• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • भिडियो
×
सोमबार, बैशाख २९, २०८२
☰
सोमबार, बैशाख २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • भिडियो

भर्खरै

अनिवार्य र निःशुल्क शिक्षामा शिक्षकको अभावको गुनासो

नगर प्रहरीलाई प्रधानमन्त्रीको आग्रह- तपाईंहरूलाई देखेर जनता आतंकित हुन भएन

पास भएका विद्यार्थी जब मौका परीक्षाको फारम भर्न पुगे

स्थानिय युवाको प्रयास: विरामीलाई अस्पताल पुर्‍याउन टोलटोलमा स्टेचर वितरण

रास्वपाका २ उपसभापतिसहित ९ जना नेतालाई पक्राउको माग गर्दै युवराज सफलले प्रहरीमा दिए जाहेरी

म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना

भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी

चुनावका लागि दुई करोड मतपत्र छाप्ने निर्वाचन आयोगको तयारी

एमालेले तय गर्‍यो उम्मेदवार छनौटका ६ वटा मापदण्ड

लोकप्रिय समाचार

डोटीमा जयबहादुर शाहीले थाले व्यावसायिक गोब्रे च्याउ खेती


  •   मङ्गलबार, माघ २२, २०८१ मा प्रकाशित
  • दिपायल सिलगढी नगरपालिका–५ का किसान जयबहादुर शाहीले व्यावसायिक रूपमा गोब्रे च्याउ खेती सुरु गरेका छन्। दिपायल सिलगढीको जिरो प्वाइन्ट नजिकै भाडामा लिएको जग्गामा उनले गोब्रे च्याउ उत्पादनको योजना अघि बढाएका हुन्।

    Advertisement

    व्यवसायिक च्याउखेतीमा नयाँ अध्याय

    कन्य च्याउ खेती गर्दै आएका जयबहादुरले यस पटक कृषि ज्ञान केन्द्रको प्राविधिक र आर्थिक सहयोगमा गोब्रे च्याउ खेती थालेका छन्। उनले २० टन कम्पोस्ट मल हेटौँडाबाट खरिद गरी, धनगढीबाट च्याउको बीउ ल्याएर खेती सुरु गरेका हुन्।

    उनका अनुसार, गोब्रे च्याउ खेतीका लागि कोठाको तापक्रम २२ देखि २५ डिग्री सेल्सियस उपयुक्त हुन्छ। खेतीलाई सफल बनाउन उनले दैनिक पानी दिने र तापक्रमको सन्तुलन राख्ने गरेका छन्।

    लागत र उत्पादन

    च्याउ खेतीको सुरुवाती चरणमा करिब दुई लाख रुपैयाँ लगानी भएको उनले बताए। अहिले दैनिक चारदेखि पाँच किलो गोब्रे च्याउ उत्पादन भइरहेको छ, जसको बजार मूल्य प्रतिकिलो ४ सय रुपैयाँ छ। उत्पादन बढेसँगै जयबहादुरले च्याउ बिक्रीको लागि स्थानीय बजार र होटलहरूसँग समन्वय गरिरहेका छन्।

    ज्ञान केन्द्रको सहयोग

    कृषि ज्ञान केन्द्रले किसान शाहीलाई गोब्रे च्याउ खेतीमा ५०% आर्थिक सहयोग गरेको छ। ज्ञान केन्द्रका निमित्त प्रमुख गङ्गादत्त अवस्थीका अनुसार, गोब्रे च्याउ खेती जिल्लामा व्यावसायिक रूपमा विस्तार गर्नका लागि यो प्रयास सुरु गरिएको हो।

    गत वर्ष जोरायल गाउँपालिकामा सफल परीक्षणपछि यस वर्षबाट व्यावसायिक उत्पादन थालिएको अवस्थीले बताए। ज्ञान केन्द्रले यसै आर्थिक वर्षमा सिताके च्याउको पनि परीक्षण गरिरहेको र च्याउखेती गर्ने किसानलाई निरन्तर सहयोग उपलब्ध गराइने उल्लेख गरे।

    गोब्रे च्याउको महत्व

    गोब्रे च्याउले मसरुम चिल्ली, मसरुम सुप, र मसरुम पकौडाजस्ता विभिन्न स्वादिष्ट परिकार बनाउन सकिन्छ। पौष्टिकता र बजार मूल्यका कारण गोब्रे च्याउ खेतीले डोटीका किसानहरूलाई आर्थिक रूपमा सबल बनाउने अपेक्षा गरिएको छ।

    जयबहादुरको यो प्रयासले च्याउखेतीलाई नयाँ उचाइमा पु¥याउने र डोटी जिल्लाका होटल तथा रेष्टुराँहरूमा च्याउको खपत बढाउने विश्वास गरिएको छ।

    मङ्गलबार, माघ २२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पोखरा भ्रमण वर्ष २०२५: २० लाख पर्यटक भित्र्याउने लक्ष्य
    जनकपुर-सर्लाही बस दुर्घटनामा ६ घाइते, उपचार जारी
    सामाजिक सञ्जाल विधेयक २०८१: प्रमुख प्रावधान र प्रभाव
    अस्पतालले बिमा रकमको ६५ प्रतिशत औषधि र उपकरणमा खर्च गर्नुपर्ने
    १० दिनदेखि नियन्त्रणमा आउन नसकेको मनाङको जंगल डढेलो
    पर्यटकको आकर्षण: ‘तुवाचुङ मिनी ग्रेटवाल’

    लोकप्रिय

    भर्खरै

    • १.
      पोखरा भ्रमण वर्ष २०२५: २० लाख पर्यटक भित्र्याउने लक्ष्य

    • २.
      स्वस्थ शहरको परिकल्पना: हेल्दी सिटी अभियानतर्फ अग्रसरता

    • ३.
      जनकपुर-सर्लाही बस दुर्घटनामा ६ घाइते, उपचार जारी

    • ४.
      सामाजिक सञ्जाल विधेयक २०८१: प्रमुख प्रावधान र प्रभाव

    • ५.
      किसानका उत्पादन खेर जाने समस्या: शीतभण्डारको अभाव र क्यालेन्डर व्यवस्थापनको कमी

    • ६.
      अस्पतालले बिमा रकमको ६५ प्रतिशत औषधि र उपकरणमा खर्च गर्नुपर्ने

    • ७.
      १० दिनदेखि नियन्त्रणमा आउन नसकेको मनाङको जंगल डढेलो

    • ८.
      नेपाल पुलिस क्लबले रामपुर भलिबल कपको उपाधि जित्यो

    हाम्रो टिम

    अध्यक्ष : योगेश नारायण चपाई

    सम्पादक : कृष्ण बहादुर राना

    पत्रकार : सन्तोष तामाङ

    पत्रकार : धन बहादुर कार्की

    सामाजिक संजालमा हामी

    सम्पर्क

    Address : Kathmandu Nepal

    Phone No : +977 9848005532

    सूचना बिभाग दर्ता न. : 2596 /077-078

    Mail : info@rastriyasanchar.com

    Quick Links

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    Copyright ©2025 Rastriya Sanchar | All rights Reserved.
     Website By :  nwTech.