Breaking news

बेरोजगार युवाहरुलाई हलुका सवारी र भ्याकुलोडर चालकको सिप सिकाउँदै बढैयाताल गाउँपालिका

२९ जेठ, बढैयाताल

बढैयाताल गाउपालिकाको कार्यालयले १ देखि ९ वडा सम्मका १५० जना बेरोजगार युवाहरुलाई हलुका सवारी चालक तालिम र १०० जना युवाहरुलाई ब्याकहो लोडर तथा यक्साभेटर (अपरेटर) तालिम सञ्चालन गरेको छ।

बेरोजगार युवाहरुलाई लक्षित गरि तालिम सञ्चालन गरिएको हो। सिप सिकाएर युवालाई दक्ष तथा आत्मानिर्भर बनाउन तालिम दिएको बढैयाताल गाउपालिकाका अध्यक्ष हिमालय त्रिपाठी बताउँछन्।

गाउँपालिकामै पहिलो पटक यस किसिमको तालिम आयोजना गरेको बढैयाताल गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुबेदीले बताए।

उहाँ भन्नुहुन्छ,” पछिल्लो समय युवापुस्ता कुलतमा जिर्ण रुपमा फस्दै आएका छन् र सो तालिमको सहि सदुपयोग गरि आत्मनिर्भर बन्नेमा म बिश्वस्त छु “।

तालिमको प्रभावकारीतालाई अध्ययन गरि आगामी दिनमा यस किसिमका तालिमहरुलाई निरन्तरता दिने समेत उहाले बताउनु भयो । उक्त तालिम ३० दिन सम्म निरन्तर रुपमा वडाका बिभिन्न स्थानमा संचालन हुने छन्।

तालिम सञ्चालन भइरहेका स्थानहरू

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?