Breaking news

राष्ट्रपतिको उपचार गर्न सरकारले दियो थप १० लाख

राष्ट्रपतिको स्वास्थ्य उपचारका लागि सरकारले थप करिब १० लाख रूपैयाँ उपलब्ध गराएको छ।

२०८० साउन महिनादेखि मंसिरसम्मको आर्थिक सहायता विवरणअनुसार राष्ट्रपतिको उपचारमा ९ लाख ९५ हजार ९ सय ३५ रूपैयाँ उपलब्ध गराइएको उल्लेख छ।

अर्थ मन्त्रालयले राष्ट्रपति तथा उपराष्ट्रपतिको पारिश्रमी तथा सुविधासम्बन्धी ऐन २०७४ अनुसार यो रकम उपलब्ध गराएको जनाएको छ।

अर्थ मन्त्रालययबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यो रकम निकासा गरी राष्ट्रपतिको उपचारमा खर्च गरिएको उल्लेख छ।

गत आर्थिक वर्षमा राष्ट्रपतिको उपचारको लागि ५५ लाख रूपैयाँ सरकारले उपलब्ध गराएको थियो।

त्यस्तै, सरकारले हमास समूहको आक्रमणमा परी निधन भएकाका परिवारलाई प्रतिपरिवार दश लाखको दरले एक करोड निकासा गरेको छ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *