Breaking news

राष्ट्रिय युवा संघ बर्दियाको अध्यक्षमा सापकोटा चयन

साउन ३२, बर्दिया

नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ, नेपाल बर्दियाको १० औं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले संजय सापकोटाको अध्यक्षतामा ४१ सदस्यीय नयाँ कमिटी सर्वसम्मत निर्वाचित गरेको छ ।

जसको उपाध्यक्षमा बल सिंह ठकुरी , सचिवमा निराजन थापा , सह–सचिवमा मंगल थारु , लक्ष्मण पौडेल र कोषाध्यक्षमा नारायण पौडेल निर्वाचित हुनुभएको राष्ट्रिय युवा संघ बर्दियाका नव निर्वाचित जिल्ला अध्यक्ष संजय सापकोटाले जानकारी दिए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष क्षितिज थेबेले अब राजनीतिक दलहरुले नयाँ पुस्तालाई नेतृत्वमा ल्याउनुपर्ने बताए । उनले युवालाई नेकपा एमालेले उत्प्रेरित गर्ने र नेतृत्व समेत दिने बताए । थेबे उक्त कार्यक्रममा बिसिष्ट अतिथिको रुपमा उपस्थित थिए।

कार्यक्रममा युवा संघ नेपालका केन्द्रीय सदस्य राजीव पाहरी ,राष्ट्रिय युवा संघ बर्दियाका निवर्तमान अध्यक्ष मोहन जंग पौडेल लगाएत अन्य नेतृत्व गणहरु बोलेका थिए ।

सम्बन्धित खबर

एक प्रतिक्रिया

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *