कासि आएको बाढीले १३ घरमा पूर्ण रूपमा क्षति पुगेको छ । १० घर आंशिक रूपमा क्षतिग्रस्त भएको छ । एउटा विद्यालय भवन, एउटा स्वास्थ्य क्लिनिक र दुई होटेलमा पनि पूर्ण क्षति पुगेको छ । खुम्बु बिजुली कम्पनीको ड्याम क्षतिग्रस्त हुँदा विद्युत् उत्पादन बन्द भएको प्राधिकरणले जनाएको छ ।

    सोलुखुम्बुकै सोताङ गाउँपालिका–१, दिप्लीघाटमा स्टोर गरी राखिएको पुरानो बेलीब्रिजको सामान बगाएको छ । माप्य दूधकोसी गाउँपालिका–१, अधेरीस्थित खुम्बु क्षेत्र जोड्ने दूधकोसी खोलाको स्टिल ट्रस पुलको एकतर्फी भाग भासिँदा आवागमन बन्द भएको छ । हाल पानीको बहाव घटेको छ । तर, तटीय क्षेत्रमा कटान भएकाले केही स्थानमा पहिरोको जोखिम रहेको प्राधिकरणले जनाएको छ ।

    रक्षामन्त्री राईसँगै राष्ट्रियसभा सदस्य सोनाम गेल्जेन शेर्पा, प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारी, प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेललगायत अधिकारी सम्मिलित उक्त टोलीले थामेबजारमा प्रभावित परिवारलाई नगद तथा जिन्सी राहत वितरण समेत गरेको थियो

    आइतबार, भदौ ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पोखरा भ्रमण वर्ष २०२५: २० लाख पर्यटक भित्र्याउने लक्ष्य
    जनकपुर-सर्लाही बस दुर्घटनामा ६ घाइते, उपचार जारी
    सामाजिक सञ्जाल विधेयक २०८१: प्रमुख प्रावधान र प्रभाव
    अस्पतालले बिमा रकमको ६५ प्रतिशत औषधि र उपकरणमा खर्च गर्नुपर्ने
    १० दिनदेखि नियन्त्रणमा आउन नसकेको मनाङको जंगल डढेलो
    पर्यटकको आकर्षण: ‘तुवाचुङ मिनी ग्रेटवाल’

    लोकप्रिय

    भर्खरै

    • १.
      पोखरा भ्रमण वर्ष २०२५: २० लाख पर्यटक भित्र्याउने लक्ष्य

    • २.
      स्वस्थ शहरको परिकल्पना: हेल्दी सिटी अभियानतर्फ अग्रसरता

    • ३.
      जनकपुर-सर्लाही बस दुर्घटनामा ६ घाइते, उपचार जारी

    • ४.
      सामाजिक सञ्जाल विधेयक २०८१: प्रमुख प्रावधान र प्रभाव

    • ५.
      किसानका उत्पादन खेर जाने समस्या: शीतभण्डारको अभाव र क्यालेन्डर व्यवस्थापनको कमी

    • ६.
      अस्पतालले बिमा रकमको ६५ प्रतिशत औषधि र उपकरणमा खर्च गर्नुपर्ने

    • ७.
      १० दिनदेखि नियन्त्रणमा आउन नसकेको मनाङको जंगल डढेलो

    • ८.
      नेपाल पुलिस क्लबले रामपुर भलिबल कपको उपाधि जित्यो

    हाम्रो टिम

    अध्यक्ष : योगेश नारायण चपाई

    सम्पादक : कृष्ण बहादुर राना

    पत्रकार : सन्तोष तामाङ

    पत्रकार : धन बहादुर कार्की

    सामाजिक संजालमा हामी

    सम्पर्क

    Address : Kathmandu Nepal

    Phone No : +977 9848005532

    सूचना बिभाग दर्ता न. : 2596 /077-078

    Mail : info@rastriyasanchar.com

    Quick Links

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    Copyright ©2025 Rastriya Sanchar | All rights Reserved.
     Website By :  nwTech.