Breaking news

नेपालमा सबैभन्दा ठूलो लगानीमा डेन्टल सेन्टर सुरू, हरेक सेवामा ५० % छुट

काठमाडौं । काठमाडौंको बौद्ध पिपलबोटमा अन्नपूर्ण मल्टि स्पेसियलिटी डेन्टल सेन्टर सञ्चालनमा आएको छ । आइतबार एक कार्यक्रमबीच सांसद ज्ञानेन्द्र शाहीको हातबाट रिबन काटेर उक्त डेण्टलको उद्घाटन गरिएको हो ।

यूवा व्यवसायी सागर जोशीको टोलीद्धारा सञ्चालनमा ल्याइएको सो डेन्टल करिब २.५ करोडको लगानीमा सुरु गरिएको बताइएको छ । डेन्टलले सेवा सुरु गरेको अवसर पारेर एक महिनासम्म निःशुल्क चेकजाँचको र निःशुल्क दाँत सफाको व्यवस्था गरेको छ भने आफ्ना हरेक सेवामा ५० प्रतिशत छुटको व्यवस्था समेत गरेको छ ।

दन्त चिकित्सा क्षेत्रमा एक दशक बिताएका सागर जोशीको समूहले तेस्रो ब्रान्चको रूपमा अन्नपूर्ण सञ्चालनमा ल्याएका हुन् । जसका सिस्टर दाँत उपचार केन्द्रहरू वानेश्वर,अनामनगर, सोह्रखुट्टे बालाजुमा रहेका छन् ।

के–के छन् सुविधा ?

आइतबारदेखि सञ्चालनमा आएको अन्नपूर्ण मल्टि स्पेसियलिटी डेन्टल सेन्टरमा दाँत र मुखसँग सम्बन्धित सम्पूर्ण सेवाहरू पाइन्छ । जस्तै, दाँत सफा गर्ने, दाँत भर्ने, दाँत राख्ने, दाँत मिलाउने, दाँत प्रत्यारोपण गर्ने, दाँतमा खोल राख्नेदेखि अन्य सम्पूर्ण सेवाहरू दिइने सञ्चालक जोशी बताउँछन् ।

डेन्टलमा अत्याधुनिक डेन्टल चियर, डिजिटल ल्याब, स्टेरिलिसेसन मेसिन, एक्सरे मेसिन लगायतका अत्याधुनिक उपकरण तथा सामग्री राखेर सेवा दिइने उनको भनाई छ ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?