Breaking news

मंसिर २८ गते वैवाहिक बन्धनमा बाधिदै श्रृङ्खला साम्भव

पूर्वमिस नेपाल शृंखला खतिवडा र कान्तिपुर मिडिया ग्रुपमा प्रबन्ध निर्देशक सम्भव सिरोहियाबीच यही मंसिर २८ गते विवाह हुने भएको छ।

विवाह समारोह काठमाडौँको एक होटलमा हुने बताइएको छ। शृंखला र सम्भव केही वर्षदेखि नै प्रेम सम्बन्धमा छन्। तर उनीहरूले गएको असोज २८ गते मात्र आफूहरूबीच प्रेम सम्बन्ध रहेको कुरा सार्वजनिक रूपमा स्वीकारेका थिए।

पेसाले इन्जिनियर शृंखला नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडाकी छोरी हुन्।

हार्वर्ड विश्वविद्यालयमा सहरी व्यवस्थापन विषय पढेर नेपाल फर्किएकी शृंखला सन् २०१८ की मिस नेपाल विजेता हुन्।

 

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?