• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • भिडियो
×
शुक्रबार, असोज ३०, २०८३
☰
शुक्रबार, असोज ३०, २०८३
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • भिडियो

भर्खरै

अनिवार्य र निःशुल्क शिक्षामा शिक्षकको अभावको गुनासो

नगर प्रहरीलाई प्रधानमन्त्रीको आग्रह- तपाईंहरूलाई देखेर जनता आतंकित हुन भएन

पास भएका विद्यार्थी जब मौका परीक्षाको फारम भर्न पुगे

स्थानिय युवाको प्रयास: विरामीलाई अस्पताल पुर्‍याउन टोलटोलमा स्टेचर वितरण

रास्वपाका २ उपसभापतिसहित ९ जना नेतालाई पक्राउको माग गर्दै युवराज सफलले प्रहरीमा दिए जाहेरी

म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना

भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी

चुनावका लागि दुई करोड मतपत्र छाप्ने निर्वाचन आयोगको तयारी

एमालेले तय गर्‍यो उम्मेदवार छनौटका ६ वटा मापदण्ड

लोकप्रिय समाचार

  • १. Lucky Jet – краш игра в онлайн казино 1win – как играть и выигрывать

  • २. Pinco Online Kazino (Пинко) 2026 – Yeni Oyunçular üçün Bonuslar

  • ३. Mostbet Hungary – hivatalos sportfogadási és kaszinó

  • ४. Gereguleerde online casino’s België

  • ५. Vavada online kazino Latvijā – spēļu automāti un populārākie sloti

  • ६. Non-GamStop Casinos 2026 – New Casino Sites not on GamStop

  • ७. Legalne kasyna online w Polsce – rejestracja

  • ८. Lemon Casino – szczegółowa recenzja Lemon Kasyno

  • ९. Aviator игра в казино онлайн

  • १०. Raja Luck India casino – Payment methods and withdrawal options in online gaming

बाढीपहिरोले १७ अर्बभन्दा बढीको क्षति, के गर्दै छ सरकार


  •   बुधबार, असोज १६, २०८१ मा प्रकाशित
  • बाढीपहिरोले १७ अर्बभन्दा बढीको क्षति, के गर्दै छ सरकार

    Advertisement

    प्राकृतिक विपत्तिले कसरी पिरोल्छ र दुःख दिँदो रहेछ भन्ने उदाहरण बनेको छ, यही असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढी र पहिरो। किसानको पाक्न लागेको धान बाली नष्ट भयो। वर्षभरि खाने तरकारी नष्ट भयो।

    सहजै यात्रा गर्ने राजमार्गहरु क्षतिग्रस्त भए। बस्ती बगे। थातथलो बग्यो। पशुचौपायाले अकालमा ज्यान गुमाए। बाढीकै कारण कैयौँको लगानी क्षणभरमा नष्ट भयो। नेपाली समाजमा एउटा भनाइ लोकप्रिय छ, “विपत्ति बाजा बजाएर आउँदैन। तर यस पटकको अविरल वर्षापछिको बाढीपहिरो नेपालीका लागि बाजा बजाएर आएभन्दा पनि चर्को भयो। चाडबाडको मुखमै क्षतिग्रस्त भएको विपी राजमार्ग पूर्ववत् अवस्थामा कहिले सञ्चालनमा आउने हो कुनै ठेगान छैन। पृथ्वी र त्रिभुवन राजमार्गको अवस्था उस्तै छ।

    राजधानीको खाद्यान्न गोदाम भनेर चिनिएको कालीमाटी र बल्खु बजार अझै नियमित सञ्चालनमा आउन सकेको छैन। राजमार्गमा नियमित सवारी नचल्दा भोक भोकै यात्रु पैदलयात्रा गर्न बाध्य छन्। जल तथा मौसम विज्ञान विभागले जानकारी दिँदा पनि कैयौँ नागरिकले अकालमा ज्यान गुमाएका छन्।

    काठमाडौँको बल्खु, नख्खु, बाग्मतीका किनार तथा भक्तपुरको हनुमन्तेलगायतका खोला र नदी किनार पूर्ववत् अवस्थामा फर्कन अझै धेरै दिन लाग्ने स्पष्ट छ। बाढी र पहिरोका कारण प्रारम्भिक विवरण अनुसार रु १७ अर्ब बराबरको क्षति भएको छ। क्षतिको विवरण सङ्कलनका क्रममा रहेकाले यो अझै बढ्न सक्ने स्पष्ट नै छ।

    सरकारका मुख्य सचिव एकनारायण अर्यालका अनुसार, बाढीपहिरो र डुबानबाट २१ जिल्ला प्रभावित भएका छन्। विशेष गरी काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ, काठमाडौँ, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुर जिल्लामा बढी क्षति पुगेको छ।

