Breaking news

क्षमता विकास तालिममा बढैयातालका युवाहरूको सहभागिता

सपना बि.क

युवा गाेचाली क्लवकाे आयाेजनामा असार ४ र ५ गते का दिन बढैयाताल गाउपालिका वडा नं ८ स्थित कालिका सामुदायिक  पुस्तकालय र TNFMDG काे सहकार्यमा भएकाे बढैयाताल गाउँपालिकाका किशाेर किशाेरीहरूलाइ २ दिने उद्घाेषण तथा क्षमता विकास तालिम सम्पन्न भएकाे छ । युवा गाेचाली क्लवका अध्यक्ष सिद्वान्त थारूकाे अध्क्षतामा भएकाे कार्यक्रमको प्रमुख अतिथिकाे रूपमा बढैयाताल गाउँपालिकाकाे प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदी रहनु भएकाे थियाे भने अतिथिमा युवा गाेचाली कल्वकाे संस्थापक अध्यक्ष बजारू चाैधरी त्यस्तै TNFMDG का अध्यक्ष एवम् प्रशिक्षक प्रेम विश्वकर्मा र बढैयाताल गाउँपालिकाकाे नमुना युवा संसदका अध्यक्ष स्वस्तिका खड्का सहितकाे अतिथि रहेको थियो ।

कार्यक्रममा युवाहरूको सक्रिय सहभागिता रहेको थियो।
यस उद्घोषण तथा क्षमता विकास तालिमको मुख्य उद्देश्य सहभागीहरूको व्यक्तिगत क्षमता विकास गर्न , व्यक्तिमा निखरता ल्याउन ,सक्षम , तत्पर र उत्तरदायी बनाउन रहेको थियो। यस कार्यक्रममा युवाहरूलाई अभ्यास गराएर प्रयोगात्मक तरिकाले उद्घोषण सम्बन्धी सीप प्रदान गरेको थियो। र सँगसँगै अहिलेको वर्तमान अवस्थालाई मध्यनजर गरी युवाहरूलाई इन्टरनेटको प्रयोगको बारेमा पनि तालिम प्रदान गरिएको थियो।जसमा इन्टरनेटबाट हुने हिंसाहरू प्रयोगात्मक तरिकाले प्रदर्शन गरिएको थियो।

यसै गोचली क्लबका नि वर्तमान अध्यक्ष बजारु थारु भन्नुहुन्छ
“हामी युवाहरू जहाँ बसेर काम गरे पनि व्यक्तिभित्र रहेको कला प्रस्तुत गर्नु पर्छ ।” र साथै युवा सञ्जलकी अध्यक्ष स्वस्तिका खड्का भन्नुहुन्छ “युवा भनेका भविष्य होइनन् वर्तमानका साझेदार हुन् त्यसैले आर्थिक वर्ष २०८१/८२को बजेट निर्माण गर्दा युवाका लागि बजेट छुटाउन अनुरोधमा गर्न चाहन्छु।” त्यस्तै गरी प्रशासकिय अधिकृत अर्जुन सुवेदी भन्नुहुन्छ ” युवाहरूले लक्ष्य उद्देश्य प्राप्तिमा अघि बढिसकेपछि मात्र बिवाह गर्ने सोच्नुपर्छ ।”

कृष्ण राम थारु, सिद्धान्त चौधरी र प्रेम विश्वकर्माले तालिम शाहजीकरण गर्नुभएको थियो, भनेर पालिका स्तरीय युवा सञ्जाल का कोषाध्यक्ष सपना बि.क ले जानकारी गराउनु भयो।
कार्यक्रममा बढैयाताल गा.पा. का २,४,६,७,८,९ गरि ३० जनाकाे उपस्थिति रहेकाे कार्यक्रममा प्रमुख अतिथि अर्जुन सुवेदिबाट प्रमाणपत्र हस्तान्तरण गर्नु भएकाे हाे, समापन कार्यक्रम संचालन प्रशिक्षार्थि तुलसि दमाई र कपिल परियारले गर्नु भएकाे थियो ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *