ऐतिहासिक पदक जितेकी एरिका गुरुङलाई विमानस्थलमै गर्यो भव्य स्वागत
एरिका गुरुङले २०औं एसिया सिनियर कराँते च्याम्पियनसिपमा रजत पदक जितेर नेपालको कराँते इतिहासमा एक महत्वपूर्ण उपलब्धि हासिल गरेकी छिन्। ६८ केजी माथिको तौल समूहमा प्रतिस्पर्धा गर्दै उनले फाइनलमा भियतनामकी नाओन थि नुयेनसँग ६–० ले पराजित भएर रजत पदक जितेकी थिइन्।
यो पदक नेपालका लागि ऐतिहासिक छ, किनकि नेपालले यसअघि एसियन कराँते च्याम्पियनसिपमा सिनियरतर्फ कुनै पदक जित्न सकेको थिएन। गुरुङको यो सफलताले नेपालको कराँते खेलमा ठूलो योगदान पुर्याएको छ।
                                                            
        
        
        
        
        
        
        
        
        
   
                                                                                          
   
                           
                                                      
   
   
                                          
                                          
                                          
                                          
                                          
                                          