    कुलेखानी जलाशयको पानी खोल्दा गएको बाढी र पहिरोका कारण मकवानपुरको इन्द्रसरोवर–३ मा रहेको वत्सलादेवी माविमा सञ्चालित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) एकेडेमीमा अध्ययनरत छ जना विद्यार्थीको कलिलै उमेरमा ज्यान गुमाउन बाध्य भए।

    पहिराले पुरिँदा मकवानपुरका तीन र अन्य जिल्लाका तीन गरी बालकले ज्यान गुमाए। बाढीका कारण सबैभन्दा बढी समस्यामा विपी राजमार्ग परेको छ। रोशी खोला किनारका बस्ती क्षतविक्षत भएको छ। हालसम्मको विवरणअनुसार बाढीपहिरोबाट सडक र पुलमा मात्रै रु दुई अर्ब ५२ करोड बराबरको क्षति भएको छ। बाढीले पाँच वटा पक्की पुल र दुई वटा बेलिब्रिजमा क्षति पुगेको छ।

    पछिल्लो पटकको बाढीपहिरोमा परी हालसम्म २२४ जनाको निधन भएको छ भने २४ जना बेपत्ता छन्। १५८ जना घाइते छन्। उच्च जोखिममा रहेका चार हजार ३३१ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पठाइएको मुख्यसचिव अर्यालको भनाइ छ।

    कृषि क्षेत्रमा करिब रु छ अर्बभन्दा बढीको क्षति पुगेको प्रारम्भिक तथ्याङ्क छ। कूल ५८ हजार ४७६ हेक्टरमा लगाइएको रु तीन अर्ब ५० करोड बराबर धानबालीमा क्षति पुगेको छ। किसानका २६ हजार दुई सय पाँच वटा पशुपन्छीमा क्षति पुगेको छ।

    भौतिक क्षतितर्फ खानेपानी संरचनामा रु तीन अर्ब ५५ करोड, सडक पूर्वाधारमा रु दुई अर्ब ५२ करोड, ऊर्जातर्फ रु चार अर्ब र जलस्रोत तथा सिँचाइतर्फ एक अर्ब ३५ करोड बराबरको क्षति भएको छ। बाढीपहिरोबाट ३७ वटा राजमार्ग अवरुद्ध भएकामा नौ वटा सञ्चालन आइसकेका छन्। त्यस्तै ३६ निर्माणाधीन जलविद्युत् आयोजनामा क्षति पुगेको छ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार अविरल वर्षापछि आएको बाढीपहिरोका कारण सडक विभागअन्तर्गतका झण्डै २२ किलोमिटर सडक पूर्ण रुपमा क्षति भएको छ। त्यसमा सडकतर्फ रु एक अर्ब ५० करोड ५० लाख, पुलतर्फ रु ८२ करोड र बेलीब्रिजतर्फ रु २० करोड बराबरको क्षति भएको प्रारम्भिक विवरण छ। सो मन्त्रालयका अनुसार १४ वटा सडकको ४२ स्थानमा बाढीपहिरोका कारण क्षति पुगेको छ।

    बाढीपहिरोका कारण अरनिको राजमार्ग, बिपी राजमार्ग कान्ति राजमार्ग, मदन भण्डारी, पुष्पलाल मध्यपहाडी राजमार्ग, मेची राजमार्ग मदन भण्डारी राजमार्ग र कालिगण्डकी कोरिडोरमा क्षति पुगेको छ।

    सुनकोशी पुल खुर्कोट, सिन्धुरेटार, फोक्सीङ्गटारको पुल पूर्णरूपमा क्षति पुगेको छ। अरनिको राजमार्गअन्तर्गत लिपिङ पुल, इलामको माई पोखरी सडकको राते पुल बाढीले बगाउँदा यातायात सञ्चालनमा असुविधा उत्पन्न भएको छ।

    लार्चा र हेवा खोलामा रहेको बेलीब्रिज बाढीले बगाएको छ। सुनकोशी पुल खुर्कोट, सिन्धुरेटार, फोक्सीङटारको पुल पूर्णरूपमा क्षति भएको विवरण छ।

    लार्चा र हेवा खोलामा रहेको बेलीब्रिज बाढीले बगाएको छ। सुनकोशी पुल खुर्कोट, सिन्धुरेटार, फोक्सीङटारको पुल पूर्णरूपमा क्षति भएको विवरण छ।

    अरनिको राजमार्गअन्तरगत लिपिङ्ग पुल, इलामको माई पोखरी सडकको राते पुल बाढीले बगाएको छ। यस्तै लार्चा र हेवा खोलामा रहेको बेलीब्रिज समेत बाढीले बगाएको छ। ऊर्जा र जलस्रोततर्फ समग्रमा रु चार अर्ब ३५ करोड बराबरको क्षति भएको छ।

