जनकपुरधाम, १५ माघ। काठमाडौंबाट धनुषाको जटही आउन लागेको बसमा एकजना ५५ वर्षीय यात्री मृत अवस्थामा फेला परेका छन्। मृतकको पहिचान भारतको बिहार प्रदेशको मधुबन्नी जिल्लाको सिमरीका निवासी जगदीश यादवको रूपमा गरिएको छ।
मधेश प्र.००४-००१ ख ०१५७ नम्बरको बस काठमाडौंबाट धनुषाको जटहीतर्फ जाँदै गर्दा यात्रु ढल्केबर पुगेपछि मृत अवस्थामा भेटिएका थिए। घटनाको थप अनुसन्धान भइरहेको छ।