नेपालबाटै टिकटकमा जागिर खाने मौका, यसरी दिनुहोस् आवेदन
नेपालमा टिकटकले पब्लिक पोलिसी म्यानेजर पदका लागि आवेदन माग गरेको छ। यो पदको लागि आवेदन टिकटकको दुबई कार्यालयमार्फत आह्वान गरिएको हो। टिकटकले हालै नेपालमा लागेको लामो प्रतिबन्धपछि पुन: सञ्चालनमा आएको छ र यसले नेपालमा आफ्नो प्रतिबद्धता देखाउँदै कर्मचारी भर्ना सुरु गरेको बुझिएको छ।
यो पद सार्वजनिक नीति टिम अन्तर्गत खुलाइएको हो, जहाँ कर्मचारीले सरकारसँगको सम्बन्धलाई सुदृढ गर्दै सरकारी मामिलाहरूमा काम गर्नुपर्नेछ। मुख्य जिम्मेवारीहरूमा सरकारी नीति र कानुनी प्रवृत्तिहरूको विश्लेषण, जोखिम र संकट व्यवस्थापन, आउटरिच, सहकार्य, र साझेदारी समेटिएको छ।
पदको मुख्य जिम्मेवारी
सरकार, नीति निर्माता र प्रमुख विचारकहरूसँग सम्बन्ध बनाउन र कायम राख्न।
टिकटक र यसको क्रियटर कम्युनिटीका विषयमा नीति निर्माताहरूलाई संलग्न गराउन रणनीति कार्यान्वयन गर्न।
कानुनी र नीतिगत प्रवृत्तिहरूको पहिचान, अनुगमन र विश्लेषण।
आन्तरिक टिमहरू (जस्तै जनसम्पर्क, कानुन, इन्जिनियरिङ, उत्पादन) बीच सहकार्य गर्न।
औद्योगिक संघ संस्था, प्राज्ञिक संस्था र गैरसरकारी संस्थासँग सम्बन्ध स्थापित गर्नु।
यसका लागि योग्यता
सार्वजनिक नीति, सरकारी सम्बन्ध, र पैरवी सम्बन्धी कार्यमा प्रत्यक्ष अनुभव।
न्यायिक प्रक्रिया र प्रविधि नीतिको ज्ञान।
अंग्रेजी र नेपाली भाषामा उत्कृष्ट लेखन, पठन र बोलचाल गर्ने क्षमता।
राजनीति शास्त्र, सार्वजनिक मामिला, वा सम्बन्धित क्षेत्रमा डिग्री अथवा सो सरहको अनुभव।
अन्तर्राष्ट्रिय प्रविधि कम्पनी वा संघ संस्थामा काम गरेको अनुभव भएका व्यक्तिलाई प्राथमिकता दिइनेछ।
टिकटकले यस पदका लागि भर्ना प्रक्रिया शुरु गरेको छ, र थप जानकारीको लागि आवेदन दिने लिंक टिकटकको वेबसाइटमा उपलब्ध गराइएको छ।
                                                            
        
        
        
        
        
        
        
        
        
   
                                                                                          
   
                           
                                                      
   
   
                                          
                                          
                                          
                                          
                                          
                                          

