Breaking news

बढैयाताल गाउँपालिका वडा नं ६ बाट वनभोजका लागि दाङ्ग जाने क्रममा बस दुघर्टना

विश्वास चापागाई, बढैयाताल

बर्दियाको बढैयाताल गाउँपालिका वडा नं ६ पिपरहवा कृषि कृषक समूहको टोली दाङ वनभोज जाने क्रममा दाङको तुलसीपुरमा दुर्घटना भएको छ ।

आइतबार बिहान २:३० बजे मैनापोखरबाट हिँडेको गाडी बिहान ५ बजे दाङको तुलसीपुरमा गाडी दुर्घटना भएको जानकारी बढैयाताल  गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले जानकारी दिए ।

दंगीशरण – ३ स्थित थारु संग्रालय रहेको चखौरामा वनभोजका लागि आउँदै गरेको भे १ ख २०४१ नम्बरको बस राप्ती राजमार्ग अन्तरगत अमेलिया –तुलसीपुर सडक खण्डको झञ्ज्याङ नजिकै  दुर्घटनामा परेको जानकारी दाङका जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले बताए ।

उक्त दुर्घटनामा ३० जना भन्दा बढी घाइते भएका छन् । केही घाइतेहरुको दाङ जिल्लाकै अञ्चल अस्पतालमा उपचार भइरहेको छ भने १ जना घाइतेको नेपालगन्ज भेरी अस्पतालमा उपचार भइरहेको छ । ८ जनाको अवस्था सामान्य रहेकाले उनीहरू आ आफ्नो घर फर्किएका छन् ।

घटनास्थलमा प्रहरी निरीक्षकको टोली पुगेको र उद्दार कार्य भैरहेको र दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको एसपी केसीले जानकारी दिए।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?