• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • भिडियो
×
शुक्रबार, बैशाख २६, २०८२
☰
शुक्रबार, बैशाख २६, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • भिडियो

भर्खरै

अनिवार्य र निःशुल्क शिक्षामा शिक्षकको अभावको गुनासो

नगर प्रहरीलाई प्रधानमन्त्रीको आग्रह- तपाईंहरूलाई देखेर जनता आतंकित हुन भएन

पास भएका विद्यार्थी जब मौका परीक्षाको फारम भर्न पुगे

स्थानिय युवाको प्रयास: विरामीलाई अस्पताल पुर्‍याउन टोलटोलमा स्टेचर वितरण

रास्वपाका २ उपसभापतिसहित ९ जना नेतालाई पक्राउको माग गर्दै युवराज सफलले प्रहरीमा दिए जाहेरी

म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना

भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी

चुनावका लागि दुई करोड मतपत्र छाप्ने निर्वाचन आयोगको तयारी

एमालेले तय गर्‍यो उम्मेदवार छनौटका ६ वटा मापदण्ड

लोकप्रिय समाचार

आज साँझदेखि काठमाडौँबाट लामो दूरीका सार्वजनिक यातायात सञ्चालन हुने कुन कुन जिल्ला जान्छ


  •   सोमबार, असोज १४, २०८१ मा प्रकाशित
  • आज साँझदेखि काठमाडौँबाट लामो दूरीका सार्वजनिक यातायात सञ्चालन हुने कुन कुन जिल्ला जान्छ

    Advertisement

    राजधानी काठमाडौँबाट लामो दूरीका यात्रु बसहरू आज साँझदेखि पुनः सञ्चालनमा आउने तयारी भइरहेको छ। लगातारको वर्षा, बाढी, र पहिरोका कारण राजमार्गहरू अवरुद्ध भएपछि शुक्रबार साँझदेखि काठमाडौँबाट बाहिर जाने बसहरू रोकिएका थिए। दशैं नजिकिएसँगै राजधानीमा सयौं यात्रुहरू अलपत्र परेका थिए। तर, आज साँझदेखि यातायात पुनः सञ्चालनमा आउने पक्का भएको छ।

    नयाँ बसपार्कमा यात्रुको भीड बढ्दै गएको छ, र बस सेवाका लागि टिकट बिक्री सुरू भइसकेको छ। ल्होत्से बहुउद्देश्यीय प्रालिका व्यवस्थापक पंकज मल्लका अनुसार अरनिको राजमार्गमार्फत दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, र काभ्रे लगायतका जिल्लाहरूलाई बाहेक अन्य जिल्लाहरूका लागि बसहरू छुट्नेछन्। “सडकको अवस्था ठिक भए, पानी परेन भने साँझ ४ बजेपछि बसहरू छुट्न थाल्नेछन्,” मल्लले जानकारी दिए।

    त्रिभुवन राजपथ, पृथ्वीराजमार्ग, नारायणगढ-मुग्लिन, र पूर्वपश्चिम राजमार्ग हुँदै विभिन्न जिल्लामा जाने यात्रुबाहक सवारीहरू सञ्चालनमा आउने छन्। तर, केही मुख्य राजमार्गहरू, जस्तै बिपी र अरनिको राजमार्गमा भएका अवरोधहरूका कारण ती मार्गहरू कहिले सञ्चालनमा आउने भन्ने अझै स्पष्ट भइसकेको छैन।

    महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (DSP) रबिन कार्कीका अनुसार, धादिङको झ्याप्ले खोला र सिम्ले क्षेत्रमा आंशिक अवरोधहरू अझै बाँकी छन्। तर, ती अवरोधहरू हटाउनका लागि काम भइरहेको छ र अवरोध हट्नासाथ बसहरूलाई छुट्न अनुमति दिइनेछ। उनले भने, “गाडीहरू पास हुन सक्ने अवस्थाको अध्ययन गरिरहेकाछौं, आजैदेखि बसहरू छुट्न दिने तयारी छ। यात्रुहरूलाई सुरक्षित रूपमा यात्रा गराउन र लामो समय जाममा नपर्नेसहितको योजना बनाइएको छ।”

    यसैबीच, नागढुंगा नाकामा केही बसहरू हिँडिसकेको जानकारी प्रहरीले दिएको छ। तर, मौसम प्रतिकूल भएमा वा थप अवरोधहरू उत्पन्न भएमा सवारीलाई रोक्नुपर्ने सम्भावना रहेको छ। विभिन्न क्षेत्रमा क्षतिग्रस्त पुल र सडकको मर्मतकार्य जारी रहेको र त्यसपछि मात्रै पूर्ण रूपमा यातायात सञ्चालन हुनसक्ने बताइएको छ।

    सार्वजनिक यातायात सञ्चालन नहुँदा देशभर दशैंको लागि गाउँ फर्कने यात्रुहरू अत्यन्तै प्रभावित भएका थिए। अब, अवरोधहरू हट्न थालेसँगै लामो दूरीका बसहरूलाई यात्रु बोकेर गन्तव्यतर्फ पठाउने तयारी गरिएको छ।

    सोमबार, असोज १४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पोखरा भ्रमण वर्ष २०२५: २० लाख पर्यटक भित्र्याउने लक्ष्य
    जनकपुर-सर्लाही बस दुर्घटनामा ६ घाइते, उपचार जारी
    सामाजिक सञ्जाल विधेयक २०८१: प्रमुख प्रावधान र प्रभाव
    अस्पतालले बिमा रकमको ६५ प्रतिशत औषधि र उपकरणमा खर्च गर्नुपर्ने
    १० दिनदेखि नियन्त्रणमा आउन नसकेको मनाङको जंगल डढेलो
    पर्यटकको आकर्षण: ‘तुवाचुङ मिनी ग्रेटवाल’

    लोकप्रिय

    भर्खरै

    • १.
      पोखरा भ्रमण वर्ष २०२५: २० लाख पर्यटक भित्र्याउने लक्ष्य

    • २.
      स्वस्थ शहरको परिकल्पना: हेल्दी सिटी अभियानतर्फ अग्रसरता

    • ३.
      जनकपुर-सर्लाही बस दुर्घटनामा ६ घाइते, उपचार जारी

    • ४.
      सामाजिक सञ्जाल विधेयक २०८१: प्रमुख प्रावधान र प्रभाव

    • ५.
      किसानका उत्पादन खेर जाने समस्या: शीतभण्डारको अभाव र क्यालेन्डर व्यवस्थापनको कमी

    • ६.
      अस्पतालले बिमा रकमको ६५ प्रतिशत औषधि र उपकरणमा खर्च गर्नुपर्ने

    • ७.
      १० दिनदेखि नियन्त्रणमा आउन नसकेको मनाङको जंगल डढेलो

    • ८.
      नेपाल पुलिस क्लबले रामपुर भलिबल कपको उपाधि जित्यो

    हाम्रो टिम

    अध्यक्ष : योगेश नारायण चपाई

    सम्पादक : कृष्ण बहादुर राना

    पत्रकार : सन्तोष तामाङ

    पत्रकार : धन बहादुर कार्की

    सामाजिक संजालमा हामी

    सम्पर्क

    Address : Kathmandu Nepal

    Phone No : +977 9848005532

    सूचना बिभाग दर्ता न. : 2596 /077-078

    Mail : info@rastriyasanchar.com

    Quick Links

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    Copyright ©2025 Rastriya Sanchar | All rights Reserved.
     Website By :  nwTech.