Breaking news

वडा सचिव सम्पर्क बिहिन हुदा सेवाग्राही मर्कामा

कमल बिक,मुगु

मुगुको सोरू गाउँपालिका वडा नम्बर ९ को वडा कार्यालय गएको एक महिनादेखि सचिवविहीन बनेको छ । वडा कार्यालयमा सचिव नहुँदा सेवाग्राहीलाई सास्ती हुनुको साथै दैनिक सेवा समेत प्रभावित भैइरहेका छन् ।

मातहतको कार्यालयलाई कुनै जानकारी बिनानै वडा सचिव वेदना महत सम्पर्क बिहिन भएपछि सेवाग्राही समस्यामा परेका हुन। नियम अनुसार बिदा बस्दा बिदा स्वीकृत गर्नुपर्छ तर उनलेे कुनैपनि जानकारी नदिई बिदा बसेको पाइएको छ ।

वडा अध्यक्ष सागर समशेर शाहीलाई सचिव विदा बसेको थाहा छ तर विदा स्वीकृत भएनभएको उनलाई जानकारी समेत छैन । वडा सचिव लामोसमयदेखि सम्पर्क विहीन हुदा सम्बन्धित निकाय मौन छन् ।

हामीले सोरू गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तिर्थराज शाहीसँग सो बिषयमा बुझ्दा कार्यालय वडा सचिव वेदना महतले आफू बिदामा रहेको कुनै मौखिक,लिखित जानकारी नगराएको बताएका छन् । नियम विपरीत चल्ने वडा सचिव महतको तलब रोकिने समेत बताएका छन् ।

हामीले वडा सचिव वेदना महतलाई सरकारी कर्मचारीले बिदा बस्दा पहिला विदा स्वीकृत गरेर बस्नुपर्छ होला नी ? किन तपाईंले विदा स्वीकृत नलिनु भएको ? भन्ने प्रश्नमा वडा सचिव महतले आफ्नो परिक्षाको कारण देखाएकि छन् ।

त्यस्तै, वडा नम्बर ८ का वडा सचिव धनबहादुर रावतले पनि कुनै जानकारी विना विदा बसेका पाइको छ । रावतले वडा नम्बर ७ र ८ लाई हेर्ने गर्छन् । उनी गतबर्ष दशैमा पनि मनपरि विदा बस्दा त्यसबेला सामाजिक सुरक्षा भत्ता वितरणमा समेत समस्या देखिएको प्रमुख प्रशासकीय अधिकृत तिर्थराजले बताएका छन् ।

यी दुई वडामा मात्र यस्तो होइन सोरूका अधिकांश वडाको हालत यस्तै रहेको छ । जनप्रतिनिधिहरूले भन्ने उल्टै कर्मचारीहरूको कमीकमजोरीलाई ढाकछोप गर्दै प्रोत्साहन गर्दै आईरहेका छन् ।
प्रमुख प्रशासकीय अधिकृत तिर्थराजका अनुसार कर्मचारीले मनपरि विदामा बसेकाे आफुले थाहा पाउदा पाउदै वडा अध्यक्षहरूले कर्मचारीको पक्ष लिई हाजिरी प्रमाणीत गरेर ल्याउदा बाध्य भएर तलब दिने गरेको बताएका छन् ।

सोरू गाउँपालिकामा हालसम्म ११ वडाहरूमा करार सहित १० जना वडा सचिव रहेका छन् । एउटै सचिवले दुईवटा भन्दा बढी वडा कार्यलय हेर्ने गरेका छन् । दरबन्दी अनुसार पर्याप्त सचिव नहुदा पालिकाकै शाखाका कर्मचारीले वडा सचिवका रूपमा काम गर्दै आएका छन् । पशु शाखा तथा अन्य शाखाका कर्मचारीहरूले वडा सचिवको कामकाज गर्दा झन समस्या आउने गरेको स्थानीय जनप्रतिनिधिले बताउछन ।

संघीयता जनताले सहजै सेवा सुविधा पाउनका लागि हो । तर संघीयता पछि पनि स्थानीय तहका दुरदराजमा रहेका जनताले कर्मचारीबाट सेवा नपाउनु दुःखको कुरा हो । यस्तै ताल र बेतालका कर्मचारीका कारण जनताले दुख पाउनु सम्म पाएका छन् ।

सरकारबाट पाउनु पर्ने सेवा सुविधा सजह नभई झन जटिल बन्दै गएको छ । गाउँ ,गाउँमै पाईने भनिएको सिंहदरबारको अधिकार पाउन जनता घण्टौ हिडेर गाउँ पालिकाको कार्यलय धाउन विवस छन् । यस्ता लापरबाहीले हदै पार गरेका कर्मचारीलाई सम्बन्धित निकायले के गर्छ ? संरक्षण गर्छ वा कारबाही यो आजको प्रश्न हो ?

वडा सचिव बेदना महत

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *