• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • भिडियो
×
शुक्रबार, बैशाख २६, २०८२
☰
शुक्रबार, बैशाख २६, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • भिडियो

भर्खरै

अनिवार्य र निःशुल्क शिक्षामा शिक्षकको अभावको गुनासो

नगर प्रहरीलाई प्रधानमन्त्रीको आग्रह- तपाईंहरूलाई देखेर जनता आतंकित हुन भएन

पास भएका विद्यार्थी जब मौका परीक्षाको फारम भर्न पुगे

स्थानिय युवाको प्रयास: विरामीलाई अस्पताल पुर्‍याउन टोलटोलमा स्टेचर वितरण

रास्वपाका २ उपसभापतिसहित ९ जना नेतालाई पक्राउको माग गर्दै युवराज सफलले प्रहरीमा दिए जाहेरी

म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना

भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी

चुनावका लागि दुई करोड मतपत्र छाप्ने निर्वाचन आयोगको तयारी

एमालेले तय गर्‍यो उम्मेदवार छनौटका ६ वटा मापदण्ड

लोकप्रिय समाचार

मुसा मार्न थापेको पासोमा हात्ती परेपछि तेजबहादुर गए खोरमा


  •   शुक्रबार, असोज ११, २०८१ मा प्रकाशित
  • मुसा मार्न थापेको पासोमा हात्ती परेपछि तेजबहादुर गए खोरमा

    Advertisement

    मोरङको बेलबारी नगरपालिका-३ का तेजबहादुर राई न्याउरी मुसा मार्न घर नजिकैको जंगलमा सधैं पासो थाप्थे।

    घरमा पालेको कुखुरा जोगाउन न्याउरी मुसा मार्न थापेको त्यहीँ पासोले ४७ वर्षीय तेजबहादुरलाई यतिबेला जेल पुर्‍याएको छ। मोरङ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका तेजबहादुरलाई उच्च अदालत विराटनगरले पनि जिल्ला अदालतकै आदेशलाई सदर गरिदिएको छ।

    तेजबहादुरले घरमा पालेका कुखुरा जोगाउन साउनको २९ गते विद्युतीय पासो थापेका थिए। न्याउरी मुसा मार्न राति थापेको पासोमा हात्तीको बच्चा परेपछि छावाको तत्कालै मृत्यु भएको थियो।

    साउनको ३० गते मंगलबार बिहान बेलबारी–३ का स्थानीय विनोद थापाको निजी वनभित्र हात्तीको सोही पोथी छावा मृत फेला पर्‍यो। जानकारी पाएलगत्तै घटनास्थलमा सव-डिभिजन वन कार्यालय बेलबारीको टोलीले विद्युतीय पासोमा परेर छावाले ज्यान गुमाएको बतायो।

    छावाको मृत्यु भएसँगै त्यहाँ उक्त पासो कसले राख्यो भन्ने सोधीखोजी भयो। त्यसपछि तेजबहादुरले पनि कुनै कुरा नलुकाई पासो आफूले राखेको उक्त टोलीलाई बताए।

    तेजबहादुरले घरमा पालेको कुखुरा खाएर सोत्तर पारेको हुँदा न्याउरी मुसा मार्न पासो थापेको तर हात्ती आएर मरेछ भन्ने कुरा सुनाए।

    अहिले हात्ती मारेको आरोपमा उनी जेल पुगेका छन्। पूर्वमा जंगली हात्ती मारेको आरोपमा अदालतमा मुद्दा चलेर कारागार पुगेका तेजबहादुर पहिलो व्यक्ति हुन्।

    भदौ १८ गते मोरङ जिल्ला अदालतका न्यायाधीश पारसमणि पोखरेलको एकल इजलासले तेजबहादुरलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। सोहीविरूद्ध तेजबहादुर उच्च अदालत पनि पुगेका थिए। तर बिहीबार उच्च अदालतका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारी र न्यायाधीश केशवप्रसाद वास्तोलाको संयुक्त इजलासले जिल्लाकै आदेश सदर गर्ने फैसला गरेको छ।

    यो घटनाको अनुसन्धान अधिकृतको जिम्मेवारीमा रहेका सव-डिभिजन वन कार्यालय बेलबारीका प्रमुख वन अधिकृत दिपेशकुमार मिश्रका अनुसार तेजबहादुरले पासो थापेको आफैले स्वीकार गरेको र सोही अनुसार वन प्रशासन अदालत गएको बताए।

    ‘साउन २९ गते राति २ बजेतिर करेन्ट लागेर हात्ती मरेको रहेछ’, मिश्रले भने, ‘न्याउरी मुसा मार्न एक दुई घण्टा पासो थापेको तेजबहादुरले बताएका थिए। त्यो दिन पासो उठाउन बिर्सेको भनेपछि उनलाई नियन्त्रणमा लिई अनुसन्धान सुरू गरेका हौं।’