    नदी नियन्त्रणका लागि बनाइका तटबन्धमा करिब एक अर्ब १६ करोड २० लाख बराबरको क्षति पुगेको छ। राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोशी मरिण डाइभर्सन आयोजनाको बाँधस्थलमा निर्माणाधिन ‘कफर ड्याम’ पानीमुनी परेको छ। त्यसमा के कति क्षति भयो भन्ने कुराको मूल्याङ्कन भइरहेको जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सञ्जिव बरालले जानकारी दिए।

    यस्तै, खानेपानी आयोजनामा रु तीन अर्ब ५५ करोड ७० लाख बराबरको क्षति पुगेको छ। नेपाल खानेपानी निगम, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड र खानेपानी मन्त्रालयअन्तर्गत साना–ठूला आयोजनामा बाढीले समस्या पैदा गरेको छ।

    काभ्रेपलाञ्चोक, भक्तपुर र रामेछापका खानेपानी आयोजनामा क्षति पुगेको छ। कूल ६६ जिल्लाका खानेपानी आयोजनामा क्षति भएको छ।

    अविरल बर्षापछिको बाढीपहिरोले खानेपानीको पाइपलाइन, बोरिङ प्रशोधन केन्द्र, ट्याङ्कीलगायतका संरचनामा क्षति पुगेको छ।

    अविरल बर्षापछिको बाढीपहिरोले खानेपानीको पाइपलाइन, बोरिङ प्रशोधन केन्द्र, ट्याङ्कीलगायतका संरचनामा क्षति पुगेको छ।

    सरकारले खोज तथा उद्धारमा ३० हजार ७३१ सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ। बाढीपहिरोमा परी मृत्यु भएका र बेपत्ता भएका नागरिकका घरपरिवारलाई राहत वितरण सुरु भइसकेको सरकारको भनाइ छ।

    बाढीपहिरोबाट अवरुद्ध भएका सडकलाई थप तदारुकताका साथ सञ्चालनमा ल्याउने, पहिरोबाट अवरुद्ध सडक खोल्ने, बेलिब्रिज जडान गर्ने, सम्भाव्यताका आधारमा कजवे, डाइभर्सन जस्ता वैकल्पिक माध्यमबाट सडक सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

    विपद्लाई देखाएर अत्यावश्यक वस्तुको कृत्रिम अभाव, मूल्यबृद्धि र कालोबजारी नियन्त्रणका लागि सरकारले कडा नीति अख्तियार गर्ने स्पष्ट पारिसकेको छ। विभिन्न स्थानमा अवरुद्ध टेलिफोन सेवा र विद्युत् सेवा नियमित गराउन आवश्यक जनशक्ति परिचालन गरी पुनःनिर्माण र पुनःस्थापनाको काम भइरहेको छ।

    • अभियुक्त
    बुधबार, असोज १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    Fast Rounds and Sharp Instincts: How Zoome Casino Fits Quick-Hit Crash Play
    Mostbet AZ – bukmeker ve kazino Mostbet – Giriş rəsmi sayt
    Vavada online casino w Polsce – przegląd
    Mostbet Azərbaycan – mobil tətbiq və giriş
    Betify Casino en Ligne | Jouez sur Betify avec 1000 €
    Online casino Mafia dla polskich graczy – Bezpieczeństwo danych i ochrona konta

    लोकप्रिय

    • १.
      Pinco Online Kazino (Пинко) 2026 – Yeni

    • २.
      Mostbet Hungary – hivatalos sportfogadási és kaszinó

    • ३.
      Gereguleerde online casino’s België

    • ४.
      Vavada online kazino Latvijā – spēļu automāti

    • ५.
      Non-GamStop Casinos 2026 – New Casino Sites

    • ६.
      Lucky Jet – краш игра в онлайн

    भर्खरै

    • १.
      Fast Rounds and Sharp Instincts: How Zoome Casino Fits Quick-Hit Crash Play

    • २.
      Mostbet AZ – bukmeker ve kazino Mostbet – Giriş rəsmi sayt

    • ३.
      Mostbet Azərbaycan – mobil tətbiq və giriş

    • ४.
      Vavada online casino w Polsce – przegląd

    • ५.
      Online casino Mafia dla polskich graczy – Bezpieczeństwo danych i ochrona konta

    • ६.
      Betify Casino en Ligne | Jouez sur Betify avec 1000 €

    • ७.
      Fraga onlayn kazino təhlükəsizliyi və etibarlılığı

    • ८.
      Онлайн казино 1xSlots (1хСлотс) – пополнение баланса

    हाम्रो टिम

    अध्यक्ष : योगेश नारायण चपाई

    सम्पादक : कृष्ण बहादुर राना

    पत्रकार : सन्तोष तामाङ

    पत्रकार : धन बहादुर कार्की

    सामाजिक संजालमा हामी

    सम्पर्क

    Address : Kathmandu Nepal

    Phone No : +977 9848005532

    सूचना बिभाग दर्ता न. : 2596 /077-078

    Mail : info@rastriyasanchar.com

    Quick Links

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    Copyright ©2026 Rastriya Sanchar | All rights Reserved.
     Website By :  nwTech.