Breaking news

जनताको गुनासो लिएर पालिका अध्यक्ष त्रिपाठी सहितको जम्बो टोली प्रधानमन्त्री निवास बालुवाटारमा

विश्वास चापागाई, बर्दिया

बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले आफ्नो पालिकाका विभिन्न समस्याहरूलाई समाधान गर्ने उद्धेश्यले नेपाल सरकारका प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री निवास बालुवटारमा भेटेका छन् ।

बढैयाताल गाउँपालिका प्रमुख हिमालय त्रिपाठीका अनुसार चपला ताललाई लिएर विवादमा परेको विषयमा प्रधानमन्त्री प्रचण्डले चासो दिनभएको र सो विषयमा केन्द्रिय अनुसन्धान ब्युरो CIB ले अनुसन्धान गर्ने आश्वासन प्रधानमंत्री प्रचण्डले दिनुभएको जानकारी दिएका छन् ।

बर्दिया जिल्लाको कुम्भर शेरजोताहा भुमिहिन सुकुम्बासी भुमिहिन दलित अव्यवस्थित बसोबासी, किसान, जब्दिघाट पुल,भुमाफियाहरु द्वारा अतिक्रमणमा परेको बढैयाताल भित्रको जमिन, C I B ले अनुसन्धान गर्ने ,र चप्पला ताल,अपुतालीको जग्गा लगायत भुमाफिया द्वारा अतिक्रमण गरिए का जग्गाहरूको विषयमा चासो र चिन्ता प्रधानमन्त्रीले लिनुभयो। यी सब विभिन्न समस्याका दोषीहरुलाई कुनै पनि हालतले नछोड्ने कुरा प्रधानमन्त्रीले हामीलाई बताउनु भयो ,अध्यक्ष त्रिपाठीले भने ।

उक्त प्रधानमन्त्री प्रचन्ड सँगको भेटमा बर्दिया जिल्लाको युवा नेता दुर्गा बहादुर थारु ( कविर ) , राजापुर , बारबर्दिया, बाँसगढी नगरपालिकाका नगर प्रमुखहरू, बढैयाताल गाउँपालिका अध्यक्ष, राष्ट्रिय भुमी आयोग बर्दियाका अध्यक्ष सम्बन्धित वडाका वडा अध्यक्षहरुको सहभागी रहेको थियो ।

 

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *