श्रीमती संग सम्बन्ध विक्षेद गर्न एक व्यक्तिले यसरी चरित्र हत्या गरेकी श्रीमती संग अन्य पुरुषको फोटो प्रिन्ट गरेर टोल भरी बाडे
चितवनको भरतपुर निवासी चार्टर्ड एकाउन्टेन्ट शिवहरि सिलवालले श्रीमतीसँग सम्बन्ध विच्छेदका लागि उनको चरित्र हत्या गर्ने प्रयास गरेको आरोप लागेको छ। सिलवालले अष्ट्रेलियामा रहेकी श्रीमती ज्योति क्षेत्रीका केही साथीहरूसँग खिचिएका तस्बिरहरू प्रिन्ट गरी बुकलेट बनाइ टोल, छिमेक, आमा समूह र किराना पसलहरूमा बाँडेका थिए।
श्रीमानको उक्त कदमले ज्योति क्षेत्रीले आफ्नो चरित्र हत्या भएको भन्दै प्रहरीमा उजुरी दिएपछि चितवन जिल्ला अदालतमा विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा दर्ता भएको थियो। १५ दिनपछि अदालतले शिवहरिलाई एक लाख रूपैयाँ धरौटीमा रिहा गरेको छ।
शिवहरि र ज्योतिको वैवाहिक सम्बन्धको बेमेल जातको कारणले भएको खुलासा भएको छ। ज्योति क्षेत्री परिवारकी छोरी हुन् भने शिवहरि ब्राह्मण परिवारका हुन्। विवाह पछि सासूको धार्मिक विश्वास र जातीय भेदभावले ज्योतिको पारिवारिक जीवनमा तनाव उत्पन्न भएको थियो। ज्योतिले शिवहरिका आमाले पुतलाको पूजा गर्दै आफ्नो सम्बन्ध छुटाउन प्रयास गरेको आरोप पनि लगाएकी छिन्।
सम्बन्ध विच्छेदको मुद्दा दर्ता भएपछि श्रीमानबाट कुटपिट र घर छोड्न दबाब दिएको ज्योतिको दाबी छ। श्रीमानले सार्वजनिक रूपमा चरित्र हत्या प्रयास गरेपछि ज्योति अहिले प्रहरीको संरक्षणमा छिन्।