नरेशले ममताको हत्या गरी झोलमा पोको पारेर विभिन्न ठाउँमा फालेको भेटियो यति बलियो प्रमाण अदालतमा केके हुदैछ
अमेरिकाको भर्जिनियामा भएको नेपाल चेली ममता भट्टको ह त्या घटनाले अहिले नयाँ मोड लिएको छ। नरेश भट्टले ममताको ह त्या गरेको लगभग छर्लंग भए पनि, नरेशका वकिलहरूले ममता अझै जीवित रहेको दाबी गर्दै नरेशलाई थुनामा नराख्न अदालतसँग आग्रह गरिरहेका छन्।
ममता बेपत्ता भएपश्चात् प्रहरीले अनुसन्धान गर्दा नरेशले योजनाबद्ध ढंगले आफ्नो अपराध ढाकछोप गर्न धेरै होशियारी अपनाएको प्रमाण अदालतमा पेश गरिएको छ। उनी थुप्रैपटक आफ्नी पत्नी ममताको शरीरलाई टुक्राटुक्रा पारी फरक–फरक स्थानमा लगेर फ्याँक्न फोहोरको ठूलो झोला (ट्र्यास ब्याग) प्रयोग गरेको पाइएको छ। सीसीटीभी फुटेजमा उनलाई कारबाट झोला निकालेर फोहोरको कन्टेनरमा हालिरहेको देखाइएको थियो, जसले उनको गतिविधि पुष्टि गर्दछ।
नरेशले घटनापछि आफ्नो घरमा सबै सरसफाइ गरेर प्रमाणहरू मेटाउने प्रयास गरेको र हरेक काम गर्दा फिङ्गरप्रिन्ट नबस्ने गरी ग्लोभ्स र नेपकिन पेपरको प्रयोग गरेको पाइएको छ। थप रूपमा, उनले आफ्नो टेस्ला कारसमेत घटनापछि बिक्री गरेका थिए, तर प्रहरीले सो कार फेला पारेपछि यो नै सबैभन्दा ठूलो प्रमाणको रूपमा प्रस्तुत भएको थियो।
यो घटनामा अहिले नयाँ मोड आएको छ, तर प्रमाणहरूले नरेशलाई अपराधी ठहर्याउने बलियो आधार दिइसकेको जस्तो देखिन्छ। न्यायको लागि यो मुद्दामा थप अनुसन्धान भइरहेको छ।