Breaking news

बर्दियाको बढैयाताल गाउँपालिकामा सञ्चालन हुने माघी महोत्सव २०८० को तयारी तिब्र

विश्वास चापागाईं, बर्दिया

बर्दियाको बढैयाताल गाउँपालिकामा सञ्चालन हुने बर्दिया माघ महोत्सव २०८० को तयारी तिब्र रुपमा थालिएको छ ।

बढैयाताल उद्योग वाणिज्य सँघको मुख्य आयोजनामा र बढैयाताल गाउँपालिकाको सिफारिसमा पौष २७ गते देखी माघ ७ गते सम्म  प्रथम प्रादेशिक बढैयाताल कृषी, पर्यटन औद्योगिक व्यापार तथा बर्दिया माघ महोत्सव २०८० सञ्चालन हुदै छ । महोत्सवलाई भव्य रुपमा सफल बनाउन मुल आयोजक समिति र विभिन्न उप समितिहरु गठन गरिएको छ ।

लुम्बिनी प्रदेश अन्तरगत पश्चिम क्षेत्रको उद्योग बाणिज्य एबम् पर्यटकिय सम्भवानलाई प्रवर्द्धन गर्दै स्थानीय लघु तथा मझौला उद्योग बाट उत्पादित वस्तु एबम् सेवाका बजारीकरण लागि उक्त महोत्सव आयोजना गर्न लागिएको जानकारी उद्योग बाणिज्य सँग बढैयातालका अध्यक्ष बालकृष्ण लामिछानेले दिनु भयो । आयोजक समितिका अनुसार महोत्सव बिहान ८ बजे देखि साँझ ९ बजे सम्म चल्ने छ ।

उक्त महोत्सवमा स्थानीय साहित्य, कला, भाषा, संस्कृति संरक्षणमा जोड दिएको उद्योग बाणिज्य संघ बढैयतालकी उपाध्यक्ष पार्वती काफ्लेले राष्ट्रिय सञ्चारलाई बताउनु भयो ।

उद्योग बाणिज्य संघ बढैयातालका महासचिव दिपक खनालका अनुसार  महोत्सव पैसा कमाउने उदेश्यले नभई स्थानिय कृषि उपज, पर्यटन प्रर्बद्धन र स्थानिय व्यापार व्यवसायलाई समेत बढावा दिन महोत्सवले सहयोग पुर्याउने छ ।

महोत्सवलाई सफल बनाउन विभिन्न राजनितिक दल, समाजसेबी, बुद्धिजिबी, सरकारी तथा गैरसरकारी निकाय, उद्योगी व्यापारी लगायत सबै पक्ष सँग समन्वय र छलफल गरिने आयोजक बढैयाताल उद्योग बाणिज्य सँघले जनाएको छ ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *