Breaking news

बढैयाताल गाउँपालिकामा एकदिन ४ युवा ब्राउन सुगर सहित पक्राउ

२० मंसिर, बर्दिया

बर्दियाको बढैयाताल गाउँपालिकामा एकदिन ४ युवालाई ब्राउन सुगर सहित प्रहरीले पक्राउ परेका छन् ।

बढैयाताल गाउँपालिका –७ भत्केको पुल नजिकबाट लागु औषध ब्राउन सुगरसहित बाँके कोहलपुर नगरपालिका–१५ का २४ वर्षिय निरज कुमार थारुलाई ईलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी कालिकाले पक्राउ गरेको हो ।

यसै गरी अन्य ३ जना बढैयाताल गाउँपालिका–२ फुटाहा बाट पक्राउ परेका हुन्। पक्राउ पर्नेमा बढैयाताल गाउँपालिका–१ का २२ वर्षिय रवी रसाईली, २४ वर्षिय कमल खड्का र जिल्ला सुर्खेत बिरेन्द्रनगर नगरपालिका–१० का ५० वर्षिय रेशम बहादुर कार्की रहेका छन् ।

चारै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाले जानकारी दियो ।

 

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?