इनड्राइभ, ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म, ले नेपालका बाढी र पहिरोबाट प्रभावित परिवारहरूलाई राहत प्रदान गर्न राष्ट्रिय विपद् व्यवस्थापन केन्द्रसँग सहकार्य गरेको छ। यस सहकार्य अन्तर्गत, इनड्राइभले ३३ लाख ५५ हजार ५ सय रुपैयाँको सहयोगद्वारा ५ वटा घर निर्माण र आवश्यक राहत सामग्रीहरू वितरण गर्ने काम सुरू गरेको छ।
घरहरू नमोबुद्ध नगरपालिकाको दाप्चा, लास्कोट गाउँ र पनौती नगरपालिकास्थित रोशी गाउँमा निर्माण भइरहेका छन्। यी घरहरू जाडो र गर्मीमा बस्न उपयुक्त हुने गरी बनाइएका छन्। साथै, प्रभावित परिवारहरूलाई कम्बल र अन्य राहत सामग्रीहरू पनि प्रदान गरिएको छ।
इनड्राइभका एसिया प्यासिफिक कम्युनिकेसन लिड पवित नन्दा आनन्दले समुदायको जीवन सुधार गर्न र दिगो समाधानको लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
इनड्राइभको उद्देश्य २०३० सम्म एक अर्ब मानिसको जीवनमा सकारात्मक प्रभाव पुर्याउनु हो।