    १७ दिनसम्म थुनामा राखेपछि वन कार्यालयले भदौ १७ गते जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गराएको उनी बताउँछन्। त्यसपछि १८ गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश आएसँगै तेजबहादुर अहिले मोरङ कारागारमा रहेको उनको भनाइ छ।

    राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ अनुसार तेजबहादुरविरूद्ध मुद्दा दर्ता भएको थियो। उक्त दफा अनुसार वन्यजन्तु मारेको अभियोग पुष्टि भए दोषीलाई ५ वर्षदेखि १५ वर्षसम्मको कैद सजाय र ५ देखि १० लाख रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ।

    ‘ऐनले न्याउरीलाई थापेको पासोमा हात्ती परेको भनेर छुट दिँदैन रहेछ,’ मिश्रले भने, ‘ऐन नियमले वन्यजन्तु मार्न विद्युतीय पासो थाप्न इजाजत दिएको छैन।’

    तेजबहादुरविरूद्ध वन कार्यालयले अधिकतम सजाय माग गरेर मुद्दा दर्ता गरेको उनले बताए। मोरङमा यसअघि पनि सुन्दरहरैंचा नगर क्षेत्रमा यस्तै पासोमा परेर दुइटा हात्तीले ज्यान गुमाइसकेका छन्। तेस्रो घटना हुँदा तेजबहादुर कानुनको दायरमा तानिएका छन्।

    आहाराको खोजीमा मानव बस्तीतिर छिर्ने जंगली हात्ती र आफ्नो बालीनाली तथा घर जोगाउने सर्वसाधारणको प्रयासले धेरैतिर मान्छे र हात्तीबीच द्वन्द्व निम्तिरहेको छ।

    कोशी प्रदेशको झापा, मोरङ, सुनसरी लगायत तराईका जिल्लामा हात्ती र मान्छेबीच लामो समयदेखि यस्तो घम्साघम्सी चल्दै आएको छ। त्यसक्रममा हात्तीको आक्रमणमा परेर मान्छेले र मानवीय प्रतिरोधका कारण हात्तीले ज्यान समेत गुमाउँदै आएको छ।

    कानुनअनुसार कुनै पनि वन्यजन्तु मार्ने, आक्रमण गर्ने काम दण्डनीय मानिन्छ। यसबारे बेखबर तेजबहादुरले आफैले अघि सरेर पासो थापेको स्वीकारेका थिए।

    शुक्रबार, असोज ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पोखरा भ्रमण वर्ष २०२५: २० लाख पर्यटक भित्र्याउने लक्ष्य
    जनकपुर-सर्लाही बस दुर्घटनामा ६ घाइते, उपचार जारी
    सामाजिक सञ्जाल विधेयक २०८१: प्रमुख प्रावधान र प्रभाव
    अस्पतालले बिमा रकमको ६५ प्रतिशत औषधि र उपकरणमा खर्च गर्नुपर्ने
    १० दिनदेखि नियन्त्रणमा आउन नसकेको मनाङको जंगल डढेलो
    पर्यटकको आकर्षण: ‘तुवाचुङ मिनी ग्रेटवाल’

    लोकप्रिय

    भर्खरै

    • १.
      पोखरा भ्रमण वर्ष २०२५: २० लाख पर्यटक भित्र्याउने लक्ष्य

    • २.
      स्वस्थ शहरको परिकल्पना: हेल्दी सिटी अभियानतर्फ अग्रसरता

    • ३.
      जनकपुर-सर्लाही बस दुर्घटनामा ६ घाइते, उपचार जारी

    • ४.
      सामाजिक सञ्जाल विधेयक २०८१: प्रमुख प्रावधान र प्रभाव

    • ५.
      किसानका उत्पादन खेर जाने समस्या: शीतभण्डारको अभाव र क्यालेन्डर व्यवस्थापनको कमी

    • ६.
      अस्पतालले बिमा रकमको ६५ प्रतिशत औषधि र उपकरणमा खर्च गर्नुपर्ने

    • ७.
      १० दिनदेखि नियन्त्रणमा आउन नसकेको मनाङको जंगल डढेलो

    • ८.
      नेपाल पुलिस क्लबले रामपुर भलिबल कपको उपाधि जित्यो

    हाम्रो टिम

    अध्यक्ष : योगेश नारायण चपाई

    सम्पादक : कृष्ण बहादुर राना

    पत्रकार : सन्तोष तामाङ

    पत्रकार : धन बहादुर कार्की

    सामाजिक संजालमा हामी

    सम्पर्क

    Address : Kathmandu Nepal

    Phone No : +977 9848005532

    सूचना बिभाग दर्ता न. : 2596 /077-078

    Mail : info@rastriyasanchar.com

    Quick Links

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    Copyright ©2025 Rastriya Sanchar | All rights Reserved.
     Website By :  nwTech.