Breaking news

बढैयाताल गाउँपालिकाको आयोजनामा युवा मैत्री स्थानीय शासनका लागि युवाका मुद्धामा बहस पैरवी कार्यक्रम सम्पन्न

२२ असार,  बढैयाताल

बढैयाताल गाउँपालिका बर्दियाको आयोजनामा युवा मैत्री स्थानीय शासनका लागि युवाका मुद्धामा बहस पैरवी कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका उपाध्यक्ष लक्ष्मी अधिकारीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथिमा गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठी रहनु भएको थियो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष त्रिपाठीले गाउँपालिकाका हरेक विकासका क्षेत्रहरुमा युवा बर्गहरुको संलग्नता हुनु पर्ने र जन प्रतिनिधिहरूको कमी कमजोरीमा युवाहरुले ससक्त रुपमा आवाज उठाउनु पर्ने बताउनु भयो।

बढैयाताल गाउँपालिकाकी उपाध्यक्षले कार्यक्रममा युवाबर्गहरुलाई लक्षित गर्दै भन्नुभयो ,” देशको भविष्यको सबैभन्दा ठूलो पुँजी युवा नै हुन् । युवा वर्गको विशिष्ट शक्तिलाई राष्ट्र निर्माणको सन्दर्भमा समेट्नु आजको आवश्यकता हो । आजसम्म देशमा भएका सबै आन्दोलनहरू र ब्यवस्था परिवर्तनमा युवा वर्गको संघर्ष निकै बलियो छ। ”

आगामी आर्थिक बर्षमा युवाहरुलाई लक्षित गरेर विभिन्न उपलब्धि मुलक कार्यक्रम जस्तै पत्रकारिता तालिम, लोकसेवा तयारी कक्षा संचालन , वाल विवाह न्यूनीकरण आदि संचालनमा ल्याउने प्रतिवद्धता बढैयाताल गाउपालिकका प्रमुख प्रसाशकीय अधिकृत अर्जुन सुबेदीले व्यक्त गर्नुभयो।

गाउँपालिका भित्रका यूवा लक्षित कार्यक्रम आगामि नीति कार्यक्रम तथा बजेटमा युवाहरुलाई ल्याउने कार्यक्रम लगायत गाउँपालिकाको समग्र युवाहरुको विषयमा छलफल र बहस हुनुका साथै राष्ट्र निर्माण सहित समाजलाई सभ्य ,मर्यादित र अनुशासित बनाउन युवाहरू लाग्नु पर्ने कार्यक्रमका सहभागीहरुको धारणा रहेको थियो ।

उक्त युवाका मुद्धामा बहस पैरवी कार्यक्रममा गाउपालिकाका अध्यक्ष , उपाध्यक्ष , प्रमुख प्रसासकिय अधिकृत , कार्यपालिका सदस्य चन्द्रकला वि क , दिलादेवी सुनार , गाउँ सभा सदस्य रुद्र पौडेल, प्रशिक्षक प्रकाश पौडेल तथा १५० भन्दा बढी युवाहरुको सहभागी रहेको थियो।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?