Breaking news

रडले हानेर छिमेकीको हत्या

२७ मंसिर, बैतडी

सुर्नया गाउँपालिका-३ बिजुल बस्ने ५६ वर्षीया हरिना बिष्टको हत्या अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २९ वर्षीय तेज बहादुर चन्द रहेका छन्। उनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

चन्दले फलामको रडले टाउकोमा प्रहार गर्दा हरिना बिष्टको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय पाटन र अस्थायी प्रहरी पोष्ट सतबाँजबाट खटिएको प्रहरी टोलीले चन्दलाई आफ्नै घरभित्र लुकेर बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *